आज पनी लगभग ३किलो मीटर हिडेरै आएँ, यो समुन्द्रको वगरमा।खोई के नशा चढ्यो कुन्नी उनको याद मेटाउनका लागी फुर्सत हुने वितिकै हान्नीएर यहि आउछु र घण्टौ हराउछु यहॉको दृश्यावोलकनमा।दृश्यावोलकन त के भनु हराउनु छ उनको यादमा।कती स्वतन्त्र छ यो समुन्द्र,कती खुशी छ स्वयममा, म उर्लिरहेको छाल हेरेर अनुमान लगॉउछु।कयौ जलचर प्राणीहरु उसैको पोल्टामा हुर्किरहेछन।ति सानासाना माछाहरुको चञ्चलताले म मोहित नै हुन्छु।एउटा वकुल्लो आएर माछाहरुको वथानवाट एउटा माछालाई आफ्नो चुच्चोको वन्धनमा पारेर भुर्रर उडेर गयो।जसरी समय र परिस्थीतीले हाम्रो प्रेमलाई टपक्क टिपेर लगेको थियो।मलाई निकै रिस उठ्यो तर म केहि गर्न सक्दिन थिए।यो त प्रकृतीको नियम नै हो।प्रकृतीले सवैलाई स्वतन्त्र भएको आभाष दिन्छ तर त्यो आभाष सिर्फ मिथ्या अनी दिवास्वप्न थियो।
आजकाल भिडभाड अनी मसंग नजिक हुन खोज्ने साथीहरु देखेर पनी मलाई झर्को लाग्छ।म एकान्त भित्र एकान्त खोजीरहेको छु।मलाई विक्षीप्त पार्ने ति उनका यादहरुलाई यहि समुन्द्रमा वगाइदिन मन लाग्छ।उनका ती निर्दोष,चञ्चल र निर्भयी मुहार मेरो ऑखा अगाडि आएर नॉच्न थाल्छन।उनको मुहार विस्तारै निर्दयी,स्वार्थी अनी अंहमकारीमा परिवर्तन हुदै जान्छ भयङकर डरलाग्दो विराट रुपमा।म उनको त्यो रुपमा समाहित हुदै जान्छु,विस्तारै मेरो चेतना हरॉउदै जान्छ,अर्धेचेत हुन्छु।एक झोक्का हॉवासंगै पानीको छालको छिट्टाले म झसंग हुन्छु।र आफैलाई यहि समुन्द्रको किनारमा एक्लै पॉउछु।
मुर्दा शरिर जलाएर वचेको अस्तु सेलाए झै कहॉ सेलाउन सकिन्छ र उनको याद अनी उनी प्रतीको मेरो प्रेम।उनीलाई भुल्ने लाख कोशीश गरे,ति यादहरुलाई यहि समुन्द्रको छालसंगै वगाइदिन खोजे तर सधै नाकाम रहे,अँह सक्दै सकिन।वरु यो समुन्द्रले उनको याद झनै ताजगी पारीदियो,उनीलाई प्रेम गर्ने शक्ति झन थपिदियो।
उनको याद भुलाउन समुन्द्रको वगरमा एक्लै हराउन आएको थिए तर समुन्द्रले त दिनहु हाम्रो विगत र सम्वन्धहरुको वारेमा सोधेर हैरान पार्यो।उसको ध्यान तोड्न चुरोट सल्काएर फुंग धुवॉ आकाशतिर फ्याक्छु ति धुवॉ पनी तिम्रो रुप धारण गरेर मलाई जिस्काउन थाल्छन।म आहत हुदै,मुर्छा पर्छु यहिँ वगरमा।
शैक्षिक शत्रको पहिलो दिन, त्यहि दिन नै पहिलो चोटि मैले उनलाई देखेको थिए।थाहा छैन उनमा कस्तो शक्ति थियो कुन्नी उनलाई देखेर मुटुको ढुकढुकी अनायासै वढ्न थाले।मनमा एक किसिमको तरंग र रोमाञ्चक पैदा भो।उनको वारेमा सकेसम्म सोधखोजी गरिहाले उतीखेरै।नाम,गॉउ,कक्षा सव पत्ता लगाएर छोडे।उनी म भन्दा एक कक्षा सिनियर थिइन तर यसमा मलाई कुनै मतलव थिएन।मलाई त निकै खुशी लागेको थियो।उनको नाम अनी उनको मधुर आवाज यती प्रिय लाग्न थाल्यो कि म शव्दमा उतार्न सक्दिन थिएँ।दिनहुँ उनलाई लुकिलुकि हेर्थे कहिले कॉहि आमुन्नेसामुन्ने पर्दा छात्तीमा उधुमै ढ्यांग्रो वजथ्यो।
स्कुल पढुञ्जेल हाम्रो सम्वन्ध १९को २० पनी हुन सकेन।उनलाई मन परॉउछु मॉया गर्छु भनेर भन्ने हिम्मत कहिल्यै जुटेन।न त उनलाई सम्वोधन गर्दै लेखेको चिठीहरु दिने हिम्मत नै गर्नसकेँ।यसरी नै २वर्ष वितेको पत्तै भएन।उनी किताव वोकेर कलेज धॉउन थालिन म मन अमिलो पार्दै पासपोर्ट वोकेर कतारतीर आएँ।अव त उनलाई पाउनु आकाश छुनु जस्तै थियो।अव उनलाई भुल्नु नै एकमात्र विकल्प थियो मेरोलागी।
नयॉ ठॉउ,नयॉ वातावरण नयॉ परिवेश घुलमिल हुन निकै गार्हो भयो।पाउरोटि पोल्ने भट्टिभित्र घुस्याइदेको जस्तो उखुम गर्मी,कामको वोझ अनी साथमा उनको याद।साथीहरुको ऑखा छल्दै मेरो ऑशुहरु वर्रर खस्थे।ऑखाभरी उनी र उनीसंगको सपनाहरु सजाएको थिए सायद ऑशु पनी उनीप्रती जलन भएर मेरो साथ छोड्दै थियो।
स्मार्टफोनहरुको जमना अनी फेसबुकको लहर म पनी कसरी अछुतो रहन सक्थे र।अकाउण्ट वनाए चिने नचिनेकोहरु सवैसंग जोडिदै गए भर्च्युल दुनियॉको माध्यमवाट।विस्तारै गॉउघर तिरको संगै पढेका साथीहरु,दाजुभाइ,दिदिवहिनी,आफन्तहरु पनी जोडिदै गए।एकदिन मेरो वालमा फेसवुकले उनलाई "यु मे नो"भनेर अचानक देखायो।त्यतीवेला म यती खुशी थिए कि म वखान कसरी गरुँ।एकपल पनी ढिला नगरी उनलाई फ्रेण्ड रिक्वेस्ट पठॉए।पठाउन त मैले उनलाई फ्रेण्ड रिक्वेस्ट पठाएको थिए तर मनमा यस्तो लाग्थ्यो मैलै उनलाई प्रेम प्रस्ताव पठाएको छु।सायद भोलिपल्ट नै हुनुपर्छ मेरो फेसवुक वालमा उनले फ्रेण्ड रिक्वेस्ट असेप्ट गरेको नोटिफिकेसन देखा पर्यो।म लगभग खुशीले पागल नै भएको थिएँ।उत्तीखेरै उनको च्याटरुमा घुसेर हाइ भनेर मेसेज पठाएँ।एकछिनमै उतावाट हेलो भनेर जवाफ आयो।यता मेरो ढुकढुकी वढ्न थाले।हिम्मत जुटाएर गफगाफ गर्न थाले।
करिव २-३दिनको गफगाफ पछि उनीसंग फोटो मागे।फोटो उनको फेसवुक वालवाट लिन अनुरोध गरिन।मैले जिद्धि गरे,खै उनले के सोचीन कुन्नी उनको फेसवुक वालमा नभएको फोटो पठाइदिइन।खुशीले मन वुरुक्क भो।अव चै साहस वटुलेर "आइ लाइक यु,आइ लभ यु,डु यु लभ मि?" भनेर प्रेम प्रस्ताव पठाए।भोलिपल्ट उनीवाट सकरात्मक उत्तर आयो।त्यतीवेला मलाई पुरै विश्व जितेको अनुभव भयो।
त्यसपछिका दिनहरुमा हामी फेसवुक मेसेन्जरमा घण्टौ हराउन थाल्यौ।मॉयाप्रेमका कुरा गर्दथियौ,भविष्यका कुराहरु गर्दथ्यौ।वास्तविक र भौतिक रुपवाट नजिक हुन नसके पनी फेसबुकको माध्यमवाट दुई मुटु एक ज्यान भैसकेको थियौ।यसविचमा उनले कैयो फोटोहरु पठाइन,म पनी फोटोको जवाफ फोटोले नै दिन्थे।विस्तारै विस्तारै हामी विच फोनमा पनी कुरा हुन थालिसकेको थियो।
समय परिवर्तनशिल छ साथमा यो दुनियॉ पनी।यस्तै भन्थी उनी।आमुल परिवर्तनको खॉचो त हाम्रो जिन्दगीमा पनी छ भन्दै थिइ।अचानक एकदिन आफ्नै दिल परिवर्तन गरेर मलाई नै छोडेर गइ कहॉ हो कहॉ,मेरो जिवनमा ऑधितुफान ल्याएर!त्योभन्दा वढि परिवर्तन थेग्ने सामर्थ्य ममा पनी कहॉ थियो र।
कुरो मुटु देखी मुटुसंगको थियो।दिलको थियो मॉयाप्रेमको थियो,मन वुझाउन कहॉ सकिन्थ्यो र।मलाई यती जानकारी दिएपछि उनी फेसबुकको दुनियॉ वाट अलप भइन परी या अप्सरा जसरी।उनलाई फोनसम्पर्कमा भेट्न सकिन।उनी विनाको फेसबुक चिहानघर जस्तै लाग्यो गरिदिए आफ्नो अकाउण्ट डिएक्टिभ।
तनको रोग भए पो विषेक हुन्थ्यो,तर मनको रोग कसरी विषेक होस।जिन्दगी मुटु विना नै चलिरहेको छ जस्तो लाग्थ्यो।अरुले देख्दा त ठिकै थिए तर भित्र भित्रै मन जलेको कसले देखोस।म यता मणी हराएको नाग जस्तो छटपटिरहेको थिए तर सायद उता उनी निश्चिन्त आफ्नो दिनचर्या कटाउदै होली।आफ्नो मनलाई धेरै सम्झाउने कोशिश पनी कहॉ नगरेको हो र अँह सक्दै सकिन।
निन्द्रा र भोकले पनी साथ छोड्दै गयो।ज्यान डुव्लाउदै गयो।भोको पेट र अनिन्द्राको वावजुद कतीदिन काम गर्न सक्थे र।थला परेँ,शरिरमा हनहनी ज्वरो वढ्यो।डाक्टरले औषधीका डिव्वाहरु थमाइदियो।विचरालाई के थाहा मेरो रोग र औषधीको वारेमा।
एकदिन अकस्मात मेरो मोवाइलमा नयॉ नम्वरवाट ५-६वटा मिसकल आए।मन नलगाइ नलगाइ फर्काए।उनी नै रहेछ,मन पानी परेपछिको आकाश जस्तै छ्यॉंग भो।सायद उनलाई पनी मलाई जस्तै भएको होला।सहन सक्ने क्षमता भेटिनन् होला र पो मलाई खोज्दै आइन।
फेसवुक एक्टिभेट गरे,उनीसंग फेरी च्याट हुनथाल्यो।गफ फेरी पुरानै लयमा फर्कियो।मेरो जिन्दगीको आकाशवाट कालो वादल हराए जस्तो भो।तर यो खुसी धेरै दिन टिक्न पाएन।उनी विस्तारै परिवर्तन हुन थालिन।हामी विचको सम्वन्ध भुलेर सिर्फ साथीको सम्वन्धको नजरवाट हेर्न अनुरोध गर्न थालीन।म अचम्ममा परे अचानक यो परिवर्तन कहॉवाट आयो।कहिले सोच्थे सायद म भन्दा धनी र पढेलेखेको केटो भेटिन कि?या आफन्तहरुले खानदानी परिवारसंग कुरा चलाए।मन न हो अनेक अनेक अड्कलवाजीमा हराउन थाल्यो।
मेरो घरमा माग्न आउनुस घरपरिवारले माने मेरो साथ सधै तपाईसंग रहेनछ।मेरो घरपरिवारले नमाने मलाई भुलिदिनोस अनी एउटा राम्री केटि खोजेर विहे गर्नुस।उनको मुखवाट सधै यस्तै रेडिमेड उत्तर पॉउथे।उनको यो दोधारे निर्णयले नाजवाफ भए म।मसंगग न त उनलाइ भुल्न सक्ने तागत थियो न त उनिसग जवर्जस्ती बिहे नै गर्ने वातावरण नै थियो।।यदि तिमि यहि चाहान्छौ भने म कोशिश गर्नेछु भनि आश्वासना दिए।फेरी केहिक्षण पछि नै स्वयम नै भन्थीन हाम्रो मिलन असम्भव छ,हाम्रो वाटो नै फरक छ।बिहे पनी त प्रेमको अन्तिम विन्दु होइन क्यारे,हामी विच बिहे नभए पनि हामीविचको सम्वन्ध त सुमुधुर र अटुट त रहने नै छ।
अव त अती भो भनेर मुटु माथी ढुंगा राखेर उनीसंग वोल्न नै छाडिदिए, मेसेज रिप्लाइ गर्नै छोडिदिएँ।म अनलाइनमा हुदॉ उनलाई पनी सधै अनलाइनमा देख्थे।न त मैले नै वोलाएँ न त उनले नै वोलाउने प्रयास गरिन।लाग्थ्यो हामी विलकुल अञ्जान अनी अपरिचित छौ एकआपसमा।सायद उनी कुनै धनी अनी पढेलेखेको केटोसंग मस्किदै होलीन च्याटमा।
म जो जोसंग गफ गर्थे तिनीहरुले नै हामी विचको कुराकानीको वारेमा उनलाई सुनाउथे कि कुन्नी।फेसवुकमा अरु केटिहरुको फोटोमा गरेको लाइक र कमेन्टहरुले उनमा जलन पैदा हुन थालिसकेको रहेछ।उनी फेरी मेरो च्याट रुममा जोडिन आइन।फोनकलमा पुन कनेक्ट हुन थालिन।
उनको प्रेम र साथ मेरो जिन्दगीमा सिर्फ एक दिवास्वप्न सिवाय केहि थिएन।उनी न त परिवारको खुशी तोड्न चाहन्थीइन न त मलाई नै गुमाउन।च्याटरुमवाट नै उनको नाममा मेरो सम्पुर्ण भावनाहरु समेटेर एउटा चिठी पठाइदिए।उनको उत्तर थियो मेरो भावनाहरु पनी यस्तै हो।म दोधारमा परेँ,मैले उनलाई वुझ्न सकिरहेको छैन आखिर उनी के चाहन्छिन।जिन्दगीभर यस्तै सम्वोधन विहिन गोप्य सम्वन्ध या अरु कुनै।
आजकाल उनलाई चिढ्याउन अरु केटिहरुको कुरो उप्क्याउछु,घरमा विहेको कुरो चलेको कुरो सुनाउछु।त्यतीवेला उनको दिमागमा रिसको पारो यती चढ्छ कि लाग्छ विस्फोट हुदैछ।सायद यस्तो त कुनै पतीव्रता नारीलाई श्रीमानले सौता हाल्छु भन्दा पनी हुदैन होला।उनलाई फेसवुक फ्रेण्ड लिस्टवाट व्लक गर्न निकै प्रयास गरे।अहँ सक्दै सकिन।कहिलेकॉहि त मेरो स्वयमको मनोदशा देखेर स्वयम नै खित्का छोडेर हॉस्न मन लाग्छ।सायद दुनियॉले पागलको ट्याग भिराइदिने पो हो कि।जे पर्ला उहि टर्ला भन्दै आजकाल उनीसंगको सम्वन्ध भग्वान भरोषामा छोडेको छु।
मान्छेहरु भन्थे सुन्दर र निर्दोष मुहार भित्र उतीकै निर्दयी,निराशा र स्वार्थीपना लुकेको हुन्छ।मलाई विश्वास लाग्दैन थियो,तर आजकाल हो झै लाग्छ।उनलाई धन्यवाद दिनैपर्छ एउटा तितो यथार्थता जिवन्तता वनाएर गइन्।सुनेको थिएँ निर्दयी मान्छेहरु अरुको पिडामा रमाउछन आनन्दित हुन्छन त्यसैले त होला उनी वारम्वार मेरो च्याटरुमा घुसेर त्यो पिडालाई कोट्याएर आलो वनाउन चाहन्छिन।थाहा थिएन उनी मलाई के स्मरण गराउन चाहान्छिन,उनको प्रेम या उनले छोडेर गएका ति पिडादायक ति पलहरु।
मोवाइल फोन वज्यो उनैको कल आइरहेको थियो।मलाई अनलाइनमा नदेखेर च्याटरुममा वोलाइरहेकि थिइन्।समयले वेलुकिको छ वजाइसकेको थियो।चुरोट सल्काए,आकाशतिर एक मुख धुवॉ फ्याक्दै मुस्कुराउदै सोचे यो कस्तो खालको प्रेम हो कुन्नी।एकपटक सोचे उनको प्रेम चुरोटको धुवॉजस्तै मन्द विष हो कि कुन्नी? त्यसपछि मोवाइलको डाटा अन गरे।मोवाइल टुंगटुंग वज्न थाल्यो मेसेन्जरमा उनको मेसेजहरु आएको संकेत दिदै।ठुटो चुरोटलाई भुइमा फ्याकेँ खुट्टाले किचीमिची पारे अनी मेरा हातका औंलाहरु मेसेन्जरको च्याटरुममा व्यस्त हुन थाले।
वादल श्रेष्ठ
गोरखा
No comments:
Post a Comment