Monday, 21 September 2020

म अनी मेरा साथीहरु

      

म सवेरै बिहानपख काममा निस्कँदा
मेरा साथीहरु ओछ्यानमै हुन्छन्!
मैले खवुससंग बासी सब्जी खादै गर्दा,
साथीहरुको टेवलमा अनेक परिकार हुन्छन्!!
र भिडियोकल गरीगरी भन्छन्,खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?

म हाकिमहरुको गालि खाँदै गर्दा
साथीहरु घुर्क्याउदै हुन्छ बाआमालाई!
म अरवको चर्को घाममा पसीना चुहाँउदै हुन्छु
मेरा साथीहरु रिस पोख्छन पुल र क्यारेमहरुलाई!!
र भिडियोकल गरीगरी भन्छन् खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?

मेरो अमुल्य समयहरु केहि हजारमा वेचिरहँदा
मेरा साथीहरु योजना बनाउँछन्  लाँखौलाखका!
म चार-पाँचबर्ष पुरानो फोनले काम चलाई रहेछु
साथीहरु डिमान्ड गर्छन् महंगा लेटेस्ट फोनहरुका!!
र भिडियोकल गरीगरी भन्छन् खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?

म अँधेरी रातजस्तै बर्तमान र भविष्य सम्झेर मुर्छित हुन्छु
मेरा साथीहरु अध्यारो जिन्दगीमा फाल हानीरहेछन्!
म पैसा कमाउन औजारहरुसंग पौठेजोरी खेलिरहदा
मेरा साथीहरु बाउआमाको सम्पती उडाइरहेका हुन्छन्!!
र भिडियोकल गरीगरी भन्छन् खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?

म पैसा जोगाउन घण्टौ हिड्दछु पैदलै
मेरा साथीहरु हुईकिन्छन् महंगा बाइकहरुमा!
मलाई चिसा सफ्टड्रिङ्क्स खान पनी सोच्नुपर्छ
मेरा साथीहरु पैसा उडाउछन डिस्कोबारहरुमा!!
र भिडियोकल गरीगरी भन्छन् खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?

Friday, 14 August 2020

मेरो शहर अनी यो शहर

 अचेल म सोच्दछु

मेरो शहर अनी यो शहर,

मेरा जिन्दगीका फरक आयामहरु हुन्।

मेरो शहरले बाँच्न र बचाउन सिकायो।

मेरो शहर हरियाली थियो,हिमाल,पहाड स्वर्ग झै थियो,

क्षितिजमा घाम र जुन लुकामारी खेल्दथे,पहाडले वादलको वर्को ओडेझै लाग्दथ्यो।

खोलाहरू चञ्चल हुदै सागर भेट्न हतारिन्थे,तालहरु चुपचाप रमिता हेरिरहन्थे।

स्वर्ग झै थियो मेरो शहर,वेफिक्री लाग्दथ्यो

मनमा उर्लिदो सपनाहरूको वेगले यो  शहरमा हुत्यायो।

यो शहर जहाँतहीँ स्वार्थैस्वार्थ मानवताहिन लाग्दछ

प्रगतीशिल छ यो शहर तर निर्दयी लाग्दछ।

यो शहरमा लुटिइएका हरेक मेरा श्रमहरुमा खुशी,सुखको पिडायुक्त चिच्याहटहरु भेट्दछु।

बुढा बाबाको मलिन अनुहार जिवनसंगीनीको कलेटि ओंठ छोरोको आशातित नजर

यसैले अनेकौ सपनाहरु साँच्दै कौडिको भाउमा  आफैलाई लुटाइरहेछु।

रूखो लवज, मरुभुमीको ताप समुन्द्रको पानी झै तिक्तता

फुगं रगं उडेका चेहेराहरु,असुहाउदो मुस्कान, मनमा रिक्तता।

म बाँच्न र बचाउनकै खातिर संघर्ष गरीरहेछु

शितका थोपासरी खुशी बटुलिरहेछु।

त्यसैले त म अचेल सोच्दछु।

मेरो शहर अनी यो शहर

मेरा जिन्दगीका फरक आयामहरु हुन्।

Thursday, 13 October 2016

प्रेम,चुरोटको धुवॉ अनी मन्दविष

 
    आज पनी लगभग ३किलो मीटर हिडेरै आएँ, यो समुन्द्रको वगरमा।खोई के नशा चढ्यो कुन्नी उनको याद मेटाउनका लागी फुर्सत हुने वितिकै हान्नीएर यहि आउछु र घण्टौ हराउछु यहॉको दृश्यावोलकनमा।दृश्यावोलकन त के भनु हराउनु छ उनको यादमा।कती स्वतन्त्र छ यो समुन्द्र,कती खुशी छ स्वयममा, म उर्लिरहेको छाल हेरेर अनुमान लगॉउछु।कयौ जलचर प्राणीहरु उसैको पोल्टामा हुर्किरहेछन।ति सानासाना माछाहरुको चञ्चलताले म मोहित नै हुन्छु।एउटा वकुल्लो आएर माछाहरुको वथानवाट एउटा माछालाई आफ्नो चुच्चोको वन्धनमा पारेर भुर्रर उडेर गयो।जसरी समय र परिस्थीतीले हाम्रो प्रेमलाई टपक्क टिपेर लगेको थियो।मलाई निकै रिस उठ्यो तर म केहि गर्न सक्दिन थिए।यो त प्रकृतीको नियम नै हो।प्रकृतीले सवैलाई स्वतन्त्र भएको आभाष दिन्छ तर त्यो आभाष सिर्फ मिथ्या अनी दिवास्वप्न थियो।

      आजकाल भिडभाड अनी मसंग नजिक हुन खोज्ने साथीहरु देखेर पनी मलाई झर्को लाग्छ।म एकान्त भित्र एकान्त खोजीरहेको छु।मलाई विक्षीप्त पार्ने ति उनका यादहरुलाई यहि समुन्द्रमा वगाइदिन मन लाग्छ।उनका ती निर्दोष,चञ्चल र निर्भयी मुहार मेरो ऑखा अगाडि आएर नॉच्न थाल्छन।उनको मुहार विस्तारै निर्दयी,स्वार्थी अनी अंहमकारीमा परिवर्तन हुदै जान्छ भयङकर डरलाग्दो विराट रुपमा।म उनको  त्यो रुपमा समाहित हुदै जान्छु,विस्तारै मेरो चेतना हरॉउदै जान्छ,अर्धेचेत हुन्छु।एक झोक्का हॉवासंगै पानीको छालको छिट्टाले म झसंग हुन्छु।र आफैलाई यहि समुन्द्रको किनारमा एक्लै पॉउछु।

      मुर्दा शरिर जलाएर वचेको अस्तु सेलाए झै कहॉ सेलाउन सकिन्छ र उनको याद अनी उनी प्रतीको मेरो प्रेम।उनीलाई भुल्ने लाख कोशीश गरे,ति यादहरुलाई यहि समुन्द्रको छालसंगै वगाइदिन खोजे तर सधै नाकाम रहे,अँह सक्दै सकिन।वरु यो समुन्द्रले उनको याद झनै ताजगी पारीदियो,उनीलाई प्रेम गर्ने शक्ति झन थपिदियो।

      उनको याद भुलाउन समुन्द्रको वगरमा एक्लै हराउन आएको थिए तर समुन्द्रले त दिनहु हाम्रो विगत र सम्वन्धहरुको वारेमा सोधेर हैरान पार्यो।उसको ध्यान तोड्न चुरोट सल्काएर फुंग धुवॉ आकाशतिर फ्याक्छु ति धुवॉ पनी तिम्रो रुप धारण गरेर मलाई जिस्काउन थाल्छन।म आहत हुदै,मुर्छा पर्छु यहिँ वगरमा।

      शैक्षिक शत्रको पहिलो दिन, त्यहि दिन नै पहिलो चोटि मैले उनलाई देखेको थिए।थाहा छैन उनमा कस्तो शक्ति थियो कुन्नी उनलाई देखेर मुटुको ढुकढुकी अनायासै वढ्न थाले।मनमा एक किसिमको तरंग र रोमाञ्चक पैदा भो।उनको वारेमा सकेसम्म सोधखोजी गरिहाले उतीखेरै।नाम,गॉउ,कक्षा सव पत्ता लगाएर छोडे।उनी म भन्दा एक कक्षा सिनियर थिइन तर यसमा मलाई कुनै मतलव थिएन।मलाई त निकै खुशी लागेको थियो।उनको नाम  अनी उनको मधुर आवाज यती प्रिय लाग्न थाल्यो कि म शव्दमा उतार्न सक्दिन थिएँ।दिनहुँ उनलाई लुकिलुकि हेर्थे कहिले कॉहि आमुन्नेसामुन्ने पर्दा छात्तीमा उधुमै ढ्यांग्रो वजथ्यो।

     स्कुल पढुञ्जेल हाम्रो सम्वन्ध १९को २० पनी हुन सकेन।उनलाई मन परॉउछु मॉया गर्छु भनेर भन्ने हिम्मत कहिल्यै जुटेन।न त उनलाई सम्वोधन गर्दै लेखेको चिठीहरु दिने हिम्मत नै गर्नसकेँ।यसरी नै २वर्ष वितेको पत्तै भएन।उनी किताव वोकेर कलेज धॉउन थालिन म मन अमिलो पार्दै पासपोर्ट वोकेर कतारतीर आएँ।अव त उनलाई पाउनु आकाश छुनु जस्तै थियो।अव उनलाई भुल्नु नै एकमात्र विकल्प थियो मेरोलागी।

     नयॉ ठॉउ,नयॉ वातावरण नयॉ परिवेश घुलमिल हुन निकै गार्हो भयो।पाउरोटि पोल्ने भट्टिभित्र घुस्याइदेको जस्तो उखुम गर्मी,कामको वोझ अनी साथमा उनको याद।साथीहरुको ऑखा छल्दै मेरो ऑशुहरु वर्रर खस्थे।ऑखाभरी उनी र उनीसंगको सपनाहरु सजाएको थिए सायद ऑशु पनी उनीप्रती जलन भएर मेरो साथ छोड्दै थियो।

     स्मार्टफोनहरुको जमना अनी फेसबुकको लहर म पनी कसरी अछुतो रहन सक्थे र।अकाउण्ट वनाए चिने नचिनेकोहरु सवैसंग जोडिदै गए भर्च्युल दुनियॉको माध्यमवाट।विस्तारै गॉउघर तिरको संगै पढेका साथीहरु,दाजुभाइ,दिदिवहिनी,आफन्तहरु पनी जोडिदै गए।एकदिन मेरो वालमा फेसवुकले उनलाई "यु मे नो"भनेर अचानक देखायो।त्यतीवेला म यती खुशी थिए कि म वखान कसरी गरुँ।एकपल  पनी ढिला नगरी उनलाई फ्रेण्ड रिक्वेस्ट पठॉए।पठाउन त मैले उनलाई फ्रेण्ड रिक्वेस्ट पठाएको थिए तर मनमा यस्तो लाग्थ्यो मैलै उनलाई प्रेम प्रस्ताव पठाएको छु।सायद भोलिपल्ट नै हुनुपर्छ मेरो फेसवुक वालमा उनले फ्रेण्ड रिक्वेस्ट असेप्ट गरेको  नोटिफिकेसन देखा पर्यो।म लगभग खुशीले पागल नै भएको थिएँ।उत्तीखेरै उनको च्याटरुमा घुसेर हाइ भनेर मेसेज पठाएँ।एकछिनमै उतावाट हेलो भनेर जवाफ आयो।यता मेरो ढुकढुकी वढ्न थाले।हिम्मत जुटाएर गफगाफ गर्न थाले।

      करिव २-३दिनको गफगाफ पछि उनीसंग फोटो मागे।फोटो उनको फेसवुक वालवाट लिन अनुरोध गरिन।मैले जिद्धि गरे,खै उनले के सोचीन कुन्नी उनको फेसवुक वालमा नभएको फोटो पठाइदिइन।खुशीले मन वुरुक्क भो।अव चै साहस वटुलेर "आइ लाइक यु,आइ लभ यु,डु यु लभ मि?" भनेर प्रेम प्रस्ताव पठाए।भोलिपल्ट उनीवाट सकरात्मक उत्तर आयो।त्यतीवेला मलाई पुरै विश्व जितेको अनुभव भयो।

     त्यसपछिका दिनहरुमा हामी फेसवुक मेसेन्जरमा घण्टौ हराउन थाल्यौ।मॉयाप्रेमका कुरा गर्दथियौ,भविष्यका कुराहरु गर्दथ्यौ।वास्तविक र भौतिक रुपवाट नजिक हुन नसके पनी फेसबुकको माध्यमवाट दुई मुटु एक ज्यान भैसकेको थियौ।यसविचमा उनले कैयो फोटोहरु पठाइन,म पनी फोटोको जवाफ फोटोले नै दिन्थे।विस्तारै विस्तारै हामी विच फोनमा पनी कुरा हुन थालिसकेको थियो।

      समय परिवर्तनशिल छ साथमा यो दुनियॉ पनी।यस्तै भन्थी उनी।आमुल परिवर्तनको खॉचो त हाम्रो जिन्दगीमा पनी छ भन्दै थिइ।अचानक एकदिन आफ्नै दिल परिवर्तन गरेर मलाई नै छोडेर गइ कहॉ हो कहॉ,मेरो जिवनमा ऑधितुफान ल्याएर!त्योभन्दा वढि परिवर्तन थेग्ने सामर्थ्य ममा पनी  कहॉ थियो र।

     कुरो मुटु देखी मुटुसंगको थियो।दिलको थियो मॉयाप्रेमको थियो,मन वुझाउन कहॉ सकिन्थ्यो र।मलाई यती जानकारी दिएपछि उनी फेसबुकको दुनियॉ वाट अलप भइन परी या अप्सरा जसरी।उनलाई फोनसम्पर्कमा भेट्न सकिन।उनी विनाको फेसबुक चिहानघर जस्तै लाग्यो गरिदिए आफ्नो अकाउण्ट डिएक्टिभ।

      तनको रोग भए पो विषेक हुन्थ्यो,तर मनको रोग कसरी विषेक होस।जिन्दगी मुटु विना नै चलिरहेको छ जस्तो लाग्थ्यो।अरुले देख्दा त ठिकै थिए तर भित्र भित्रै मन जलेको कसले देखोस।म यता मणी हराएको नाग जस्तो छटपटिरहेको थिए तर सायद उता उनी निश्चिन्त आफ्नो दिनचर्या कटाउदै होली।आफ्नो मनलाई धेरै सम्झाउने कोशिश पनी कहॉ नगरेको हो र अँह सक्दै सकिन।

      निन्द्रा र भोकले पनी साथ छोड्दै गयो।ज्यान डुव्लाउदै गयो।भोको पेट र अनिन्द्राको वावजुद कतीदिन काम गर्न सक्थे र।थला परेँ,शरिरमा हनहनी ज्वरो वढ्यो।डाक्टरले औषधीका डिव्वाहरु थमाइदियो।विचरालाई के थाहा मेरो रोग र औषधीको वारेमा।

        एकदिन अकस्मात मेरो मोवाइलमा नयॉ नम्वरवाट ५-६वटा मिसकल आए।मन नलगाइ नलगाइ फर्काए।उनी नै रहेछ,मन पानी परेपछिको आकाश जस्तै छ्यॉंग भो।सायद उनलाई पनी मलाई जस्तै भएको होला।सहन सक्ने क्षमता भेटिनन् होला र पो मलाई खोज्दै आइन।

      फेसवुक एक्टिभेट गरे,उनीसंग फेरी च्याट हुनथाल्यो।गफ फेरी पुरानै लयमा फर्कियो।मेरो जिन्दगीको आकाशवाट कालो वादल हराए जस्तो भो।तर यो खुसी धेरै दिन टिक्न पाएन।उनी विस्तारै परिवर्तन हुन थालिन।हामी विचको सम्वन्ध भुलेर सिर्फ साथीको सम्वन्धको नजरवाट हेर्न अनुरोध गर्न थालीन।म अचम्ममा परे अचानक यो परिवर्तन कहॉवाट आयो।कहिले सोच्थे सायद म भन्दा धनी र पढेलेखेको केटो भेटिन कि?या आफन्तहरुले खानदानी परिवारसंग कुरा चलाए।मन न हो अनेक अनेक अड्कलवाजीमा हराउन थाल्यो।

     मेरो घरमा माग्न आउनुस घरपरिवारले माने मेरो साथ सधै तपाईसंग रहेनछ।मेरो घरपरिवारले नमाने मलाई भुलिदिनोस अनी एउटा राम्री केटि खोजेर विहे गर्नुस।उनको मुखवाट सधै यस्तै रेडिमेड उत्तर पॉउथे।उनको यो दोधारे निर्णयले नाजवाफ भए म।मसंगग न त उनलाइ भुल्न सक्ने तागत थियो न त उनिसग जवर्जस्ती बिहे नै गर्ने वातावरण नै थियो।।यदि तिमि यहि चाहान्छौ भने म कोशिश गर्नेछु भनि आश्वासना दिए।फेरी केहिक्षण पछि नै स्वयम नै भन्थीन हाम्रो मिलन असम्भव छ,हाम्रो वाटो नै फरक छ।बिहे पनी त प्रेमको अन्तिम विन्दु होइन क्यारे,हामी विच बिहे नभए पनि हामीविचको सम्वन्ध त सुमुधुर र अटुट त रहने नै छ।

      अव त अती भो भनेर मुटु माथी ढुंगा राखेर उनीसंग वोल्न नै छाडिदिए, मेसेज रिप्लाइ गर्नै छोडिदिएँ।म अनलाइनमा हुदॉ उनलाई पनी सधै अनलाइनमा देख्थे।न त मैले नै वोलाएँ न त उनले नै वोलाउने प्रयास गरिन।लाग्थ्यो हामी विलकुल अञ्जान अनी अपरिचित छौ एकआपसमा।सायद उनी कुनै धनी अनी पढेलेखेको केटोसंग मस्किदै होलीन च्याटमा।

     म जो जोसंग गफ गर्थे तिनीहरुले नै हामी विचको कुराकानीको वारेमा उनलाई सुनाउथे कि कुन्नी।फेसवुकमा अरु केटिहरुको फोटोमा गरेको लाइक र कमेन्टहरुले उनमा जलन पैदा हुन थालिसकेको रहेछ।उनी फेरी मेरो च्याट रुममा जोडिन आइन।फोनकलमा पुन कनेक्ट हुन थालिन।

      उनको प्रेम र साथ मेरो जिन्दगीमा सिर्फ एक दिवास्वप्न सिवाय केहि थिएन।उनी न त परिवारको खुशी तोड्न चाहन्थीइन न त मलाई नै गुमाउन।च्याटरुमवाट नै उनको नाममा मेरो सम्पुर्ण भावनाहरु समेटेर एउटा चिठी पठाइदिए।उनको उत्तर थियो मेरो भावनाहरु पनी यस्तै हो।म दोधारमा परेँ,मैले उनलाई वुझ्न सकिरहेको छैन आखिर उनी के चाहन्छिन।जिन्दगीभर यस्तै सम्वोधन विहिन गोप्य सम्वन्ध या अरु कुनै।

      आजकाल उनलाई चिढ्याउन अरु केटिहरुको कुरो उप्क्याउछु,घरमा विहेको कुरो चलेको कुरो सुनाउछु।त्यतीवेला उनको दिमागमा रिसको पारो यती चढ्छ कि लाग्छ विस्फोट हुदैछ।सायद यस्तो त कुनै पतीव्रता नारीलाई श्रीमानले सौता हाल्छु भन्दा पनी हुदैन होला।उनलाई फेसवुक फ्रेण्ड लिस्टवाट  व्लक गर्न निकै प्रयास गरे।अहँ सक्दै सकिन।कहिलेकॉहि त मेरो स्वयमको मनोदशा देखेर स्वयम नै खित्का छोडेर हॉस्न मन लाग्छ।सायद दुनियॉले पागलको ट्याग भिराइदिने पो हो कि।जे पर्ला उहि टर्ला भन्दै आजकाल उनीसंगको सम्वन्ध भग्वान भरोषामा छोडेको छु।

     मान्छेहरु भन्थे सुन्दर र निर्दोष मुहार भित्र उतीकै निर्दयी,निराशा र स्वार्थीपना लुकेको हुन्छ।मलाई विश्वास लाग्दैन थियो,तर आजकाल हो झै लाग्छ।उनलाई धन्यवाद दिनैपर्छ एउटा तितो यथार्थता जिवन्तता वनाएर गइन्।सुनेको थिएँ निर्दयी मान्छेहरु अरुको पिडामा रमाउछन आनन्दित हुन्छन त्यसैले त होला उनी वारम्वार मेरो च्याटरुमा घुसेर त्यो पिडालाई कोट्याएर आलो वनाउन चाहन्छिन।थाहा थिएन उनी मलाई के स्मरण गराउन चाहान्छिन,उनको प्रेम या उनले छोडेर गएका ति पिडादायक ति पलहरु।

      मोवाइल फोन वज्यो उनैको कल आइरहेको थियो।मलाई अनलाइनमा नदेखेर च्याटरुममा वोलाइरहेकि थिइन्।समयले वेलुकिको छ वजाइसकेको थियो।चुरोट सल्काए,आकाशतिर एक मुख धुवॉ फ्याक्दै मुस्कुराउदै सोचे यो कस्तो खालको प्रेम हो कुन्नी।एकपटक सोचे उनको प्रेम चुरोटको धुवॉजस्तै मन्द विष हो कि कुन्नी? त्यसपछि मोवाइलको डाटा अन गरे।मोवाइल टुंगटुंग वज्न थाल्यो  मेसेन्जरमा उनको मेसेजहरु आएको संकेत दिदै।ठुटो चुरोटलाई भुइमा फ्याकेँ खुट्टाले किचीमिची पारे अनी मेरा हातका औंलाहरु मेसेन्जरको च्याटरुममा व्यस्त हुन थाले।
                                                              वादल श्रेष्ठ
                                                                 गोरखा

Friday, 1 April 2016

जन्मिउन पुन: गौतम बुद्धहरु

अझै पनी बिश्वका कैयौं देशहरुमा प्रतक्ष या अप्रतक्ष रुपमा गृहयुद्ध भइरहेका छन्।जसबाट लाखौं मानिसहरु प्रतक्ष रुपमा प्रभावित छन् ,विशेषगरी वच्चा तथा महिलाहरु वढि नै पिडित छन् भने पुरै विश्व यि गृहयुद्धबाट अप्रतक्षरुपबाट प्रभावित छन्।यि युद्धको ज्वालाहरु निभाउन शान्तिका मार्गदर्शक गौतम बुद्धहरुको आवस्यकता छ यो
विश्वलाइ।यहि भावना बाट प्रेरित भएर यो कविताको रचना गरेको छु।यो कविता तिनै गृहयुद्धबाट पिडित मानिसहरुमा समर्पित गर्न चाहान्छु।

चित्कार,रोदन,क्रंदनका मेघ गर्जन अनी
अशान्ति,आतंक र हत्याका काला बादलहरु
हटाएर शान्तिका दिपहरु अखण्ड बाल्न
जन्मिउन पुन: गौतम बुद्धहरु।
देखिन्छन कैयौं महात्माहरु अफसोच यँहा
असर्मथ छन् बुझ्न शान्तिका भाषाहरु
तर कति सजिलै बुझ्ने युद्धका कलाहरु
गर्व गर्छन क्षेपणमा फालेर बुद्धका ज्ञानहरु।।
स्वार्थै स्वार्थको मैदानमा शान्तिको बहनामा
खेलियो यहॉ, धेरै नै सत्ताको खेल
शान्तिको खोजीमा पारिदैछ यहाँ कैयौंको
जिन्दगी अनी परिवार नै डामाडोल।।।
मानवजातीका काला मन अनी अहंकारहरु
चट्याङग जस्तै भयङकर आवाजहरु
कैयन अप्राकृतिक विपत्तीबाट मुक्ति गर्न
जन्मनु पर्छ यो दुनियाँमा सिद्धार्थ गौतमहरु।।।।
त्यसैले त फेरी हटाइ युद्धका भाषाहरु
सिकाइ शान्तिभाषाहरु
सारा विश्वलाई शान्तमय वनाउन
जन्मिउन पुन: गौतम बुद्धहरु।।।।।
बादल श्रेष्ठ
गोर्खा

Saturday, 19 March 2016

कच्चा तेल र हाम्रो जिन्दगी



कामको चाप दुईचार दिनदेखी वढ्दो थियो।त्यसमाथी आज एकजना टेक्निसियन आएको रहेनछ।
“हे रामा प्रभाकरण आएन”?चिच्याएको जतिकै आवाजमा सोधेँ।
“अहँ,बसमा त देखिन मैले” रामाले कानबाट हेडफोन हटाउदै भन्यो।
सिधै प्रभाकरणलाई फोन लगाए,दुइ घन्टिमै फोन उठ्यो,उताको हलोको जवाफ नी नफर्काइ अविलम्व सोधे “तिमी किन नआएको आज”?
“अयप्पनले सुसाईड गरेछ त्यहि जान लागेको” उसले कुरो नलुकाइ सिधा उत्तर दियो।
“हँ”?त्यस्पछि मेरो कुनै आवाज नै निस्किएन।निकैवेरको मौनातालाई तोड्दै भने उसोभए “मलाइ नि पर्खी म पनी ऑउछु”।
“ओके” यती भनेर उसले फोन राखिदियो।

   त्यसपछि म जागिरसागिर हापेर कोठातिर दगुरे।

     विगत दुइ वर्षदेखी म प्रभाकरणको सिनियर थिए तर पनी हामी एकदम नजिकको घनिष्ट साथी थियौ।हुन त उ एक दक्षिण भारतिय थियो र म नेपाली,तर साथिको नातालाई भुगोलले कहाँ छेक्न सक्दो रहेछ र?हामीहरु एकअर्काको परिवारमा समेत परिचित भइसकेका थियौ।
     
   प्रभाकरण मलाइ नै कुरेर बसिरहेको रहेछ क्याम्पको गेटमै।उस्को मलीन अनुहार अनी मेरो बिग्रेको मथिग्ङलको कारण हामीविच केहि कुराकानी भएन।म सिधै कोठातिर लागे युनिफर्म फेर्न,उ पनी मेरो पछिपछि आयो चुपचाप।सामान्य टिसर्ट र जिन्स पाइन्ट लगाए,"ल हिड जाम अब"।उ उसरि नै चुचाप मेरो पछि लाग्यो।स्टेशनमा एकछिनको पर्खाइ पछि बस पनी आयो,हामी दुवै चुपचाप अन्तीमको दोस्रो लहरको सिटमा गएर बस्यौ।उसले कानमा हेडफोन कोच्यो मैले चस्मा लगाएर सुतेको अभिनय गरे।
      
    एकबर्ष अघीको कुरो त हो प्रभाकरणले जवर्जस्ती उसको दाइ(अयप्पन)कोमा जान मलाई वाध्य पारेको थियो त्यो पनी उतै वास वस्ने गरेर।अयप्पनको सपरिवार यतै थियो र घरको न्यास्रो मेट्न हरेक छुट्टीको दिन प्रभाकरण दाइकँहा नै जान्थ्यो।त्योदिन हामीलाई लिनको लागीअयप्पन स्वयम गाडि लिएर हाम्रो क्याम्पको गेटैमा आएको थियो।बाटोमा अयप्पनले आफ्नो आइप्याडमा केरेलामा भर्खरै फिनिसिगं  भएको आफ्नो घरको फोटो देखायो।उसको त्यो भव्य घर मेरो लागी त दरवारै समान थियो।उसले वैंकवाट ऋण लिएर घर वनाएको खुलासा पनी गर्यो।कमाइ उसको राम्रै थियो हाम्रो एक वर्षको तलव भन्दा वढि तलव त उ एक महिनामै वुझ्थ्यो।जावो त्यती  ऋण त उसले एक वर्षमै निखन्न सक्थ्यो।म चाँही चुपचाप थिए वेलावेलाम अय्प्पनको कुरोमा सहमती जनाउन मुन्टो हल्लाउथे।“ओइ के भो”  प्रभाकरणले मेरो मौनातालाई भंग गर्यो।“नाइ केहि भएको छैन” छोटो उत्तर दिए।“परिवारको याद आयो हो”?अयप्पनले सोध्यो।“अँ “मैले कुरो टुगांए।
      
    जुम्ल्याहा जस्तै देखिने अयप्पनको छोराछोरि दुवै मलाई देखेर ट्वाँ परे,”अकंलहरुलाई नमस्ते गर”,हामी आएको चाल पाएर भाउजुले भान्साबाट निस्कदै वच्चाहरुलाई आदेश दिनुभो।“नमस्ते अकंल” दुवैले अभिवादन गरे।“नमस्ते”,मैले नी अभिवादन फर्काए।“नमस्ते भाउजु”,"नमस्ते","तपाई त निकै हेण्डसम हुनुहुदो रहेछ है,म त एकछिन अलमलिएको हाम्रो घरमा कुन हिरो आयो भनेर”।मेरो अभिवादन फर्काउदै मजाक शुरु गर्नुभो भाउजुले। “तिमीलाई वादल मनपरेकै हो? त्यसोभए तिम्रो वहिनीसंग विहेको कुरो चलाउ न त।अँ अर्को खुशीको कुरो नेपालीहरुलाई भारतियहरुलाई झै दाईजो पनी चाहिन्न”।टिभीहल एकछिन हाँसोले गुन्जियो।“म घरमा फोन गरुँ मेरो लागी केटि खोज्ने कष्ट नगर्नुहोस मेरो छिट्टै भारतिय केटिसग विहे हुदैछ भनेर”?म नि के कम थपीदिए।मिटिंग रुम पुन हासोले गुञ्जाएमान भयो।“तपाईहरु वस्दै गर्नोस म चियानास्ता लिएर आउछु” यति भनेर भाउजु भान्सातिर लाग्नु भो।चियानास्ता पछि प्रभाकरण र अएप्पन टिभीमा क्रिकेट हेर्न थाले भाउजु र मवीच एकछिन भलाकुसरि चल्यो।उहाँले म अनी मेरो घर परिवारको वारेमा सोध्न थाल्नु भो।घरमा कोको छन के गर्छन ठाँउ कस्तो छ आदि इत्यादि।“भाउजु वादल र निधीनको विहे पक्का भयो हैन त”?प्रभाकरणले उल्यायो फेरि।टिभीहलभरि फेरि हाँसो छायो।मेरो तर्फवाट पक्का यती भन्दै भाउजु भान्सातिर लाग्नु भो।“निधीनलाई त लोटरी परे वरावर हुनेभो,खप्परमा चै लेखेरै ल्याएकि रैच त्यसले”।फेरि हसायो प्रभाकरणले।
      
   साउथ इण्डिएन खाना पनी यति मिठो हुन्छ भनेर मैले त्यहि दिन थाहा पाएँ।लगाव र प्यार घोलेर वनाएपछि जुनसुकै खाना पनि स्वादिष्ट हुनेरहेछ।केहि वेरको गफगाफपछि म सुत्न गए,प्रभाकरणको दाजुभाइ क्रिकेट हेर्न वसे।भाउजु भने वच्चाहरुलाई होमवर्क गराउन व्यस्त हुनुभो।
     
   “हे वादल दोहा आयो अब झरौ” प्रभाकरणले मलाई घचघच्चायो,निन्द्राबाट हैन तन्द्राबाट ब्युझिएँ म।त्यो एक घन्टाको यात्रा आज एक मिनेट जस्तै लाग्यो।त्यहाँवाट ट्याक्सी चढेर हामी अयप्पन वस्ने घरतिर लाग्यौ।
    
   हामी पुग्दा  पुलिसले अएप्पनको शवलाइ पोस्टमार्टमको लागी लगीसकेको रहेछ।यतिन्जेलसम्म उस्को फ्ल्याटमा आफन्तहरु सबै नै जम्मा भैसकेका रहेछन।त्यहाँको वातावरण निकै नै निरश र उराँठ लाग्दो थियो।अमृता भाउजुलाइ आफन्तहरुले ढाँढस र सहानुभुति दिदै थिए।प्रभाकरणलाई देख्नेवित्तिकै दुवै बच्चा झम्टेर अंगालोमा आइहाले।यो दृष्य देखेर अमृता भाउजु झन डाँको छोडेर रुन थाल्नुभो।अमृता भाउजु समक्ष गएर सहानुभुती दिने आँट पनी गरिन मैले र त्यहाको दृष्य हेर्न नसकेर वार्दलीमा आएर वसे।
   
   विगत दुइ महिनादेखी अएप्पन निकै तनावमा थियो।लगातार कच्चातेलको भाउ घट्दा उसले काम गर्ने कम्पनीले कर्मचारी कटौटिको अग्रिम सुचना जारी गरेको रहेछ र पहिलो चरणको अवकाश सुचीमा अएप्पन पनी परेको रहेछ।घर वनाँउदाको वैकसंग लिएको ऋण अनी भएको जागिर पनि चेट हुदाँ उसले आफुलाई सम्हाल्न सकेन र ति ससाना लालावाल र जवान श्रीमतिलाई भड्खालोमा जाकेर उसले कायरताको वाटो रोजेछ।
     
   पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र शवलाई सम्वन्धीत देश फर्काउने प्रक्रिया अघी बढाइने हुनाले वाँकि प्रक्रिया र भाउजु अनी वच्चाहरुलाई घर फर्काउने ब्यवस्था मिलाउन प्रभाकरण दुइ-चार दिन उतै वस्ने भो।म चाँहि गर्हौ मन लिएर क्याम्पतिर फर्किएँ।
   
   आम्दानी र खर्चको तालममेल नमिलाइ ऐशआरामको जिन्दगी विताँउदा अएप्पनले स्वर्ग जस्तो आफ्नो घर नर्क वनाएर आत्महत्याको बाटो रोज्यो।क्याम्प फर्कदा वाटोभरी मैले ति नेपाली दाजुभाइहरुलाई सम्झे जो दिनभर कडा परिश्रम गर्छन अनी वेलुका अवैधानिक रक्सीमा डुवेर महिना भरको पैसा घरमा नपठाइ यतै तास र रण्डीवाजीमा सक्छन।जसले ज्युदै आफ्नो स्वर्ग जस्तो घर उजाँडि रहेका छन।
   
   कच्चा तेलको मुल्य स्थिती यहि अवस्थामा नै रहने हो भने पनी धेरै आप्रवासी क़ामदारहरु विशेष रुपमा एसियन देशको धेरै कामदारहरुले रोजगार गुमाउने छन।यसको प्रतक्ष असर नेपालका लाँखौ परिवारमा पर्ने छ।र विश्वभरका करोडौ मानिसहरु वेरोजगारी हुनेछन।भुकम्प र भारतिय नाकावन्दिले थिलथिलो पारेको हाम्रो अर्थतन्त्रमा कच्चातेलको घट्दो भाउ र त्यसवाट निस्कने परिणामले नराम्ररी वज्र प्रहार गर्नेछ।
     
   मनमा कहाँवाट हो कुन्नी मनमा एक्कासी भुईचालोले भत्काएको घर,परिवार अनी साहुको ऋणको सम्झना आयो।दिमाग झन अरु भाँउन्न भो मोवाइल निकाले हेडफोन कानमा ठोसे अनी अग्रेजी गितमा आफुलाई भुलाउने असफल प्रयास गरिरहेको छु।
                                                          वादल श्रेष्ठ
                                                                       .                                                                 गोरखा,नेपाल


Friday, 5 February 2016

सारिकालाई प्रत्युत्तर भाग-२

                            

    रातको ११:१५वजेको फ्लाइदुवइको फ्लाइट मार्फत दुवई जाँदै गरेको म वल्ल वल्ल १० वजे एयरपोर्ट भित्र  छिरे।हरेक कुरोमा लापरवाह रहने नराम्रो वानीको कारण मेरो जिन्दगीम धेरै उथलपुथल भएका छन।हतारहतार भित्र पसे,वोर्डिगं चेकअप भएपछि सारिकालाई मेसेज गरे तिम्रो खुशिकोलागी यो शहरका साथै प्राणभन्दा प्यारो देश छोडेर जादैछु।भग्वानसंग प्राथना गर्छु तिम्रो जिन्दगी सुखसयलमा बितुन र आगामी दिनहरुमा मेरो कुनै आवस्यकता नपरुन,अलविदा सारिका।र त्यसपछि सुहानीलाई मेसेज गरे प्यारी सुहानी, मप्रती देखाएको सारिकाको पछिल्लो व्यवहारप्रती मैले आफुले आफुलाइ रोक्न सकिन र देश नै छोडेर जादैछु।सायद अव हाम्रो भेट संयोगले पनी नहोला,मलाइ अन्यथा नसोच्नु।र यदि तिमी मेरो समिप रहन चाहन्छौ भने मलाई इमेल गर्न सक्छौ,मोवाइल स्विच अफ गरिदिए।त्यसपछि म सिधै जहाजतर्फ लागे।
      
   एयरहोस्टेजले मधुर मसिनो आवाजमा न्यानो स्वागत गरि।मन त्यसैत्यसै खुशीले पुलंकित भो।एयरहोस्टेजले मेरो सिट देखाइदी।केहिक्षणमै जहाजले नेपाली धर्ती छाड्यो। घरपरिवार,साथीभाइ र देश छोड्नुको पिडाले मुटु नराम्ररी दुख्यो,मनै वोझिलो भो।कहिलेकाहि मान्छेले चाहना नै नगरेको पलहरुको सामना नी गर्नुपर्ने रहेछ।सोच्दै नसोचेको व्यक्तिहरु जीन्दगीक़ा गोरेटोहरुमा अकस्मात भेट भैदिन्छन र मिठामिठा सपनाहरुको आशा देखाएर वेपत्ता  भैदिन्छन।भयंकर आँधी र तुफानहरु ल्याइदिएर।एकपटक लामो श्वास लिँगे अनी आँखा चिम्म गरेर सुत्ने अभिनय गरे।
    
   लैन्चौरबाट लाजीम्पाटतिर पैदल जाँदै थिए।एउटा स्कुटी मलाई नै हाँनुला झै गरेर हर्न बजाउदै मेरै अगाडि बाटो छेकेर घ्याच्च  रोकियो।झनक्क रिस उठ्यो तिनका बाउकै विर्ता सम्झन्छन कि क्या हो बाटो पनी त्यहि भएर रहेछ माइक्रो बस र ट्याक्सीहरुले देखि नसह्ने मनमनै गाली गरे।वादलजी नमस्कार स्कुटिवालीले हेल्मेट फुकाएर मुस्कान छर्दै अभिवादन गरी।एक अपरिचित युवतीले मेरो नाम नै काढेर अकस्मात सम्वोधन गर्दा म अवाक्क भँए।मौनतालाई चिर्दै उनले नै वार्तलाप सुरु गरीन म सुहानी।सुहानी? म सोचमग्न भए।मैले ठम्याउन सकिन नी यहाँलाई।म सारिकाको वहिनी उनले तुरुन्तै जवाफ फर्काइन।सारिका शव्दले मेरो मनमा हलचल मच्याइदियो पलभरमै।आफुलाई जवर्जस्ती सम्हाले।कती हलक्कै वढेछौ हगी चिन्नै नसकिने गरि,अनी वुवामुँवा सञ्चै हुनुहुन्छ नी औपचारिकता निभाएँ।अँ सवै जना कुशलमंगल नै हुनुहुन्छ तर सारिका अलि विरामी छे।के भयो र सारिकालाइ म व्यग्र भए अचानक।
     
   उनले खुइया सुस्केरा छाडिन एकपटक अनी गहभरी आँशु टिलपिल पार्दै भनिन दिदिले यतीखेर मानसिक सन्तुलन गुमाउनु भएको छ।दिदिलाइ पागल घोषित गरेर हर्ष अर्को विहे गर्ने दाँउमा छ।तपाईलाइ थाहा छ यो सब हर्षको कर्तुत हो उनले मौनता चिर्दै भनिन्।तिमी कसरि यकिनका साथ भन्न सक्छौ यो?उसको आखामा आखा जुधाउदै सोधे।दिदिले ममिसंग हर्षको बारेमा धेरै चोटि सिकायत गर्नुभएको थियो रे,भन्दैहुनुहुन्थ्यो रे हर्षको वाहिर अरु केटिसंग सम्वन्ध छ भनेर।तर ममिले पत्याउनु भएनछ उल्टै दिदिलाइ झपारिदिनु भएछ अनावश्यक शंका नगर भनेर।त्यो वेला ममिले दिदिलाइ विश्वाश गर्नुभएको भए आज दिदिको हालत यस्तो हुन्थेन्।यती भन्दै उनी रुन थालिन।हुने हार दैव नटार भन्छन वितेको पलहरुका कुरा गरेर फाइदा छैन वरु समस्यासंग अब कसरी लड्ने भनेर सोचौ।उनलाइ ढ़ाडश दिदै भने वरु मलाइ सारिकासंग भेटाइदेउ।म भरेभोली हजुरलाई फोन गर्छु,आशु पुछ्दै उनले भनिन्।त्यसपछि उनी दरवारमार्ग तिर कुदिन म एक तमाशले उनि गएतिर एकटकले हेरिरहेँ।             
       
   विदेसीने हुटहुटिले मलाई पनी कहाँ वाँकिराखेको थियो र?लाजिम्पाट स्थीत एक एजेन्सीमा गएर पासपोर्ट लगायत सम्पुर्ण डकुमेन्टहरु वुझाएँ।मोवाइलको घण्टी वज्यो,सुहानी रहेछ।उठाएँ,हजुर कहा हुनुहुन्छ?औपचारिकता विना नै उनले मेरो लोकेसन सोधिन।लाजिम्पाट छोटो उत्तर दिएँ।जहिल्यै लाजिम्पाटमा भेटिनुहुन्छ त लव परेको छ कि क्या हो त्यतातिर?हाँसोमिश्रित आवाज आयो उतावाट। एकजना दाईलाई भेट्नुथियो।हिजो तिमी र तिम्रो मादक सौन्दर्यताले भुसुक्कै विर्साइदिए,आज भेट्न आएको नी मैले पनी यताबाट गफ पेलिदिए।कती गफाडी हुनुभएछ तपाइ त आजभोलि,एनिवेए आज म घरमै हुन्छु यता आउनुहुन्छ?सुहानीले भनिन।ल म आइहाले यतीभनेर फोन राखिदिए। एजेन्सीवाट सिधै वुढानिलकण्ठतिर हाँन्निए।
    
   मलाइ नै कुरेर गेटमा वसिरहेकि रैछिन उनी।दिदिलाई कस्तो छ अहिले?कहिलेकाँहि त दिदिको यो बैनीको वारेमा नी सोध्नुस न।उनले ठ्ट्टा गरिन।प्लीज आम सिरियस,हल्का रिसाइदिएँ।आम जस्ट किडिगं,ल हिड्नुस भित्र उनले  आग्रह गरिन।उनको आमवुवासगं औपचरिकता भेटघाटपछि हामी सारिकाको कोठामा गयौ।भर्खरै औषधी खाएकि थी त्यसैले सुतिरहेछ।हिड्नुस चिया खान।उनले अनुरोध गरिन।मलाई यहि ल्याइदेउ नजिकैको कुर्सिमा बस्दै भनेँ।उनी चुपचाप गइन भान्सातिर।म सारिकालाई हेरेर बसिरहेँ।ज्यानमा हड्डी र छालामाँत्र वाँकी थियो,खाल्डो परेको गाला,फुङ्ग उडेको अनुहार,लट्टा परेको कपाल,मैलो ज्यान उत्तीकै फोहोर कपडा।उहिलेको सारिका र अहिलेको उनको अवस्था देखेर आफैलाइ नै रोक्न सकिन म त रुन पुगेछु।अझै पनी उत्तीकै माँया गर्नुहुन्छ है सारिकालाई उनको आवाजले म झस्किए।चोखो मायालाई अनर्थ लगाउन सकिन्छ दुरी घटाउन सकिन्छ तर माँया नै  मार्न कहाँ सकिन्छ र यो कुरा विचरीलाई के थाहा,मनमनै सुहानीलाई भनेँ। तर चुपचाप चिया लिएर उनी व्युझने पर्खाइमा बसिरहे।
      
   एक घन्टाजतीको पर्खाइपछि उनी व्युझीइन।त्यसपछि एकटकले मलाई गोलभेडा जत्रा आँखाले हेरिरहिन।त्यसपछि एक्कासी प्लीज मलाइ केहि नगर्नुस प्लीज भन्दै  दराजको चेपमा लुक्दै चिच्याउन थालिन।उनको यो अवस्था देखेर मैले आफुले आफैलाइ रोक्न सकिन म वच्चा झै घ्वाघ्वा रुन थालेछु।मेरो रुवाइले उनी चुप लागिन।वादलजी आफुलाइ सम्हाल्नुस सुहानीले मलाइ ढाँडमा थपथपाउदै भनीन।मेरो रुवाइ वन्द भएपनी आँशु भने वग्न छोडेका थिएनन।सारिका म वादल भन्दै उनको अली नजिक गएँ।उनी झन डराउदै दराजको चेपमा लुक्ने कोशिस गर्न थालीन।झन भक्कानो फुट्यो मेरो।मेरो रुवाइले उनी केहि सामान्य बनीन।हामीले एकअर्कालाइ हेरिरह्यौ निकैबेरसम्म नै।अहिले भने उनी केहि सामान्य भैइन।अब चाहि म अलि नजिक गए उनले केहि प्रतिक्रिया जनाइनन।झन नजिक गए,उनको हात,गाला,टाउको मुसारे।उनी चुपचाप रहिन।अझै नजिक गएर उनको कपाल मुसार्न थाले उनी एकटकले मलाई हेर्न थालिन।त्यसपछि उनलाई खाना खुवाँइदिए,उनले आज चुपचाप खाना खाएको देखेर उनको सवै परिवार आश्चर्यचकित भए।प्रेममा यती धेरै शक्ति हुन्छ भन्ने कुरा मलाई थाहा नै थिएन,सुहानी कानैमा फुसफुसाइन।म चुपचाप रहे उनको त्यो कुराप्रति।
   
   आजको रात अवेरसम्मै निन्द्रा लागेन,जिन्दगीम पहिलो चोटि अचम्मको औडाह भैरहेको थियो मनमा।आँखाभरि सारिकाको दुर्दशा नाचिरह्यो।मानवसभ्यताले जतिसुकै दुरि पार गरे पनी हाम्रो समाजमा अझै पनी ढुंगेयुगमा झै यौनपिपाशुहरु अवोध सारिकाहरुको शिकारमा हरेक गल्लीहरुमा उत्तीकै भेटिन्छन।यस्तै सोच्दासोच्दै राती कुनवेला निदाएछु।
   
   विहान सवेरै वुढानिलकण्ठ गएर सारिकाको स्याहार सुसार गर्ने अनी साँझ अवेर कोठा फर्कने यसरि नै मेरा एक महिना विते।आजभोलि सारिका लगभग पुरै ठिक भैसकेकि थिइन।प्राय हरेकदिन सुहानी र म मिलेर उसलाइ काठमाण्डौ वरिपरि घुमाउन लैजान्थ्यौ।
     
   दिन,हप्ता र महिनाहरु विते।मैले भेटेको लगभग ३महिना पछि सारिका सामान्य अवस्थामा फर्किसकेकि थिइन र छिट्टै नै काममा फर्कने सुरसारमा पनी जुटीसकेकि थिइन।
   
   त्यसपछि सारिकासंग मेरो भेटघाट निकै कम हुन थाल्यो।उनको व्यस्तताले होला भनेर चित्त बुझाउन खोज्थे तर फोनमा त भेटिन सकिन्थ्यो नि?मन चस्स हुन्थ्यो।सायद सम्वन्ध पुरानै स्थीतिमा फर्कने हो कि भनेर  उनलाइ डर लाज्ञ्ो कि।त्यस्तो हुन अब म पनी कहाँ दिन्थे र?आजभोली सारिकासंग भेटघाटसंगै फोनमा कुरा हुने क्रम पनी लगभग वन्द नै भैसकेको  थियो।कहिलेकाँहि सुहानीको माध्यमबाट कुरा हुन्थ्यो।
      
   धेरैपछि एकसाँझ सुहानीसंग अचानक भेट भो।कुराकानी लम्वीदै गयो।अन्त्यमा अर्को महिना सारिकाको इन्गेजमेन्ट रहेको र मलाई आउन निम्तो दिइन।अनी हर्ष?मैले विस्मीत हुदै सोधे।हर्षसंग दिदिको डिभोर्स भएको नी छ महिना बढि भैसक्यो,उनले सामान्य तरिकाले जवाफ दिइन्।यत्रो घटनापरिघटना घटिसकेछ तर तिमीहरुले मलाई खवरै गरेनौ है?मैले रोष प्रकट गरे।दिदिले हजुरलाई नभन्न भन्नुभको थियो त्यसैले,उनले मलीन हुदै भनिन।सारिकाले त इन्गेज्मेन्ट हुदैछ भनेर नी नभन्नु भनेकि होला नि मेरो शव्द आक्रोशपुर्ण थियो।उनी नाजवाफ भइन।मैले उसलाई एउटा साथी वाहेक अरु केहि सोचेको थिइन तर उनको सोच नै कपटपुर्ण रहेछ र त मसंग भाग्ने प्रयास गरिरहेकि छे,अर्को आक्रोश पोखे।आखिर जे भएनी उनलाई मेरोतर्फवाट शुभविवाहको अग्रीम शुभकामना सुनाइदिनु।उनको नयाँ दाम्पत्य जीवन सुखमय वितुन,विगतका जस्ता दुर्घटना अव कहिल्यै नदोहोरिउन।यती भनेर म उनीसंग अनुमति नलिकनै त्यहाँबाट हिडे।कोठामा फर्केर वियरका वोटलहरुसंग सारिकाको रिस पोखिरहेँ।
    
    फोनको घण्टीले निन्द्रा खुल्यो आठ बजिसकेछ,टाउको अती नै दुखिरहेको थियो,हिजो तनावमा धेरै नै पिइएछ।सारिकाको फोन रहेछ उठाउन मन लागेन।उनी मेरो कोठामा जुनसुकै वेलामा आउनसक्ने सम्भावना थियो।विहान सवेरै कोठावाट निस्किए।अव मसंग कोठा सर्नुको विकल्प थिएन।सोचेँ विदेश नै जानेभएपछि दुइदिनको लागी के कोठा सर्नु।वरु केहि दिनको लागी गाँउ हान्नीने योजना बनाए।विदेशिने मेरो रहर अरु झन मौलाउन थाले।
   
   एकदिन एजेन्सीवाट फेरी फोन आयो दुवइको राम्रो कम्पनीवाट सेक्युरिटी अफिसरको लागी अर्कोहप्ता अन्तर्वार्ता हुदैछ भनेर।।अव जुनसुकै हालतमा पनी नेपाल छोड्ने संकल्प गरे र मेरोलागी यो भन्दा सुनौलो मौका अरु थिएन।भोलिपल्ट नै काठमाण्डौ फर्किए।अन्तर्वार्ता दिए,सफल पनी भयो र तलव,सेवा,सुविधा राम्रै लाज्ञ्ो।अब त सिर्फ इन्तजार थियो त भिषाको।
   
   लगभग दुई महिनापछि भिषा आएको जानकारि एजेन्सीले  दियो र तुरुन्त पैसा बुझाउन वोलायो।भोलिपल्ट नै गएर पैसा तिरे।उनीहरुले एक हप्ता पछिको फ्ल्याइटको टिकट नी फिक्स गरे।म त पहिले देखि नै पुरै तयारि अवस्थामा थिए खासै तयारी गर्न वाँकी केहि थिएन।
    
   एक्सक्युज मी सर, एयरहोस्टेजको आवाजले मेरो अतीतका स्मरण यात्रा यहि टुगिंयो। एस टेल मि सम्हालिदै भने।यु निड एनी ड्रिक्स एण्ड डिनर?नो थ्यांक्स भनीदिए,म जस्तो सामान्य मान्छेको लागी फ्ल्याइदुवइको मेनु र त्यसको मुल्य तिर्नसक्ने हैषियत नै थिएन भन्दा पनी हुन्छ।यतिवेला सारिका मस्त निन्द्रामा होली नयाँ जिन्दगीको सपना देख्दै।म यता जाग्राम छु तैपनि सपना देखिरहेको छु अर्कै नयाँ जिन्दगीको तर विल्कुल फरक किसिमको।आखिर सपना,सपना न हो तर पनी कती फरक छ उनले र मैले देख्ने सपनामा।सायद हाम्रो वास्तविकता यहि नै होला।

                                                                                                              वादल श्रेष्ठ(१२-२०-२०१५)

                                                                                                                            गोर्खा