Wednesday, 14 January 2015

क्रिस्टिना,म अनी हाम्रो नियती-१


                                         
           ३ महिने बिदा मनाएर फर्केपछि भिषा नविकरण, स्क्यानिंग स्मार्टकार्ड र थम्सप्रिन्ट एक्टिभ हुन नसकेको कारण घरबाट फर्किएपछि म कम्पनीकै क्याम्पमा रल्लीरहेको थिएँ।काममा जानु नपर्ने हुनाले म दैनिक प्राय समय रिक्रिएसन हलमा बितॉउथे।मरुभुमीको खराब मौसमले गर्दा रुघाखोकिले ग्रस्त भएको कारण आज चॉहि म रुममै सुतिरहेको थिए अल्छीलाग्दो पाराले।कुनै सुचना बिना नै मेरो कोठाको ढोका खोल्यो कसैले बाहिरबाट।ब्ल्याङकेट फालेर चिहाए कम्पनीको मेसमा वेटर काम गर्ने कुमार भाइ रहेछ। एकहप्ता अघिदेखी उसले फेसबुक अकाउण्ट बनाइदिन अनुरोध गर्दैथियो तर उसैको ब्यस्तताले त्यो काम पुरा हुन सकेको थिएन।आज चॉहि झिँझो लगाउन आइपुग्यो।"दाइ ल आज चै जसरी नि फेसबुक आइडि बनाइदिनुस त"कोठामा पस्न नपाउदै ढोकैबाट उसले आग्रह गर्‍यो।हवस ब्ल्याङकेट फुत्त फाल्दै उठे अनी दराजबाट ल्यापटप निकाले।
        आज धेरै समयपछि ल्यापटप खोल्दैथिएँ।घरबाट फर्केपछि पहिलो पटक आज  मैले ल्यापटप खोलेको त्यो पनी कुमारभाइको कारण।ल्यापटपमा भएको क्रिस्टिना र मेरो सेल्फी रहेको ब्याकग्राउण्ड तस्वीरले मुटुमा एक झट्का दियो।"दाइ यो केटि को हो"?कुमारले बिजुलीको गतीमा सोध्न भ्यायो।"फोटोसप गरेर मिलाको हो"मैले ढाट्ने प्रयास गरे तर उसले पत्याएन।"प्लीज दाई भन्नुस न म कसैलाइ भन्दिन के प्लीज दाई"उसले लिडेधिपी कस्यो।क्रिस्टिनाको यादको भावसागरमा डुब्न पुगिसकेको म उसको हठको अगाडि गले।जाउ पहिले मेरो लागी ब्ल्याक हार्ड कफी र स्याण्डविच लेराउ अनी बल्ल भन्छु मैले उसलाइ ब्ल्याकमेलिंग गरे।"हवस"उ मेसतिर दौडियो।म ल्यापटपमा वाइफाइ कनेक्ट गर्न थाले।
        फेसबुकमा क्रिस्टिनाको मेसेज आएको छ कि भनेर फेसबुक खोले तर बल्ल याद आयो क्रिस्टिनाले फेसबुक पहिल्यै डिएक्टिभ गरिसकेको थिइ।तैपनी आशाको त्यान्द्रो बाँकि नै थियो त्यसैले जीमेल चेक गरे।जम्मा ५ वटा म्यासेज आएको रहेछ।त्यो पनी सबै एञ्जेलिनाकै रहेछन।एक-एक खोलेर हेरे।दिमाग भाउन्न भएर आयो।वास्तवमा यस्तो नहुनु पर्नी हो।जुन मैले अनुमान लगाएको थिएँ,ठिक तेस्को विपरित भएको थियो घटनाक्रम।"ल दाई हजुरको नास्ता"टेबलमा कफी र स्याण्डविच राख्दै कुमारले ल्यापटपमा चिहायो।"दाइ यो म्यासेजमा के लेखेको हो मलाइ भन्नुस न"उसले मलाइ पुन: झिँझो लगायो।ल ल हुन्छ पहिले खाजा त खानदेउ नास्तातिर लम्कदै भने।'हवस"को अर्थमा उसले मुन्टो हल्लायो उसले।भनेपछी मेसेज सुन्ने नै भयौ हैन त?खाजा खाइसकेपछि मैले भने।"सुनाउनुस  के दाई प्लीज" उसले अनुनयको भावमा भन्यो।ल सुन उसो भए,ल्यापटपलाइ सहज पार्दै भने।
 
      " बादल जब म नेपाल आइपुगेँ सबभन्दा पहिले तिमीले दिएको नम्बरमा फोन गरेँ।फोन तिम्रो बहिनीले उठाएकि थिइन्।मैले आफु तिम्रो साथी भएको र नेपाल आउनुको प्रयोजन बताएँ।बहिनीले तिम्रो बारेमा सबै भनिन्।शंका त मलाई पहिल्यै लागिसकेको थियो हामीबिच दोहोरो संबाद हुन नसक्दा।तैपनी एउटा झिनो आशाका साथ क्रिस्टिनालाई लिएर नेपाल हान्निएको थिएँ उस्को मिठो सपना पुरा गर्न। तिम्रो जिन्दगीको पछिल्ला घटनाक्रमको बारेमा क्रिस्टिना बेखबर नै थिई।मैले उस्लाई केहि पनी भनिन। तिम्रो बहिनीलाई भोलि भेटौ न है भन्दै हामी त्यसपछि एरपोर्टबाट होटेलतर्फ लाग्यौ।

        भोलिपल्ट बिहानै बहिनीलाई भेट्न हामी गंगबुतर्फ लाग्यौ।मैले पहिल्यै फोनमा बहिनीलाई क्रिस्टिनासंग तिम्रो बारेमा केहि कुरा नगर्न भनेकि थिएँ।हामीलाई लिन बहिनी चोकसम्मै आएकि थिइन्।बिहानीको खाना हामीले बहिनीको मै खायौ।मैले बहिनीलाई हामीसंग घुम्नको लागी अनुरोध गरे।दुईदिनसम्म हामीले काठमाण्डौ सहर लगभग पुरै घुम्यौ।आखिर मलाई हतार पनी थिएन तर क्रिस्टिना तिमीसंग भेट्नको लागी निकै आतुर थिइ।बिचरीलाई के थाहा जोसंग उ बिहे गर्न भनेर आएकि थिई उसले पहिल्यै अरुसंगै बिहे गरेर पनी नेपाल छोडिसकेको छ भनेर।उ माथी मलाई खुब दया जागेको थियो तेतीबेला।पछि हामी बहिनीसंगै तिम्रो गाँउतिर लाग्यौँ।
     
         बेलुका साँझ घर पुगियो,हामी निकै खुसी थियौ।उसले तिम्रोबारेमा हामीसंग निकै सोधिसकेको थिइ तर हामीले केहि न केहि बहाना बनाएर उस्लाई अल्मल्याएको थियौ।सायद कुनै सरप्राइजको आशामा उ बसेकि थिइ होला।हामीलाई आपत्ती तेतिबेला पर्‍यो तिम्रो बुबाले हामीलाई सबैजनासंग परिचय गराइरहनुभएको थियो अकस्मात तिम्रो श्रीमतीले भान्छाबाट एक्कासी चिया लिएर आइन्।"अनी उनी को हो नि"?"बादलको श्रीमती" उस्को प्रश्न नसकिदै बुबाले भन्नुभो।उ त्यहि बेहोस भएर लडि तिम्रो श्रीमतीको हातबाट सबै चियाका कपहरु भुइमा खसे।जुन कुराको मलाइ डर थियो आखिर त्यो भएरै छाड्यो।हाम्रो निकै प्रयासपछि बल्ल उ होसमा आइ।उस्ले बेलुकाको खाना खाएन तर दुध भने बल्लतल्ल पिइ।

      बेलुका मैले उसलाई सब कुरा भने,निकै सम्झाए।हाम्रो गल्ती औल्याए,हो बादल त्यतीवेला तिम्रो पक्ष लिएर मैले धेरै कुरा गरे तिम्रोबारेमा।"हो यो सब मेरै गल्तीले गर्दा भको हो",बल्ल उ बोलेकि थिइ।त्यसपछि हामी सुत्येउ।भोलीपल्टदेखि उ पनी बिमलासंगै भान्सामा काम गर्न थालेको थिइ।थाहा छ बादल उ बिमलासंग यती नजिक भएकि थिइ कि जँहा जहिल्यै जतिखेर पनी दुइजना संगै हुन्थे।सायद त्यतीबेला तिमीले पनी उनीहरुको इर्ष्या गर्दथ्यौ होला।म त झन निकै खुसि थिएँ त्यतीबेला उस्लाई देखेर, किनकि उबाट मैले यस्तो व्यवहारको कहिल्यै अपेक्षा नै गरेको थिइन।एक हप्ताको बसाईमा उनीहरु दुईजना एकदम मिल्ने साथी भइसकेको थिए।उसले बिमलासंग तिम्रो बारेमा धेरै कुरा सोधेकी पनी थिइ।
 
        तिम्रो घरको एकहप्ताको बसॉइपछि हामी काठमाण्डौ फर्कियौ, त्यतीवेला क्रिस्टिना निकै दुखी भएकि थिइ।लगभग पन्ध्र दिनको नेपाल बसाईपछि हामी फ्रान्स फर्कियौ।त्यतिवेला सम्ममा मैले क्रिस्टिनाको मुहारमा छुट्टै मुस्कान भेटेको थिए।हामी फ्रान्स फर्किएको भोलिपल्टबाट नै क्रिस्टिना फेरि चर्चतिरै लागी मैले त्यतिखेर पनी उस्लाई रोक्न सकिन।खासै रोकिन पनी।तिमीलाई पत्यार नलाग्न सक्छ होला बादल।आजभोली उ निकै खुशी छे र पहिले भन्दा निकै राम्री पनी।उसको शयन कक्षभरी तिम्रो एकल तथा तिमीहरु दुइजनाको फोटोहरु छन।आजभोली भने हाम्रो भेट बारम्बार भइरहन्छ र प्रत्येक भेटमा तिम्रोबारेमा नै कुरा हुन्छ"।कुमार भाइ सारांशमा एञ्जेलिनाको मेसेज  यहि नै हो।"यि सबै फोटोहरु मेरै घरमा खिचेको हो र मेरो परिवारको साथमा हुन्।हेर यो फोटोमा एञ्जेलीना सबभन्दा पछाडिबाट दाँया पट्टिको हुन्।हेर त भाइ घरको पछाडि देखिएको गणेश हिमाल भन्दा नि हसिलो मुद्रामा उभीएकि छे।ल हेर त भाइ यो सँगैको बायाँ पट्टीको क्रिस्टिनाको अनुहार युद्ध हारेको सिपाहिको भन्दा अध्यारो देखिएको।औँशिको कालो रात भन्दा नी अध्यारो"।"हो नि त दाइ मन भरिको हजारौँ सुनौला सपना तासको महल जसरि गर्ल्याम गुर्लुम ढलेपछि कसको मन नै हँसिलो हुन्छ र",भावुक मुद्रामा कुमारले भन्यो।"अनी दाइ क्रिस्टिनासंग तपाइको कसरी भेट भो तपाइहरु बिच कस्तो सम्बन्ध थियो त्यो नि भन्नुस न"आखाभरी आशु पार्दै कुमारले अनुनयको भावमा भन्यो"।ल सुन म शुरु हुन थाले मेरो जिन्दगीको कहानीको वाचन यात्रामा। .........क्रमश.........
  बादल श्रेष्ठ
     गोर्खा

No comments:

Post a Comment