मेरी प्राणप्यारी दिलकी राजकुमारी
आकाश भन्दा नी असिमित सम्झनाका लहरहरु
मेरी प्रियतमा जबसम्म तिम्रो त्यो दिल धड्कनेछ तवसम्म यो ज्यानमा सकुशलताको के कमी?हरेक दिनको अन्त्य अनी हरेक बिहानीको शुरुवातसंगै तिम्रो शकुशलता र सफलताको कामना गरिरहन्छु म यहाँबाट भगवानसंग।तिमी मेरी मुटु हौ र मुटुविनाको धड्कनको के अस्तीत्व रहला र?जसरी आकाशबिना धर्तीको अस्तीत्व अपुरो हुनेछ त्यसै गरी तिमीविनाको मेरो के अर्थ?भग्वान प्रती म यती आभार छु कि तिमीजस्ती मायालुलाइ यस धर्तीमा सिर्फ मेरै लागी पठाइदिए।कहिलेकाइ म गहिरो सोचमा डुब्छु तिमी त्यो परी हौ जो मलाइ प्रेमको अमृतरुपी प्याला पिलाउन यो धर्तीमा ओर्लियौ स्वर्गलोकबाट।
मेरी प्रीयतमा, प्रेम यस्तो चिज हो जव पहिलोपल्ट मैले तिमीलाइ देखे तव मेरो दिलमा एउटा छुट्टै खुशी तथा मनभरी एक किसिमको अनौठौ हलचल तथा रोमाञ्चकारी भावनाको सर्सराहट पैदा भएको थियो।प्रेमलाइ न त भुगोलको दुरीले छेक्न सक्छ न त समयरुपी पर्खालले नै।जव भग्वानले नै तिमी मेरैलागी र म तिम्रै लागी सृजना गरिदिए त्यहा हाम्रो पहिलो भेट प्रतक्ष नभएर के भो र?त्यो तिम्रो दिल यो ज्यानमा र यो दिल त्यो तिम्रो ज्यानमा धड्किएपछि।भर्च्युल दुनियाबाट यथार्थताको दुनियाँमा अवतरण गर्दासम्म मेरो जिन्दगीमा जोशजाँगर अनी सफलताले गगन नै चुमे जस्को श्रेय तिमी अनी तिम्रो साथ थियो।
मेरी प्रीयतमा, तिमी मेरो जीन्दगिको आकाशमा सदावहार चम्कने त्यो ध्रुवतारा हौ जसको तुलना गर्न लायक अरु कुनै ग्रह या तारा नै छैन यो ब्रमाह्ण्डमा।तिमी मेरोलागी सागरको गहिराइमा भेटिने मोती हौ,पत्थरको गर्भमा रमाउने हिरा हौ,सगरचुम्ने अभिलाषा पाल्ने सगरमाथा हिमाल हौ,सारा विष पिइदिने सागर हौ,दुनियालाइ शितलता बाड्ने चाँदनी हौ,सृष्टिलाइ संवाहित गर्ने सुर्य हौ।तिमी मेरो लागी आकाश हौ, धर्ती हौ,अझ भनौ तिमी मेरो सारा सर्वस्व हौ।तिमीबिनाको मेरो परिकल्पना अँह म कुनै हालतमा सोच्नै सक्दिन।
मेरी प्रीयषी,हजारौ सपना साँचेको थिए तिम्रा लागी यो भ्यालेनटाइनमा।समय र परिस्थीती बादक बन्यो।सायद हाम्रो माँयाको डोरी कसिलो बनाउने समय यो भन्दा अरु थिएन होला।सच्चा प्यारलाइ भौगोलिक दुरिले झन कसिलो बनाइदिदो रहेछ।आज हामी भेट्न नसकेर के भो त? आत्मिक रुपमा हामी हरेक पल हरक्षण संगै छदैछौ।मेरो मुटुको हरेक धड्कनले तिम्रो नाम नै उच्चारण गरिरहेको हुन्छ लाग्छ तिमी मसंगै छौ मेरो छाँया बनेर मलाइ हरदम हरपल पछ्याइरहेको छौ।
मेरी प्रियतमा,भ्यालेनटाइन डे,हरेक बर्ष मेरो आँखा यसमै हुन्छ तिमीसंग भेट हुने बहनाको एकमात्र अर्जुन दृष्टिजस्तै।प्रेम अनी प्रेम दिवस यसको परिभाषाको गहिराइ समुन्द्रभन्दा पनी निकै गहरोइ छ।म कसरि बर्णन गर्न सक्थे र?मेरो लागी त तिमीसंगको यथार्थताको धरातलमा भेटहुने अरु कुनै बहना थिएन भ्यालेन्टाइन डे बाहेक अनी हाम्रो प्रेमको बन्धन झन कसिलो पार्ने शुवर्ण अवसर पनी।बाध्यता विवसता अनी हाम्रो उज्जवल भविष्यको खातिर हरेक पल तिम्रो यादलाइ आफ्नो मुटुभरी संगाली सात समुन्द्र पारिको यो भिडमा भविष्यको कातिर उज्जवल सपना संगालीरहेछु।र छिट्ठ नै त्यो खुशी हाम्रो प्रेमको दुनियामा यसरी सिञ्चित गर्नेछु कि हाम्रो जिन्दगीमा बसन्त सदावहार हुनेछ।सारा दुनिया हाम्रो प्रेम र खुशी देखेर इर्श्याले जल्नेछ।
मेरी प्रियतमा, पुर्णिमाको दिन आकाशमा हेर्छु भोलीको हाम्रो दिन त्यस्तै रोमाञ्चकारी देख्छु।खुशी,प्रेम अनी सम्बृद्धिले हामीलाइ घेरेको हुनेछ जसरी ताराहरुले चाँदनीलाइ घेरेको छ आकाशमा।हामी निस्वार्थ अनी सच्चा प्यारको गहिराइमा डुब्नेछौ झन अझै अरु प्यारको खोजीमा संगसंगै यत्रा गर्नेछौ गहिराइको।हामी दुनियाँमा प्रेमको प्रतिकको रुपमा परिचित हुनेछौ।सवैको सामु उदाहरणिय हुनेछौ।हाम्रो सारा जगत झलमल्ल हुनेछ प्रेमको ज्योतीले।सच्चा प्यारको पर्खाइ पनी मिठो हुनेरहेछ र समय पनी द्रुत गतिमा बहदो रहेछ।भोली हामी भेट हुने दिन यसरी नै द्रुत गतिमा बहोस भन्ने कामना गर्दछु भग्वानसंग हरेक पल।
मेरी प्रीयतमा, मेरो अनुपस्थिती र अपुर्णतालाइ मेरा यहि शब्दले झन पुर्णता दिनेछ भन्ने कुरामा म पुरै विश्वस्त छु।तिम्रा लागी कोरिएका यि शब्दहरु देख्दा लाग्दछ तिमी नै शब्द बनेर यहा कोरिएको छौ मेरो खुशीमा।हरेक शब्दसंग म यती रोमाञ्चित छु कि लाग्छ भग्वानले तिम्रैलागी मेरो दिलमा यि शब्दहरुको सृजना गरिरहेका छन्।जिन्दगीका हरेक अफ्ठेरा मोडहरु आउदा आँखाभरी धड्कन भरी तिमीलाइ नै पाउछु।मन चंगा भएर सफलताको आकाशमा उड्न थाल्छ।
मेरी मुटुकि धड्कन, मनभरी प्रेमका हजारौ सपना साँच्दै त्यो भोलीको समयको पर्खाइमा छु जुन दिन हाम्रो मिलन अटुटताले भरिएको होस्।हो हामी भौतिक तथा भौगलिक रुपले टाढा पक्कै छौँ तर तिमीलाइ थाहा छ?,मेरा कानभरी हरदम तिम्रा आवाज गुञ्जायमान हुन्छ,आँखाभरी तिमी नै तिमीलाइ पाँउछु।जस्तै जटिल समस्या परे पनी तिमी अनी तिम्रा मधुर प्रेणाहरु सम्झन्छु अनी समस्याहरु आफै समाधान हुन्छन्।तिमी मसंग यती नजिक भएको आभाष गर्छु कि मेरो मुटु नै इर्श्या अनी डाहाले जलिरहेको हुन्छ।यो भ्यालेनटाइन डे मेरो लागी झन अस्मरणिय रहनेछ किनकि तिम्रा खातिर यि शब्दहरुलाइ तिमीमा समर्पित गर्न पाउदा।आशा छ तिमीले यसलाइ हार्दिकताका साथ प्रेमिल वातावरणका साथ स्वीकार्नेछौ।जुन मेरो अहोभाग्य हुनेछ।मेरी प्राणप्यारी तिम्रालागी यहि शब्दहरु नै सौगातस्वरुप प्रस्तुत गर्दै यो लेखाइबाट बिदा हुदै तिम्रो धड्कनमा झन अरु धड्कन चाहान्छु।जाँदाजाँदै आकाशभन्दा असिमित सागर भन्दा झन गहिरो प्रेम सिर्फ तिम्रो लागी सिर्फ तिम्रो लागी दिन चाहान्छु सातसमुन्द्र पारबाट।
उहि तिम्रो दिलको राजकुमार
वादल श्रेष्ठ

No comments:
Post a Comment