Friday, 30 January 2015

उपहार म्यारिज एनिभर्सरि डेको

                                                                     

          दिनभर पसललको कामले लखतरान भएको ज्यानलाइ एकछिन खाटमा विसाएँ।चियाको तल-तल लाग्यो।दुध सक्किएको रहैछ कालो चिया बनाएँ।खाना पकाउने कती जाँगर चलेन।यसैमा चित्त बुझाउ कि क्याहो आफैलाइ सोधे।तर पेटमा भोक थियो।पुन: वेडमै पल्टिएँ।मेरो शुन्यतालाइ भङग गर्दै मोवाइको रिङटोन बज्यो।मन नलाइ नलाइ फोन  हेरे सबनमको मेसेज रहेछ "कल मी"।उताबाट गरे पनी भइहाल्थ्यो नी एक्लै गुनगुनाए।फोन लगाए।"हेलो भन के भो"?घरमा सब ठिकै छ नी?प्रश्न माथी प्रश्न तेर्साए।उताबाट सिर्फ सुक्क सुक्क गर्दै रोइरहेको आवाज मात्र आइरहयो।हैन के भो भन्या के?किन नबोलेको हो?कसलाइ के भो?म अली झर्किएँ।आज कुनदिन हो थाहा छ?बिहानदेखी फोनको पर्खाइमा छु न त मेसेज आउछ न त फोन नै।वल्ल उनको आवाज निस्कियो।बल्ल याद आयो आज फेव्रुवरी १४ अनी हाम्रो म्यारिज एनिभर्सरि डे पनी।म अवाक भए आफै देखी।"आम सरि मैले भुसुक्कै बिर्सिएछु,कमसे कम तिमीले त सम्झाउनु पर्थ्यो नि त"? म केहि रिसाइदिएँ।"तपाइले पोहोर पनी विर्सिनु भो यसपाली त पक्कै सम्झिनुहुन्छ भनेर केहि नभनी वसेकि"।"सधै मैले नै सम्झाउनु पर्छ"? उताबाट उनी रिसाइन।टु-टु-टु गर्दै फोन काटियो।नेटवर्क त सहि नै थियो ब्यालेन्स चेक गरे।०.२५पैसा रहेछ,व्यस्तताले गर्दा ब्यालेन्स रिचार्ज गर्नै विर्सिएछु।वाहिर पसलतिर दगुरे सबै पसल बन्द भैसकेको रहेछ निराश कोठामा फर्किए।उताबाट उनको फोन नै आएन तर आशा लागीरह्यो।

         जिन्दगीमा आज पहिलोचोटि आफैदेखी आफैसंग निकै रिस उठ्यो।अघिल्लो चोटि यसरि नै एनिभर्सरि डे बिर्सदा सबनमलाइ फकाउन मलाइ कम्ता धौ-धौ परेको पनी थिएन।अब यसपाली त झन ठुलै पापड बेल्नुपर्ने भो अब।२-३दिन अघीदेखीको भ्यालेन्टाइन डेको चटारोले मेरो यसपाली पनी घरजाने सपना विर्साइदियो।उठेर दराजमा हेरेँ यसपालीको म्यारिज एनीभर्सरी डेको उपलक्षमा सवनमलाइ सरप्राइजको रुपमा गिफ्ट दिन किनेको सुनको सिक्रि निकालेर सुमसमाइरहे।अरुका प्रेमिल जोडिलाइ फुलको बुके र पोस्टकार्ड बेच्ने म आफ्नै भ्यालेन्टाइन डे तथा म्यारिज एनिभर्सरी डे गुमाउनु पर्दा  मन नै खल्लो भयो।अनायासै गहभरी आशु भो।एकफेर पुराना दिनहरु सम्झेर त्यसैमा डुव्न मन लाग्यो।

             एस एल सी सक्काएर काठमाण्डौ पस्दा मनभरि हजारौ सुनौला सपना थिए।वर्षेनी लाखौ विध्द्यार्थी तथा वेरोजगारी थपीने क्रममा म पनी मिसिन आइपुगे।सयौ ठाँउमा काम खोजे हात लागे शुन्य भो।म निकै निराश अनी विचलित थिएँ।अब मसंग गाँउ फर्कनु सिवाय कुनै उपाय थिएन।अकस्मात सामाखुसीमा गाँउको एकजना दाइ भेटिए।उनको साइकलको पछाडि अग्लो पत्रिका तथा कितावहरुको चाङ थियो।मन नलागी नलागी उनलाइ आफ्नो वेदना पोखे।हकर काम गर्छौ उहाले सोध्नु भो।हकर शब्द मैले बुझिन,म अलमलमा परेको देखेर भन्नुभो घरघरमा पत्रिका पुर्याउने अनी मैले जसरी पत्रिका वेच्ने।मसंग अरु उपाय केहि थिएन उहाको प्रस्ताव स्वीकार्नु वाहेक।एक हप्ता लगाएर उहाले नै साइकल सिकाइदिनुभो अनी चारहजार सापटि दिनुभो साइकल किन्नको लागी।

          एकहप्ता जती उहाले नै गाइड गर्नुभो मलाइ,पत्रीका पुर्‍याउनु पर्ने हरेकघर अनी मेरो कामको विस्तृत जानकारीदिनुभो।मैले एकसयघरमा पत्रिकाहरु बाँड्नुपर्ने थियो।करिव साढे तिन चारवजे भुगोलपार्क पुग्नु पत्रिकाका हरेक डिलरबाट पत्रिका सङकलन गरेर हरेकघरमा ६ बजेभित्रमा उनीहरुको माग वमोजिम पत्रिका पुर्‍याइदिनु  अनी १०-११ बजेसम्म बाकी रहेको कतै चोकमा कराइ-कराइ बचेखुचेको पत्रिकाहरु तथा मासिक तथा पाक्षीक पुस्तकहरु बेच्नु थियो।कमाइ राम्रै थियो म सन्टुष्ट नै थिएँ आफ्नो पेशाप्रती।

         मंसिर महिनाको पहिलो हप्ताको मंगलवार जुन म चाहेर पनी भुल्न सक्दिन।त्यहि दिन नै सवनमसंग मेरो पहिलो भेट भएको थियो।मेरो एउटा नियमित ग्राहक सरकारी हाकिम थिए।उनको घरअगाडि साइकल रोके अनी गेटबाट पत्रिका घरभित्र हुत्याउनै लागेको थिए एक जना युवती गेटको सानो ढोका खोल्दै बाहिर निस्किइन्।अकस्मातको उनको आगमनले म तर्सिए नै।मेरो आँखा उनीमाथी परे,म उनलाइ हेरेको हेर्‍यै भएछु।पत्रिका मलाइ नै दिनुभएनी हुन्छ।अप्सराजस्ती उनको सुमुधुर संगितजस्तो मधुर आवाजले म मोहित नै भए।उनलाइ पत्रिका दिएर म त्यहावाट वेपत्ता भए।त्यसपछिका दिनहरुमा बिहान उनीसंग सधै भेट हुनथाल्यो पत्रीका लिनेदिने बहनामा।उनीप्रती मेरो मेरो सोचाइ एक ग्राहक बाहेक अरु केहि थिएन।थियो त केवल एक राम्री अप्सरा जस्ती ग्राहकको रुपमा थियो।

         हामी निम्न वर्गियलाइ छुन नसके नि आइरहेको फेव्रुवरी १४ तथा भ्यालेन्टाइन डेको खुव चर्चा हुदै थियो।पत्रिकाहरुले भन्दा नि एफएम रेडियोहरुले यसवारेमा खुव फलाकिरहेको थियो।वास्तवमा म भ्यालेन्टाइन डे र यसको औचित्यप्रती अनभिज्ञ नै थिँए।सधै झै फागुन महिनाको पहिलो शनिवार मेरो ति राम्री अपसराजस्ती ग्राहक मेरै प्रतिक्षामा थिइन्।अरु दिनभन्दा आज उनको मुहारमा वेशी नै चमकता थियो।लिनुस पत्रिका म यती भनेर साइकल कुदाउनै लागेको थिए,आइ लभ यु भन्दै उनले मेरो अगाडि गुलावको फुल बढाइन।म असमञ्जसमा परे,के भइरहेको छ बुझ्नै सकिन।फुल लिन हात बढाए खोइ के सोचे पछी हटे उनको हातबाट फुल फ्यात्त भुइमा खस्यो म वेपत्ताले साइकलमा हुइकिए।

          कोठामा आएर बिहानको घटना सम्झन थाले,आफैप्रती रिस उठ्यो।वास्तवमा मैले उनले दिएको फुल लिनु पर्थ्यो।मैले पनी आइ लभ यु टु भन्नपर्थ्यो जस्ता सोच मनमा आइपरह्यो।साइकल निकाले घरवेटिकै बगैचावाट एउटा गुलाव चुडे अनी लागे सिधै उनको घरतिर।उनको घरअगाडि गेटमा साइकल रोकेर घरतिर हेर्न थाले।गेट खुल्यो एक मन त डर लाग्यो हाकिम साहेव हुन कि भनेर।मासिक पत्रिका दिन भुलेको र पुर्‍याउन आएको वहना वनाउने सोच दिमागमा आयो।सवनम नै रहेछ,बल्ल मन ढुक्क भो।आइ लव यु टु भन्दै जवर्जस्ती उनको हातमा फुल थमाउदै म बेतोडले भागे।कोठामा पुगे पछि बल्ल मन शान्ति भो।एक्कासी मनमा उनको प्रतिकृया केकस्तो थियो भनेर याद आयो।जेसुकै होस भनेर आफैलाइ सान्तवना दिए।

        अहिलेको जस्तो मोवाइल फोनको त्यती प्रचलन थिएन त्यतीबेला।नत्र हाम्रो भ्यालेन्टाइन पनी मोबाइल फोनमै अघी बढ्थ्यो होला।सधैजस्तै भोलीपल्ट पनी उनको घरमा पुगे।टाढैबाट उनलाइ देखे मुटुमा ढुकढुकीको रफ्तार बढ्न थाल्यो मनमा अनौठो डर लाग्न थाल्यो।"पत्रीका" मुखबाट अरु शब्द नै निस्किएन।"उल्लु डरपोक" उनले यती भन्दै हातमा फुल थमाइदिइन।म लाज र डरले रातो भए अनी वेतोडले त्यहावाट भागे।

        लगभग एक महिना लाग्यो उनीसंग सहज हुन मलाइ।त्यसपछिका दिनहरुमा हरेक विहान नै हाम्रो योजना बन्थ्यो दिउसो कहाँ भेट्ने भनेर।'आज मेरो कोठामा नै आउ।"हवस" उनको यतीमात्र आवाज आयो।म आफ्नो काममा अघी बढे।१० बजेतिर उनी सामाखुसी चोकमा आइन। केहिबेर म अघि-अघि उनी पछि-पछि हिड्यौ।चोक कटेसी उनलाइ साइकलको अगाडि राख्दै हुँइकिए टोखातिर।

          कोठामा पुगेर उनलाइ चिया बनाएर दिए अनी म नी उनकै छेउमै बसेँ।उनी म नजिक सरिन् लगभग टास्सिउला झै।मेरो हातमाथी उनले हात राखिन म लगभग झस्किएँ।हाम्रो आखा जुधे।दर्‍हो मुटु पारेर उनका ति ठुलाठुला आँखा चुमिदिए।उनीबाट कुनै नकरात्मक प्रतिकृया आएन म झन हौसिए।त्यसपछि मेरो ओठ उनको गालातिर बढे,लगातार दायाबाया गरिरहे।अब भने उनी पनी सकृय हुन थालिन सिधै मेरो ओठ,अनी जिव्रोमा धावा बोलिन्।हामी एक-अर्कालाइ आँप चुसै झै चुस्न थाल्यौ।अब भने म उनलाइ छोडाउन थाले।एक-एक गरेर उनको वदनबाट कपडा रुपि पर्दाहरु हटाइदिए।हिउँभन्दा सेतो वदन,ठुलाठुला आखा,पातलो गुलावी ओठ ,सगरमाथालाइ चुनौति दिने वक्षस्थल,लगभग छिन्लाजस्तो कम्मर अनी चारकोसे झाडिको स्वरुप।उनको यस्तो वदन देखेर जस्तोसुकै सन्तमहन्तको हृदयमा पनी यौवनको जोशले पागल हुनसक्थ्यो।मेरो ज्यानवाट कतिछिटो कपडाहरु उत्रिए थाहा पत्तो पाइन।सम्भोग नै एकमात्र तेस्तो काम होला जुन कसैले सिकाउन पर्दैन मानिसहरुले जन्मदै सिकेर आएका हुन्छन।मेरो हकमा पनी तेस्तै भयो त्यो दिन।हामी दुइ शरिर एक हुने महाअभिलाषामा लिप्त हुन थाल्यो।लगभग बिस मिनेट जतीमा नै हामी पानी-पानी भयौ।शरिर पसिनाले निथ्रुक्क जस्तै भएको थियो।तनको हालत हरुवा सिपाही जस्तो थियो।उनीप्रती निकै माँया जागेर आयो।एक पटक निधार ओठ आँखा सवैतिेर चुमीदिए हलुका तवरले प्यार दर्शाउदै।त्यसपछि पनी निकै वेरसम्म हामीले एकअर्कालाइ ट्वाल्ल हेर्दै पल्टिरहयौ ओछ्यानमा।

          हरेक शनिवार हुने प्रेमको यो खेल हाम्रो लगभग एकवर्षसम्म निर्वाधरुपमा चल्यो।हाम्रो सम्बन्धको बारेमा हाकिम साहेबलाइ नी थाहा भो। उहाले२-४ चोटि मलाइ सवनमसंगको सम्बन्ध अन्त्य गर्न सुझाब दिनुभएको थियो।उहाको सुझाब मनन गर्दै मैले त्यहा पत्रीका पुरर्‍याउने काम छोडिदिएको थिए।तर सवनमको अन्धो प्रेम र मप्रतीको उनको आशक्तिले हाम्रो सम्बन्धको पर्खाल तोड्नै सकिएन।त्यसदिन पनी सधै झै कोठामा पसेर हामी एकअर्कालाइ हतार-हतार चुम्न थालेका मात्र थियौ।हाम्रो कोठाको ढोका अकस्मात तोडियो।लापरवाहरुपमा रहेको हाम्रो शरिरलाइ सम्हाल्ने मौका नै पाएनौ।डर र लाजले म थुचुक्कै वसे ओछ्यानमा।हाकिमसाहेव दलवलसहित आएका रहेछन।ममाथी अकस्मात लात्ता र जुत्ता बर्सन थाल्यो। सवनमलाइ एकजनाले घिसार्दै लगेको याद छ।होस खुल्दा म टिचिंग हस्पिटलमा थिँए दाहिने हात र देव्रे खुट्टामा भयङकर काम्रो बाधिएको थियो।अनुमान लगाए हातखुट्टा भाचिदिए छन्।छेवैमा दिदि,बहिनी बुवा,आमा र भिनाजुहरु हुनुहुन्थ्यो।

         एकहप्तापछि सब झिँटीघुन्टा कुम्ल्याएर हामी गाँउ फर्कियौ।त्यो घटना घटेको दिनपछि सबनमसंगको मेरो सम्पर्क शुन्य भो।म उनको यादले लगभग पागल नै भइसकेको थिए।घरमा वस्नै मन लाग्दैन थियो।उनलाइ भुल्नकै लागी रक्सी र चुरोटको सहरा लिन थाले।ज्यान डुव्लाएर सिन्का भएको थियो।घरबाट मेरो बिहे गरिदिने हरेक प्रयास र योजनालाइ म नै तुवाइदिन्थे।बुवा आमा मेरो हर्कतले आजित हुनुभएको थियो।
 
          त्यो दिनपनी सधै झै साथीको घरको वास पछी घर फर्किए बिहानै।घरभरी सानोतिनो भिँड नै जम्मा भएको थियो।मनमा  चिसो पस्यो कुनै दुर्घटना घट्यो कि भनेर।सबैजना मलाइ हेर्दै मुखामुख गर्न थाले।भिड छिचोल्दै पिढिमा पुगेको मात्र के थिए म अवाक भए।सपना हो कि बिपना खुट्याउन सकिन।एक्कासी सवनम मेरो अंगालोमा वेरिएर रुन थालिन्।म लाजले रातोपिरो भए।उनलाइ आफुबाट अलग गरेर पिढिमा बसाइदिए अनी भित्र कोठामा पसे।

            घरमा हाम्रो बिहेको तयारी भो साधरण रुपमै भए पनी।संयोग नै होला भ्यालेन्टाइन डे अर्थात फागुनको २ गते हाम्रो बिहे सम्पन्न भो।उनको सिउदोमा सिन्दुरले रङगाइदिए।हामी औपचारिक रुपमा पतीपत्नी भयौ।हाम्रो प्रेमको जीत भो।

            हाम्रो त्यो सुहागरात पहिलो संसर्गभन्दा कम रोमाञ्चकारी थिएन।हिमालजस्तो गोरो उनको शरिरमा रातो सारी,सिउँदोको सिन्दुर अनी मुहार छोपिएको त्यो घुम्टोले मलाइ लगभग पागलै बनायो।आफुलाइ सम्हाल्नै सकिन,त्यसपछि उनको शरिरबाट सबै कपडा अलग पारिदिए अनी आफ्नो पनी।हामी दुवैजना सर्वाङग नांगो भयौ,उनको सुन्दरता झन प्रज्वलीत भो।निकैदिनदेखीको भोको शेरले शिकारलाइ आक्रमण गरे झै हामी एकअर्कालाइ आक्रमण गर्न थाल्यौ।हामीविचको कुस्ती घमासान भो।लाग्थ्यो हामी पहिलोपटक संभोगरुपी कुस्ती खेल्दैछौ।अन्त्यमा हामी दुवै जना थकाइले चुर भयौ,पसिना तरतरी चुहिए।थकित आफ्नो ज्यानलाइ उनीबाट अलग पारे।आफ्नो शिरलाइ मेरो छातीमा राख्दै उनी निदको दुनियामा विलिन भइन।म निकैवेरसम्म उनलाइ सुमसुमाइरहे।हाम्रो हरेक रात रंगिन हुनथाले।हामीमा खुसीको कुनै सिमा नै थिएन।

         घरमा परिवारको नयाँ सदस्यको रुपमा छोराको जन्म भयो।हामीमा खुसीको मात्रा झन बढ्यो।छोराको बोलाउने नाम संगम राखियो आपसको सल्लाहमा।काठमाण्डुमा भएको त्यो घटनापछि म पहिले जस्तो शारारिक परिश्रम गर्न सक्दिनथे।खेत जोत्नु,खन्नु रुख चढ्नु,दाउरा चिर्नु र भारी बोक्नेकाम सपनाजस्तो लाग्न थाल्यो मेरो लागी।केहि काम त गर्नुपर्छ भन्ने सोच मनमा सधै आउन थाल्यो।नवोलाए पनी नातीको पास्नीमा सवनमको बुवाआमा दुवैजना आउनु भो।पास्नी सकिएलगत्तै हाकिम साहेवले सवनम र मलाइ बोलाएर काठमाण्डौ फर्केर ब्यापारबिजनेस सुरुवात गर्न सुझाव दिनुभो र लगानीको चिन्ता नलिन र आफुले चाहिदो लगानी गरिदिने प्रस्ताव राख्नुभो।उहाको त्यो प्रस्तावलाइ सवनमले ठाडै अस्वीकार गरिन र भनिन ह्वा मान्नुभए पनी यो कुरा म कुनै हालतमा मान्नेछैन।उहाँहरु मन अमिलो पारेर फर्कनु भो।

        त्यसको केहि महिनापछि म काठमाण्डौ फर्किए र स्टेसनरि पसलको सुरुवात गरे।हाम्रो त्यो वर्षको एनिभर्सरी र मेरो पसलको उद्घाटन एकैदिन परेको कारण अघिल्लो बर्षको एनिभर्सरी नै खल्लो भो।छोरा अली ठुलो भएपछि सवनमले नी गाँउकै स्कुलमा अङग्रेजी र गणित बिषय पढाउन थालिन।अब भने मलाइ गाँउमै फर्कने दवाव बढ्न थाल्यो।म चाँहि अनेक बहना बनाउदै यसलाइ टार्न खोज्थे।

             मोबाइलबाट आएको कल हो ना हो रिंगटोनले मलाइ विगतको यादबाट ब्युझाइदियो।घडि हेरे १२ वजेको रहेछ।फोन सवनमले नै गरेकि  थिइन्।अनौठो त्रासका साथ फोन उठाए अनी चुपचाप उनको आवाजको पर्खाइमा वसेँ।"आम सरी बादल,कहिलेकाइ म बिनाअर्थमा रिसाउछु भन्या"।"अनी म रिसाए भन्दैमा फोन नगरी बस्ने?निष्ठुरी"।उनको आवाज धाराप्रवाह आउन थाल्यो।एकछिन भित्रैदेखी विक्षिप्त भएँ आफुलाइ जवर्जस्ती सम्हाले।त्यसपछि मैले मेरा सारा समस्या राखे।"आम सरी" पुन: मलिन आवाज आयो उताबाट।'मैले तिम्रो लागी गोल्डचेन किनेर राखेको थिएँ भ्यालेन्टाइन तथा म्यारिज एनिभर्सरी गिफ्टको लागी।तर भुसुक्कै विर्सिएछु।अँ सुन अर्को हप्तातिर पसल वेचवाच पारेर म गाँउ नै फर्कन्छु"।"याहु"उताबाट उनको खुसीको चरमोत्कर्षताको आवाज आयो।एकघन्टे लामो वार्तालाप पछी जिन्दगीमै पहिलोपल्ट उनले फोनबाट किस दिदै विदा भइन।म मुग्ध भए निकैबेरसम्म।घडि हेरे एक बजिसकेछ।भोकले आन्द्रा जोडिएको थियो लागे अब जाउलो तयार गर्न तिर।
बादल श्रेष्ठ

 गोरखा

No comments:

Post a Comment