कोठाको ढोका खोलेर
भित्र छिर्न मात्रै
खोजेको थिएँ भित्र
उ जीन्दगीको मस्ती
लुट्दै थियो।उ अर्थात हरिकुमार
जो बिगत ६
महिनादेखी मेरो रुम
पार्टनर थियो।अन्तर्मुखी स्वभावको म कसैसंग
छिटै घुलमिल हुनै
सक्दिन थिए चाहेर
पनी।कोठामा संगै बस्न
थालेको लगभग पन्ध्र
दिनपछिमात्र हामीविच बोलचाल सुरु
भएको थियो।कारण हामीबिचको
रुची बाधक पनी
हुनसक्थ्यो।अक्सर उ विदा
या विशेष दिनहरुमा
अल्कोहल र चुरोटमा
झुम्थ्यो जुन मलाइ
पटक्कै मन पर्दैनथ्यो।आज
पनी उ यसरी
नै झुम्दै छ
अथवा उसको भाषामा
वास्तविक जीन्दगीको मजा लुट्दैछ।
वादलजी थोरै लिनुस
त्यसपछि जिन्दगीको वास्तविक मज्जा
भेट्नुहुनेछ।कोठाभित्र पस्दापस्दै उसले मलाइ
अफर गर्यो।सरी
यार मलाइ यस्तो
चिज चल्दैन र
कृपया भुलेर पनी
मलाइ कर नगर्नुस।उ
अली हच्कियो र
दोर्हाएर सोध्न
सकेन।"आज विदा
हो हजुरको"?"नाइ
ड्युटि जानुपर्छ" मेरो प्रश्न
नसकिदै उसले उत्तर
दियो ।त्यो छोटो
वार्तालापपछि म फ्रेस
हुन वाथरुमतिर गएँ।फर्केर
आउदा उ कोठामा
थिएन।अघीसम्म ह्वास्स गन्हाएको कोठामा
अहिले रुमफ्रेसनर मग्मगाएको
थियो।
कम्पनीले आयोजना गरेको
आधारभुत तालिममा भाग लिन
म ट्रेनिंग सेन्टरतिर
गए सिधै।डेढघण्टे तालिम
सक्काएर कोठामा फर्के कोठामा
हरिको उपस्थिती देखिन
सोचे ड्युटिमा गयो
होला।बाहिर एम्वुलेन्सको विरहलाग्दो आवाज निकैवेरदेखि
बजीरहेको थियो।चिसो पिउने बहनामा
बाहिर निस्के।नजिकैको हाइवेभरी
मान्हछेरुको भिड थियो।सडक
दुर्घटनामा पैदल यात्रुको
दुर्घटना स्थलमै मृत्यु भएको
रहेछ।प्रहरीले दुर्घटना स्थल वरपरको
दुइसय मिटर पुरै
घेरावन्दि गरेको थियो।पुरै भिड
कसरी,कुन सवारीद्धरा,कुन देशको
नागरिकको मृत्यु भयो भनेर
जान्न अधीर थिए।टाढैबाट
देखिएको रगतको टाटाले मेरो
दिमागमा एककिसिमको द्धिग्भ्रमित पैदा
गरायो।आफुलाइ धेरैवेर रोक्न सकिन
त्यहा त्यसपछि सिधै
कोठामा फर्किए।मनमा एक किसिमकको
दिक्दारि पैदा भो
झन-झन।
त्यो दुर्घटना
र सडकभरी लत्पतिएको
रगतका टाटाहरु मनभरी
झल्को आइरह्यो।"हरिलाइ
देख्नु भो"?अर्को रुमपार्टनर
सरोजको सोधाइले झस्किए।"म
आउदा कोठामा नै
थियो वाथरुमबाट फर्किदा
रुममा देखिन।त्यसपछि म
ट्रेनिंगमा गए सायद
ड्युटि गए होलान्"
मैले स्पष्ट पारे।"आज उसको
विदा थियो रे"
सरोजले साउतीको आवाजमा भन्यो"?"उसले त
मलाइ ड्युटि जानु
छ भन्थ्यो नि
त"?शंका पोखे।
त्यसपछि हरिलाइ फोन लगाए
रिङ बज्यो तर
फोन उठेन।सरोजले पुन:
फोन ट्राइ गर्यो अहँ
फोन उठेन "सायद
दाइकोमा गएको होला"।उसले विस्तारै भन्यो।त्यसपछि
म ल्यापटपमा हराउन
थाले।
बिहान ड्युटि जानुअघी
हामी दुवैजनाले उसलाइ
पुन: फोन लगायौ।फोन
उठेन,"यो हरि
जहिल्यै जाँड खाएर
यस्तै गर्छ कमसेकम
खबर त गर्नुपर्छ
नि" सरोजले दिक्क मान्दै
फोन काट्दै रोष
प्रकट गर्यो।त्यसपछि
हामी दुवैजना आ-आफ्नो कार्यस्थलतर्फ लाग्यौ।दिउसो
लञ्च आवरमा मलाइ
एक भारतिय साथीले
एक्कासी सुनायो हिजोको सडक
दुर्घटनामा पर्ने त हरि
पो रहेछ।दिमाग भाउन्न
भएर आयो पुरै
धर्ती हल्लीएको आभाष
गरेँ।त्यस पछि के
भो थाहा भएन
होसमा आउदा अफिसको
मेडिकल इमर्जेन्सी वार्डमा रहेछु।
त्यसपछि अफिसबाट सिधै कोठामा
फर्किए।
घरजानलाइ तयार पारेको
उसको लगेज वेडको
छेवैमा थियो।दस कक्षामा पढ्दै
गरेकि छोरिको लागी
किनिदिएको ल्यापटप थन्क्याउनै भ्याएको
रहेनछ।दुइबर्षे छोरोको लागी किनिएका
खेलौनाहरु तेत्तीकै असरल्ल थियो।कोठामा
वस्नै सकिन।सिधै क्याम्प
अफिस गए उसको
बारेमा बुझ्न।पुलिस रिपोर्ट अनुसार
जथाभावी रुपमा सडक पार
गरेको कारण एम्बुलेन्सको
ठक्करबाट उसको मृत्यु
भएको रहेछ।ब्लडमा अल्कोहलको
मात्रा भेटिएको कारण केश
जटिल तथा उसको
विपक्षमा जाने सम्भावना
छ क्याम्पवोसको यो
भनाइले मलाइ झन
विक्षिप्त बनायो।उसको भाइ पर्ने
(जसको नाम सविन
थियो) पनी हाम्रै
कम्पनीमा थियो उ
पनी हुर्रेर आइपुग्यो
क्याम्पअफिस।कम्पनीले शव लैजाने
कागजपत्र तयार गर्दैछ
तिमी पनी साथमा
जानुपर्छ क्याम्पवोसको यो आवाजले
उ झन मर्माहत
हुदै रुन थाल्यो।मैलै
फुल्याउन थाले उसलाइ।मनमा
कहाँबाट तर्कना आयो यतीबेला
हरीको घरपरिवार र
पत्नीको हालत के
भएको होला उसको
असायमिक मृत्युको खबर सुनेर।रोक्दारोक्दै
आखाँबाट बर्र आशु
झरे अनी छेवैको
कुर्सीमा बिसाए एकछिन आफुलाइ।त्यो
भयाबह कहालीलाग्दो वातावरणलाइ
सम्झन मन लागेन।हस्पीटल
गएर एकचोटि शव
हेर्ने हाम्रो इच्छा पुरा
हुन सकेन यहाँको
कानुनी कारणले गर्दा।
हस्पिटलका केहि मान्छेहरुले
भव्य चिल्लो आकर्षक
काठको बाकसलाइ शबवाहनबाट
ओराले अनी कार्गो
विभागतिर पठाइदिए।हामीले केहि देख्नै
सकेनौ।सविनको मुहार बर्षात हुनै
लागेको आकास जस्तो
कालोनिलो भएको थियो।एकहप्तादेखि
राम्रोसंग खाना नखाएकै
कारण उ निकै
दुब्लो र टिठलाग्दो
देखिन्थ्यो।उ हामीलाइ केहि भन्न
चाहन्थ्यो तर मुखबाट
कुनै शब्द नै
निकाल्न सकिरहेको थिएन"बाइ"
यती भनेर उ
विदा भएर अगाडि
बढ्यो हामी अवाक्
भएर एकछिन उ
गइरहेको हेरिरह्यौ।हरिको पार्थीव शरिर अोरालिएकै
ठाँउबाट अरु १४-१५ वटा
नेपाली युवाहरुको शब भटाभट
ओरालिन थाल्यो।लाग्दथ्यो कुनै सामान
ओरालिएको छ कुरिएर
गरेर पठाउनको लागी।केहिदिन
पहिलेमात्र बिबिसीले कतारमा मासिक
सयौ नेपाली कामदार
मरिरहेको सनसनीपुर्ण खोज बाहिर
ल्याएको थियो।सोचेँ सायद ति
युवाहरु पनी त्यो
तथ्याङकमा अट्न सफल
भए होलान्।मेरो मन
झन अरु भक्कानियो।ति
शवहरुलाइ देखेर लाग्यो हजारौ
संख्यामा विदेशिएका नेपाली युवाहरुको
दैनिक सयौ शव
यसरी नै स्वदेश
फर्कदो होला।गर्हौ पाइला
लिएर हामी यस्तैयस्तै
सोच्दै कोठामा फर्कियौ।मनमा झन
अरु एककिसिमको नरमाइलो
परिस्थीति सिर्जना भो।घर छोडेर
धन कमाउन परदेशिएहरुको
युवावस्थाको मृत्युले झस्काइरह्यो।यो घटना
म आफैमा घटेको
भए मेरो परिवारको
हालत कस्तो हुन्थ्यो
होला?सोच्दा पनी
मन सिरिंग भो।
हरिको वेड भएको
ठाँउ खाली थियो
तर मनमा कताकता
उ त्यहि सुतिरहेको
जस्तो आभाष हुन्थ्यो।सधै
झै त्यो रात
पनी हामी दुवैजनाले
पुरै अनिदो नै
वितायौं सुखदुखका अनेक कुराहरु
गर्दै।भोलीपल्ट टाउको निकै भारी
भयो ड्युटि जान
सक्ने हालत थिएन।हरिको
मृत्यु र त्यो
दुर्घटनाले घटाएको खानाप्रतीको अरुचीको
कारण ज्यानमा तागत
नै हराएको जस्तो
लाग्थ्यो।त्यो दिन हामी
दुवैजना नै ड्युटि
गएनौ।सरोजले दुध र
केहि केकहरु ल्यायो
खाने मन नभए
पनी जवर्जस्ती खाइयो।त्यसपछि
क्याम्प अपिसमा गएर रुम
चेञ्च गरिदिन हामीले
अपिल गर्यौ।हाम्रो अपिल
सुनुवाइ भो दिनभर
लगाएर नयाँ कोठामा
सरियो।त्यो रात हामी
दुवैजनालाइ मज्जाले निन्द्रा पर्यो।
खेती बाहेक
हरिको परिवारको आयस्रोत
अरु खासै केहि
थिएन,घरको जग
नै ढलेपछि घर
कहाँ रहन्छ र?हाम्रो सानो सहयोगले
त्यो घरलाइ भरथेग
गर्न सकिन्छ कि?ति बालवच्चाको
लालनपालन तथा पढाइमा
केहि सहयोग त
हुन्छ कमसे कम।
हाम्रो यस्तै तर्कवितर्कले हामीहरुले
हरीको परिवारलाइ चन्दा
उठाएर सहयोग गर्नुपर्छ
भनेर निष्कर्ष निकाल्यौ।मेरो
प्रस्तावप्रती सवैजना सहमत भए।हामी
जोडतोडले लाग्यौ चन्दा अभियानमा।अरु
साथीहरुले पनी दिलोज्यान
साथ दिए हाम्रो
अभियानमा।
रगतमा अल्कोहलको मात्रा
बढि भेटिएकै कारण
यताको इन्सुरेन्स कम्पनी
क्षतीपुर्ती दिनबाट पन्छियो।नेपाल एम्वेसी
कडा भएर उत्रन
सकेन।कम्पनीले पनी शव
पठाउदा दिएको दुइलाख नेपाली
रुपैया भन्दा बढि दिएन।अदालतले
उसकै विरुद्धमा फैसला
सुनाइदियो।लाग्थ्यो उसको घरको
आकाशमा कालो वादल
मडारिन थाल्यो।हामीले जम्मा पारेको साढे
तिनलाख नेपाली रुपैयाँ सविनमार्फत
हामीले हरीको छोरा छोरी
र पत्नीको बेग्लाबेग्लै
खातामा हालिदियौ।नेपालमा रहेको इन्सोरेन्स कम्पनीले
केहि क्षतिपुर्ती दिएछ।हाम्रो
सहयोग र त्यो
रकमले केहि भए
पनी राहत मिल्ने
भो परिवारलाइ।करिव तिन
महिनाको नेपाल बसाइपछि सविन
पुन: फर्कियो।उसले बर्णन
गरेअनुरुपको उताको परिस्थीती र
उसको घरको दर्दानाक
ब्याथाले मन अरु
छियाछिया बनाइदियो हाम्रो।
दिनहरु बित्दै गए
पुराना चोटहरु भुल्दै गयौ।लगभग
हरि हाम्रो मानसपटलबाट
हराइसकेको थियो।सवैजना आ-आफ्नै
जिजीविषामा व्यस्त
थिए।पुराना यादहरुलाइ सधै याद
गरेर हुने आखिर
केहि होइन।बाध्य भएर
नी मनबाट पखालिदिनुपर्ने
रहेछ।यस अबधीमा फेसबुक मार्फत
रविना(हरिको छोरी)संग मेरो
चिनजान भयो।म उसलाइ आफ्नै
बहिनीको जस्तो ब्यबहार गर्थे।उनी
पनी मलाइ आफ्नै
दाइजस्तै मान्थीन र मसंग
हरेक कुराहरुको छलफल
गर्थीन।कहिलेकाहि उसंग कुरा
गर्दा हरिको याद
आउथ्यो।म नचाहेर नै भावविह्वल
हुन्थे तर रविनालाइ
यो कुराको आभास
हुन दिन्नथे।
डिसेम्वरको सकिनै लागेको
थियो।यता जाडो झन
वढ्दो थियो यो
मरुभुमीमा जती गर्मी
हुन्छ जाडो पनी
त्यहि अनुपातमा हुने
रहेछ।आज बिहिवार तथा हप्ताको
अन्तिम दिन,म
निर्धक्कसंग फिल्म हेर्दै थिए
ल्यापटपमा।सरोज बाहिरबाट हुर्रिदै कोठामा
आयो "वादलजी,वादलजी राजु-राजु" उसको मुखबाट
यतीमात्र निस्क्यो।"के भो
राजुलाइ"? हेर्दाहेर्दैको फिल्मलाइ रोक्दै सोधे।उ
निशव्द भयो कुनै
आवाज निकाल्न सकेन।म
वेतोडले पल्लो कोठामा गएँ।राजु
हल न चलको
अवस्तामा थियो हामी
सवैजना अत्तालिन थाल्यौ।एकजना भाइलाइ
क्याम्पवोसलाइ बोलाउन पठायौ मैले
इमेर्जेन्सी नम्वरमा फोन गरेर
घटनाको जानकारी अनी लोकेसन
दिएँ।एम्बुलेन्सको डक्टरको भनाइ अनुसार
सुतिरहेकै अवस्थामा राजुको हृद्यघात
भएको रहेछ।मेरो होसहवास
गुम भो,वायुकै
वेगमा एम्वुलेन्सले राजुलाइ
हस्पीटल लिएर गयो।हामी
त्यो रात पनी
सुत्न सकेनौ।सरोज बाहिरतिर
निस्कियो म भने
वेडमा तेत्तिकै पल्टिरहे
राजुलाइ सम्झदै।रातभर पसुपतीनाथलाइ पुकारे उसको सिघ्र
स्वास्थ्य लाभको कामना गर्दै।
भोलीपल्ट हामी हस्पीटल
गयौ।डक्टरको रिपोर्ट अनुसार उसलाइ
व्रेन ह्यामरेज भएको
रहेछ,उसको शरिर
निर्जिव मुढा जस्तै
वेडमा लडिरहेको थियो।मुखमा
अक्सीजनको पाइप अनी
पाखुराको नशाबाट सलाएन पानी
दिइएको थियो।चिसोले हो या
सलाएन पानीको प्रभावले
गर्दा हो अनुहार
पुरै सुन्नीएको देखिन्थ्यो।उसको
होस फर्कने कुरामा
डाक्टरहरुले किटान नै गरेर
भन्न सकेका थिएनन्।के
उ पुर्ण स्वास्थ्य
भएर फर्कने छ?
भन्ने हाम्रो प्रश्नको
उत्तर "हाम्रो प्रयास जारी
छ बाँकि भगवान
भरोसा"डक्टरको उत्तर यस्तो
थियो।अब हामीसंग सर्वेसर्वा उनै
सबैका मालिक पसुपतीनाथलाइ
पुकार्नु बाहेक अरु उपाय
थिएन।निरुत्तर अनी विवश
हुँदै हामी सबैजना
कोठामा फर्कियो राजुको सफल
उपचार अनी सुस्वास्थ्यको
कामना गर्दै।बाटो भरी
पसुपतीनाथलाइ पुकारे हामीले उसको
परिवारको लागी चन्दा
उठाउन नपरोस,उ
पुर्ण स्वस्थ भएर
घर फर्कियोस भनेर।
कोठामा फर्किए,मन
र तन दुवै
भित्रैदेखी गलेको महसुस गरेँ।मेरो
मनको स्थीती बसन्त
ऋतुमा आँधिबेरि चलेको
वातावरण जस्तो भएको थियो।ल्यापटप
खोले,मलाइ अनलाइनमा
देखेर रविनाले मेसेज
पठाइ"दाइ नमस्कार,हजुर आरामै
हुनुहुन्छ"?मेसेज पढेर आफैलाइ
रोक्नै सकिन।बाँचेकै छु नानु
सिर्फ यती लेखेर
पठाएँ त्यसबाहेक मसंग
अरु केहि लेख्ने
आत्मशक्ति थिएन।त्यसपछि फेसबुक लगआउट गरिदिए।मेरो
मानसपटलमा क्रमश: हरि,एयरपोर्टमा
उतारिएका नेपाली युवाहरुको १४-१५वटा शव प्याक
गरिएका बाकस अनी
राजुको मुहार झलझली नाच्न
थाले।सोचेँ मृत्युलाइ जित्न त
सकिन्न तर पनी
यो विरानोदेशमा मर्नुभन्दा
स्वदेशमै खुशीका साथ मर्नु
नै अत्युत्तम हो।कापी
निकाले अनी पारिवारिक
समस्या दर्शाउदै रिजाइनेसन लेटर
लेखे।बल्ल मनमा शान्तिको
आभाष भएको महशुश
गरेँ।
भोलीपल्ट नै कम्पनीको
मेनेजरलाइ रिजाइनेसन लेटर बुझाएँ।त्यसको
एकहप्ता पछि
कम्पनीले आफ्नो प्रकृया पुरा
गरेर मलाइ चाडो
भन्दा चाडो पठाइदिने
म्यासेज दियो।अब छिट्ठै घर
फर्कदैछु भन्ने कुराले म
यतीबेला निकै खुशी
छु।जुन खुशीलाइ मापन गर्न
या दर्शाउन मसंग
कुनै शब्द छैन।अफलाइनबाटै
रविनालाइ म्यासेज पठाइदिँए नानु
म अब छिट्टै
घर फर्कदैछु भनेर।
बादल श्रेष्ठ
गोरखा
No comments:
Post a Comment