Monday, 12 January 2015

क्रिस्टिना,म अनी हाम्रो नियती

                                         
      ३ महिने बिदा मनाएर फर्केपछि भिषा नविकरणको कारण मेरो स्क्यानिंग स्मार्टकार्ड र थम्सप्रिन्ट एक्टिभ हुन नसकेको कारण घरबाट फर्किएपछि म कम्पनीकै क्याम्पमा रल्लीरहेको थिए।काममा जानु नपर्ने हुनाले मेरो दैनिक प्राय रिक्रिएसन हलमा बिताउथे।मरुभुमीको खराब मौसमको कारण रुघाखोकिले ग्रस्त भएको कारण आज म रुममै सुतिरहेको थिए अल्छीलाग्दो पाराले।कुनै सुचना बिना नै कोठाको ढोका खोल्यो कसैले बाहिरबाट।ब्ल्याङकेट फालेर चिहाए कम्पनीको मेसमा वेटर काम गर्ने कुमार भाइ रहेछ। एकहप्ता अघिदेखी उसले फेसबुक अकाउण्ट बनाइदिन अनुरोध गर्दैथियो तर उसैको ब्यस्तताले त्यो काम पुरा हुन सकेको थिएन।आज झिँझो लगाउन आइपुग्यो।"दाइ ल आज चै जसरी नि फेसबुक आइडि बनाइदिनुस त"कोठामा पस्न नपाउदै ढोकैबाट उसले आग्रह गर्‍यो।हवस ब्ल्याङकेट फुत्त फाल्दै उठे अनी दराजबाट ल्यापटप निकाले।
        आज धेरै समयपछि ल्यापटप खोलेँ।घरबाट फर्केपछि पहिलो पटक आज  मैले ल्यापटप खोलेको त्यो पनी कुमारभाइको कारण।ल्यापटपमा भएको क्रिस्टिना र मेरो सेल्फी रहेको ब्याकग्राउणड तस्वीरले मुटुमा एक झट्का दियो।"दाइ यो केटि को हो"?कुमारले बिजुलीको गतीमा सोध्न भ्यायो।"फोटोसप गरेर मिलाको हो"मैले ढाट्ने प्रयास गरे तर उसले पत्याएन।"प्लीज दाइ भन्नुस न म कसैलाइ भन्दिन के प्लीज दाइ"उसले लिडेधिपी कस्यो।क्रिस्टिनाको यादको भावसागरमा डुब्न पुगिसकेको म उसको हठको अगाडि गले।जाउ पहिले मेरो लागी ब्ल्याक हार्ड कफी र स्याण्डविच लेराउ अनी बल्ल भन्छु मैले उसलाइ ब्ल्याक मेलिंग गरे।"हवस"उ मेसतिर दौडियो।म ल्यापटपमा वाइफाइ कनेक्ट गर्न थाले।
        फेसबुकमा क्रिस्टिनाको मेसेज आएको छ कि भनेर फेसबुक खोले तर बल्ल याद आयो क्रिस्टिनाले फेसबुक पहिल्यै डिएक्टिभ गरिसकेको थिइन।आसाको त्यान्द्रो बाँकि नै थियो त्यसैले जीमेल चेक गरे।जम्मा ५ वटा म्यासेज आएको रहेछ।त्यो पनी सबै एञ्जेलिनाकै रहेछन।एक-एक खोलेर हेरे।दिमाग भाउन्न भएर आयो।वास्तवमा यस्तो नहुनु पर्नी हो।जुन मैले अनुमान लगाएको थिए,ठिक तेस्को विपरित भएको थियो घटनाक्रम।"ल दाइ हजुरको नास्ता"टेबलमा कफी र स्याण्डविच राख्दै कुमारले ल्यापटपमा चिहायो।"दाइ यो अंग्रेजी म्यासेजमा के लेखेको हो मलाइ नेपालीमा भन्नुस न"उसले मलाइ पुन: झिँझो लगायो।ल ल हुन्छ पहिले खाजा त खानदेउ नास्तातिर लम्कदै भने।'हवस"को अर्थमा उसले मुन्टो हल्लायो उसले।भनेपछी मेसेज सुन्ने नै भयौ हैन त?खाजा खाइसकेपछि मैले भने।"सुनाउनुस  के दाइ प्लीज" उसले अनुनयको भावमा भन्यो।ल सुन उसो भए,ल्यापटपलाइ सहज पार्दै भने।
   
     " बादल जब म नेपाल आइपुगेँ सबभन्दा पहिले तिमीले दिएको नम्बरमा फोन गरेँ।फोन तिम्रो बहिनीले उठाएकि थिइन्।मैले आफु तिम्रो साथि भएको र नेपाल आउनुको प्रयोजन बताएँ।बहिनीले तिम्रो बारेमा सबै भनिन्।शंका त मलाई पहिल्यै लागिसकेको थियो हामीबिच दोहोरो संबाद हुन नसक्दा।तैपनी एउटा झिनो आशाका साथ तिम्रो क्रिस्टिनालाई लिएर नेपाल हान्निएको थिएँ उस्को मिठो सपना पुरा गर्न। तिम्रो जिन्दगीको पछिल्ला घटनाक्रमको बारेमा क्रिस्टिना बेखबर नै थिई।मैले उस्लाई केहि पनी भनिन। तिम्रो बहिनीलाई भोलि भेटौ न है भन्दै हामी तेसपछि एरपोर्टबाट होटेलतर्फ लाग्यौ।
 
       भोलिपल्ट बिहानै बहिनिलाई भेट्न हामी गंगबुतर्फ लाग्यौ।मैले पहिल्यै फोनमा बहिनीलाई क्रिस्टिनासंग तिम्रो बारेमा केहि कुरा नगर्न भनेकि थिएँ।हामीलाई लिन बहिनी चोकसम्मै आएकि थिइन्।बिहानीको खाना हामीले बहिनीको मै खायौ।मैले बहिनीलाई हामिसंग घुम्नको लागी अनुरोध गरे।दुईदिनसम्म हामीले काठमाण्डौ सहर लगभग पुरै घुम्यौ।आखिर मलाई हतार पनी थिएन तर क्रिस्टिना तिमीसंग भेट्नको लागी निकै आतुर थिइ।बिचरीलाई के थाहा जोसंग उ बिहे गर्न भनेर आएकि थिई उसले पहिल्यै अरुसंगै बिहे गरेर पनी नेपाल छोडिसकेको छ भनेर।उ माथी मलाई खुब दया जागेको थियो तेतीबेला।पछि हामी बहिनीसंगै तिम्रो गाँउतिर लागियो।
       
         बेलुकासाँझ घर पुगियो,हामी निकै खुसि थियौ।उसले तिम्रोबारेमा हामीसंग निकै सोधिसकेको थिइ तर हामीले केहि न केहि बहाना बनाएर उस्लाई अल्मल्याएको थियौ।सायद कुनै सरप्राइजको आशामा उ बसेकि थिइ होला।हामीलाई आपत्ती तेतिबेला पर्‍यो तिम्रो बुबाले हामीलाई सबैजनासंग परिचय गरारहनुभएको थियो अकस्मात तिम्रो श्रीमतीले भान्छाबाट एक्कासी चिया लिएर आइन्।"अनी उनी को हो नि"?"बादलको श्रीमती" उस्को प्रश्न नसकिदै बुबाले भन्नुभो।उ त्यहि बेहोस भएर लडि तिम्रो श्रीमतीको हातबाट सबै चियाका कपहरु भुइमा खसे।जुन कुराको मलाइ डर थियो आखिर त्यो भएरै छाड्यो।हाम्रो निकै प्रयासपछि बल्ल उ होसमा आइ।उस्ले बेलुकाको खाना खाएन तर दुध भने बल्लतल्ल पिइ।
 
      बेलुका मैले उसलाई सब कुरा भने,निकै सम्झाए।हाम्रो गल्ती औल्याए,हो बादल त्यतिबेला तिम्रो पक्ष लिएर मैले धेरै कुरा गरे तिम्रोबारेमा।"हो यो सब मेरै गल्तीले गर्दा भको हो",बल्ल उ बोलेकि थिइ।तेसपछि हामी सुत्येउ।भोलीपल्टदेखि उ पनी बिमलासंगै भान्सामा काम गर्न थालेको थिइ।थाहा छ बादल उ बिमलासंग यती नजिक भएकि थिइ कि जँहा जहिल्यै जतिखेर पनी दुइजना संगै हुन्थे।सायद तेतिबेला तिमीले पनी उनीहरुको इर्ष्या गर्दथ्यौ होला।म त झन निकै खुसि थिए तेतीबेला उस्लाई देखेर किनकि उबाट मैले यस्तो व्यवहारको कहिल्यै अपेक्षा नै गरेको थिइन।एक हप्ताको बसाईमा उनीहरु दुईजना एकदम मिल्ने साथी भइसकेको थिए।उसले बिमलासंग तिम्रो बारेमा धेरै कुरा सोधेकी पनी थिइ।
   
       तिम्रो घरको एकहप्ताको बसाइपछि हामी काठमाण्डौ फर्कियौ,तेतिबेला क्रिस्टिना निकै दुखि भएकि थिइ।लगभग पन्ध्र दिनको नेपाल बसाईपछि हामी फ्रान्स फर्कियौ।तेतिबेला सम्ममा मैले क्रिस्टिनाको मुहारमा छुट्टै मुस्कान भेटेको थिए।हामी फ्रान्स फर्किएको भोलिपल्टबाट नै क्रिस्टिना फेरि चर्चतिरै लागी मैले तेतिखेर पनी उस्लाई रोक्न सकिन।खासै रोकिन पनी।तिमीलाई पत्यार नलाग्न सक्छ होला बादल।आजभोली उ निकै खुशि छे र पहिले भन्दा निकै राम्री पनी भएकि छे।उसको शयन कक्षभरी तिम्रो एकल तथा तिमीहरु दुइजनाको फोटोहरु छन।आजभोली भने हाम्रो भेट बारम्बार भइरहन्छ र प्रत्येक भेटमा तिम्रोबारेमा नै कुरा हुन्छ"।कुमार भाइ सारांशमा एञ्जेलिनाको मेसेज  यहि नै हो।"यि सबै फोटोहरु मेरै घरमा खिचेको हो र मेरो परिवारको साथमा हुन्।हेर यो फोटोमा एञ्जेलीना सबभन्दा पछाडिबाट दाँया पट्टिको हुन्।हेर त भाइ घरको पछाडि देखिएको गणेश हिमाल भन्दा नि हसिलो मुद्रामा उभीएकि छे।ल हेर त भाइ यो सँगैको बायाँ पट्टीको क्रिस्टिनाको अनुहार युद्ध हारेको सिपाहिको भन्दा अध्यारो देखिएको।औँशिको कालो रात भन्दा नि अध्यारो"।"हो नि त दाइ मन भरिको हजारौँ सुनौला सपना तासको महल जसरि गर्ल्याम गुर्लुम ढलेपछि कसको मन नै हसिलो हुन्छ र",भावुक मुद्रामा कुमारले भन्यो।"अनी दाइ क्रिस्टिनासंग तपाइको कसरी भेट भो तपाइहरुबिच कस्तो सम्बन्ध थियो त्यो नि भन्नुस न"आखाभरी आशु पार्दै कुमारले अनुनयको भावमा भन्यो"।ल सुन म शुरु हुन थाले मेरो जिन्दगीको कहानीको वाचन यात्रामा।
                                                                                                                   
     तीनवर्ष पहिले म एक औधोगिक कम्पनिमा म इलेक्ट्रीक डिपार्टमेन्टमा मर्मत सम्भार अन्तर्गत फोरमेनको काम गर्दथे र त्यहा मेरो जीवनको हरेक दिनको लगभग नौ घण्टा बित्छ।यो क्रियाकला त्यहा काम गर्न थाले देखि एकै रुपमा चलिरहन्थ्यो शुक्रबार बाहेक।२०११ जुन महिना,बिहिबार,हप्ताको अन्तिम दिन बिहानको ७:३० कोठा नम्बर इ ४०३,कोठा बन्द थियो तर भित्र मान्छे चाहि थियो।मैले एक-दुइ पटक ढोका ढकढक गरे अनी ढोका खोले।कोठाभित्र युरोपियन मुल कि तेस्तै पच्चिस-छब्बिस बर्षकी एक युवती  थिेइ।जो कम्प्युटरमा एकटकले खै के काम गर्दै थिइ र मेरो एक्सक्युज मि म्याम रुपि भुतले उ झस्किइ।आफुलाई सम्हाल्दै उसले भनि 'एस टेल मि'।'गुड मर्निङ म्याम आम बादल फ्रम मेन्टिनेन्स डिपार्टमेन्ट,आइ हाभ नोटिफिकेसन एबाउट इलेक्ट्रीक प्रोबलम इन दिस रुम',मैले एकै श्वासमा भने।केहि क्षणको मौनतालाई चिर्दै मसँग काम गर्ने भारतीय टेक्नीसीयनले भन्यो 'उइ आर सरि फर डिस्टर्बिङ यु'।उनले आफूलाई सम्हाल्दै भनिन् 'इट्स ओके  इट्स ओके यु विल दु युर्स जब' भन्दै उठिन।लगभग पन्ध्र मिनेटमा हामिले आफ्नो काम सक्यौ।त्यहाको काम सकेर हामी फर्कनै लागेको थियौ।उसले भनि 'हेल्लो',मसंग काम गर्ने  भारतीयले भन्यो 'एस म्याम'।'यु' उसले म तर्फ सङकेत गर्दै भनि।'एस म्याम' मैले ढोका बाटै सोधे।उसले मलाइ आउन भनी।टेक्नीसियनहरुलाइ बाकि कामको नोटिफिकेसन र जवपरिमिट थमाउदै कामतिर पठाए र म उसको अफिसमा फर्किए।
       
          आफ्नो अघिल्तिरको कुर्चितिर  देखाउदै  मलाई बस्ने संकेत गरि र आफ्नो कुर्सीमा बस्दै उस्ले सोधी 'तिमी के लिन्छौ कफि वा चिया?' 'दुधचिया' मैले बस्दै भने।यति बेलासम्म मेरो मनमा भुइचालो गइसकेको थियो।खुट्टा लगलग कामिरहेको थियो।मैले त्यस्तो कुनै गल्ती गरेको पनी थिइन।तर पनी यस्ले मलाइ किन रोकेर राखेको छ?मैले केहि सोच्नै सकिन।किनकि उ ठुलै पदको मान्छे थियो।उस्ले फोनमा एक दुधचिया र कफि अर्डर गरी।फोन राख्दै उसले मेरो नाम सोधि,'बादल' मैले यति मात्रै भनेँ।उस्ले मेरो नामको प्रसंशा गर्दै उसले आफ्नो नाम क्रिस्टिना र भर्खर एक महिना अघी मात्र यो कम्पनीमा आएको कुरा एकै श्वासमा बताइ।अरु पनी उसले के-के बताएकी थिइ आफनो बारेमा तर त्यसको कुरामा मेरो ध्यान नै थिएन।मनमा खाली एस्ले मलाई किन रोकेर राखेको छे?कि मेरो बारेमा कम्प्लेन गर्नलाइ पो हो कि?जस्ता अनेकौ प्रश्न मनमा सल्बलाइहेको थिए।'चिया' उस्को आवाजले म झसङ्ग भए। कति छिटो चिया पनि आइसकेछ?'तिमी कुन देशको'?उस्ले म तर्फ चिया सार्दै सोधी।'नेपाल' मैले भने।उस्ले नेपालको बारेमा धेरै सुनाइ।सगरमाथा,बुद्ध,पहाड मन्दिर झर्ना के-के हो के-के।म चकित भए नेपालको बारेमा यस्लाइ एती धेरै कुरा कसरी थाहा भो?उस्को आमा बुबाले नेपाल घुमिसकेको र यो सब उसको अभिभावकले नै बताएको रहेछ उसले सुनाइ।

         बल्ल ममा अलिकती श्वास आयो अब भने साच्चीकै सब डरहरु गायब भए।'तिमी चाहि नेपाल घुम्न कहिले जान्छौ नि'?अब भने मैले नडराइ सोधेँ।'तिमी जहिले बोलाउछौ तेहिबेला'।म असमञ्जसमा परे उसको कुराले।कफीको चुस्कि लिदै उस्ले मलाइ सोधी 'तिमी घर कहिले फर्कने हो नी'?बचेको चिया सक्दै भनेँ 'म भर्खर दुइ महिना अघी मात्र आएको हुँ सायद दुइ बर्ष पछि'।'दुइ बर्ष'?अत्यास मान्दै उस्ले भनी।लाग्थ्यो उ नै जादै छ।'तिमी नि'? मैले सोधे।'अब पाँच महिना पछि','नेपाल चाँहि तिमिसंगै जाने' एति छिट्टै मसंगै नेपाल घुम्ने योजना नि बनाउन भ्याइ उसले।हामी बिच अरु धेरै कुराहरु भए।

          'बादल सर' ढोकाबाट मेरो एउटा टेक्नीसियनले मलाई बोलायो एस्सो घडि हेरे कति चाडै एघार बजिसकेछ।'मेरो खाना खाने टाइम भो अब म जान्छु' उठ्दै भने।'तिम्रो फेसबुक अकाउण्ट छ'?'तिम्रो मेल आइडि र फोन नम्बर दिएर जाउ न' उसले पेन निकाल्दै भनि।म त्यहाबाट मेरो फोन नम्बर र मेल आइडि दिएर निस्के।मेरो टेक्नीसियन सोद्धै थियो तेस्ले किन बस भनेको रहेछ के काम रहेछ किन, केआदि इत्यादि।जुन प्रश्नको उत्तर मसङ्ग नै थिएन।'जस्ट टल्कीङ्ग अबाउट नेपाल' मैले उ तर्फ हेर्दै  भने्,'आइ डन्ट बिलिभ' मेरो उत्तरको ठाडो असहमति जनाउदै उस्ले भन्यो। त्यहाबाट हामी सिधै मेसहलतिर लाग्यौ खाना खानको लागी।लगभग एक घण्टाको छुट्टिपछि मुस्किलले हामीले त्यो दिनको काम सक्यौ।किनकि बिहानै मेरो तिन-चारघण्टा त्यो फ्रेञ्च केटिसंग गफ गर्दा खेर गएको थियो।आखिर जे होस आजको समय आरामले बित्यो।

         सधै झै त्यो दिन पनी कोठामा फर्केर फेसबुकमा आएका सबै साथीहरुको मेसेज रिप्ल्याए।एउटा फ्रेन्ड रिक्वेस्ट आएको रहेछ,खोले क्रिस्टिना कै रहेछ।एसेप्ट गरे।तुरुन्तै उताबाट मेसेज आयो।'के छ खबर'?उ प्रस्न गर्दै जान्थी म त्यस्को उत्तर दिदै जान्थे।लाग्थ्यो म अन्तर्बार्ता दिदै छु उसलाइ।बास्तबमा च्याटिङ गर्न मलाइ बोर नै लाग्छ।त्यो दिन उसंग दुइघण्टा मुस्किलले च्याट गरे।

         क्रिस्टिनासंग भेट भएको लगभग एकमहिना पछिको कुरो हो,शुक्रबारको दिन थियो।म सुती रहेको थिएँ,हरेक शुक्रबार म नौबजे सम्म नै सुत्छु।मेरो लागी शुक्रबार सुत्नकै लागी छुट्टि भएको जस्तो लाग्छ।हुन पनी त्योदिन सुत्नु,फेसबुकमा च्याटिङ् गर्नु,गित सुन्नु र फिल्म हेर्नु भन्दा अरु कुनै खास काम नै हुदैन थियो मेरो।घुम्न मलाइ खासै मन लाग्दैन।भिडभाडबाट टाढै रहन मन लाग्छ।सिरानी मुनीबाट मोबाइलको रिङ्टोन बज्यो चार पाच चोटि नै मेरो निन्द्रा नै बिथोलिने गरी।सिरानी मुन्तीरबाट मोबाइल निकालेर हेरे क्रिस्टिनाकै रहेछ।'एकाबिहानै एस्ले किन फोन गरि'?एक्लै गनगनाए।कल रिसिभ गरे मैले हेल्लो भन्न नपाउदै उताबाट आवाज आयो 'गुड मर्निङ बादल फेसबुकको मेसेज पढ तिम्रो लागी सरप्राइज छ'।सिर्फ यति भनेर उसले फोन काटिदिइ।मैले गुड मर्निङ टु यु भन्न नि भ्याइन।बिहानै के को फेसबुक?झर्को पनी लाग्यो।तैपनी के रहेछ त नि भनेर मोबाइल बाटै चेक गरे। 'बादल म तिमिलाई एकदम मन पराउछु र म तिमीलाई भित्रैदेखि माया गर्छु' उस्को सरप्राइज यहि नै थियो।

         एउटि फ्रेन्च युवती जो हरेक स्तरमा म भन्दा माथी छे,म एक निम्न मध्यम बर्गको मान्छे,मेरो एक महिना भरिको कमाइ उ एक दिन मै कमाउछे।हरेक कुरामा उ म भन्दा धेरै अगाडि थिइ। हामी विचको सम्बन्धको परिकल्पना समेत सम्भब नै थिएन।यि कुरा भन्दा पनी म पाच-छ महिना अघीदेखि सबुसगंको सम्बन्धमा थिए। तीनवर्ष पछिको छुट्टीमा गएर उनीसँगै बिहे गर्ने योजना समेत बनाइसकेको थिएँ मैले।म उनलाइ छोडेर क्रिस्टिनालाइ कदापी स्वीकार्न सक्दिन थिएँ।मेसेजको उत्तर त दिनु नै थियो।'पहिले मेरो फेसबुकमा गएर प्रोफाइल हेर',सिर्फ यति नै लेखेर पठाए।

            'स्कइपीमा आउन' उताबाट तुरुन्तै अर्को मेसेज आइहाल्यो।स्काइपी खोले,'हाई' भने।'मलाइ तिम्रो रिलेसनसिप स्टाटस प्रति कत्ती नी बिश्वास लागेन'।मेरो हाइ को उत्तर सुरु मै यसरि दिइन उनले।मैले हाम्रो बारेमा धेरैकुरा बताए तर उताबाट खालि म बिस्वास नै गर्दिन,मलाई बिस्वास नै लागेन भन्ने बाहेक अरु आवाज नै आउदैन थियो।उसको सोचाइ यस्तो थियो कि म उसैको पेवा हुँ र यस्मा अरु कसैको अधिकार नै छैन।जती भन्दा पनी बिश्वास  नगरेपछि स्कइपीमा नै लेखेर पठाइ दिए,'बास्तबमा म तिमीलाई मन नै पराउदिन।तेसैले म तिमीलाई माया गर्न कुनै हालतमा पनी सक्दिन तेसैले कृपया मेरो जिन्दगीमा भाँजो हाल्ने काम नगर'।'हाम्रो सम्बन्ध एक असल साथी बाहेक अरु हुन सक्दैन र मलाई तिमी प्रती घृणा गर्नुपर्ने स्थिती सृजना नगर'।स्काइपी,फेसबुक र मोबाइल सब बन्द गरे अनी ल्यापटपमा अंग्रेजी फिल्म 'लर्ड अफ द रिङग' हे्र्न थाले। तर मन भने निकै अस्थीर थियो।फिल्ममा पटक्कै ध्यान थिएन।के गरु र कसो गरुको उकुस मुकुस भइरहेको थियो।ल्यापटप बन्द गरे अनी बाहिर पसलमा गएर एउटा सफ्ट ड्रिङकस पिएर कोठामा फर्के।मनमा अझै शान्ती थिएन।सबुलाई फोन लगाएँ।लगभग अरुबेला बढिमा पन्ध्रमिनेट कुरा गर्ने म त्योदिन एकघण्टा भन्दा बढि कुरा गरे सबुसंग। यति लामो कुरा कतार आएपछि सबुसगं फोनमा कहिल्यै भएको थिएन।बल्ल मन हलुका भयो।

       ध्यान दिएर सुन कुमार भाइ बिहानीको पाँच बजेदेखि मेरो दिनचर्या सुरु हुन्छ।बिहानीको सबै नित्यकर्म सकेर छ बजे सम्म जसरी पनी अफिसको बस चढिसक्नुपर्ने।साइट अफिसमा गएर सब कागजपत्र तयार गरेर हरेक कोठाहरुमा 'एस्क्युज मि म्याम,एस्क्युज मि सर आम बादल फ्रम मेन्टिनेन्स डिपार्टमेन्ट,आइ हाभ नोटिफिकेसन एबाउट इलेक्ट्रीक प्रोबलम इन दिस  रुम' भन्दै जबरजस्ती हास्ने प्रयास गर्दै आफ्नो काम सक्नु।हरेक दिनलगभग पाँच-छ घण्टा मेरो यसरी नै बित्छ।सिनियर स्टाफहरुको शनिबार पनी बिदा हुने कारणले गर्दा त्यो दिन हाम्रो खासै काम हुन्न।अफिस आयो हाजिर गर्‍यो चिया कफी पियो साथिहरुसगं देश-बिदेशदेखि गाउँको हर्केदेखि ओबामासम्मको कुरा गर्‍यो त्यती नै हो।तर कहिलेकाही चाहि शनिबारको दिन पनी निकै काम हुन्छ जुन अरु दिन गर्ने बाताबरण मिल्दैन।क्रिस्टिनासंग स्काइपीमा खटपट भएको भोलीपल्टको शनिबार नै मैले सुपेभाइजरसगं मेरो अर्कै ठाऊँमा सरुवा गराइमागे।

         आइतबार देखि मेरो काम अर्कै ठाउँमा हुने निश्चित भो।सोचेँ अब त्यो क्रिस्टिना रुपी काँडाबाट मुक्त हुने भए,शान्तीको लामो श्वास लिगेँ।त्यस पछिको दिनहरुमा हामी बिचको सम्पर्क ठ्याक्कै बन्द भो,उसले पनी कन्ट्याक्ट गरिन मैले झन गर्ने कुरै भएन।तिन-चारदिन पछि बल्ल फेसबुक खोलेँ।पाचँ-छवटा मेसेज रहेछन।सब एक-एक खोलेँ,धन्न क्रिस्टिनाको रहेनछ।दिन,हप्ता,महिना क्रमैसगं बित्दै गए।कती छिट्टै कतार आएको पनी तेह्र महिना भइसकेछ।हिजै जस्तो लाग्छ एरपोर्टबाट बहिनी र बुवाले रुदै बिदाई गरेको।समय बित्न कती नै बेर लाग्छ र बस् धैर्यता राख्नसक्नु पर्नेरहेछ।ज्वरोको कारण  हिजोदेखि म बिरामी बिदा लिएर बसेको थिए।आज चाहि केहि सञ्चो भएको अनुभब गरिरहेको थिएँ।सुत्दा-सुत्दा झ्याउ लागेर फेसबुक खोले कोहि पनी अनलाइनमा थिएन।स्काइपीमा त झन हुने कुरै भएन।त्यती मेसो नपाएर हो कि ट्विटर खोल्यो भने झन निन्द्रा लाग्थ्यो।पत्रिकाहरुमा पनी पढ्न लायक खासै केहि थिएन।जिमेल खोले अब बाकि त्यहि त थियो।दुइसय त्रिपन्नवटा मेसेज रहेछन।वास्तवमा म जिमेल त्यती खोल्दिन।नढाँटि भन्नु पर्दा फेसबुक ट्विटर स्काइपीको पासवर्ड बिर्सदा र चेञ्ज गर्दा बाहेक जिमेल खासै खोल्दिन।आज के मुड चल्यो कुन्नी जिमेल खोले।एक-डेढ बर्षदेखिका पुराना मेसेजहरु रहेछन।सब चेक गरे ति सब फेसबुक र ट्विटरका कमेन्ट,बर्थ डे आदि आदिका नोटिफिकेसन थिए।दिक्क लाग्यो टाइम पास गर्ने अरु कुनै उपाय थिएन तेसैले मन नलागी-नलागी एक-एक चेक गर्दै गएँ।दुईसय उनान्पचासौ मेसेजमा आएर मन ढक्क भो।

        मेसेज क्रिस्टिनाको थियो।मेसेज २०११ जुलाइ १७ आइतबार आएको रहेछ,मेसेज खोलेर हेरे।'बिर्सन त तिमीलाई कुनै हालतमा पनी सक्दिन तर पनी बाध्य भएर बाई भनेर कतार छोडेर जादैछु।तिमीले मलाई माया नगरे पनी मेरो शरिरमा अन्तिम श्वास रहेसम्म म तिमीलाई नै माया गरिरहनेछु।तिमी नै मेरो जिन्दगीको पहिलो र अन्तिम प्रेमी हौ।म तिमीसंग बाचा गर्छु कि तिमीले मलाई जहिले र जुन हालतमा बोलाए पनी म सबकुरा छोडेर तिम्रो जिन्दगीमा खुशिका साथ आउनेछु।त्यो पल मेरो जिन्दगीको अन्तीम पल नै किन नहोस्'।सारांशमा उस्को मेसेज यस्तो थियो।जेहोस् उनी र उनको पागल प्रेमलाइ सलाम गर्न मन लाग्यो मलाइ।उनको त्यो हदसम्मको पागलपनमा म निकै भाबुक भएँ।ज्वरोबाट उत्रने बित्तीकै क्रिस्टिनाको बारेमा सोधखोज गर्न थाले उनको अफिसमा गएर।त्यहाँ टि-ब्वाइ,अफिस-ब्वाइ जतीपनी थिए मैले चिनेको सबैसगं उनको बारेमा सोधेँ।उनी १९ जुलाइसम्म ड्युउटिमा आएकि रहिछिन र उनले २१ जुलाइमा कतार छोडेकि रहेछ।यो कस्तो पागलपन हो कुन्नी एक साधरण र मामुली केटा सगंको एकोहोरो प्रेम असफल भएको कारणले जागिर नै छोडेर हिडेछ त्यो पनी चार-पाँच दिनभित्रमा नै।मनमा एक किसिमको नरमाइलो अनी अपराधबोध अनुभव गरेँ।कोठामा फर्केर फेसबुकमा फ्रेन्डलिस्टमा उनलाइ खोजे। उनले फेसबुक अकाउण्ट हझे एक्टिभ गरेको रहेनछ।अब उसगं भेट्ने कुनै माध्यम नै थिएन।म फेसबुक फ्रेण्डलिस्टमा निकै हराए निकै।म एकाएक खुशिले पागल भएँ एञ्जेलिना अझै मेरो फ्रेण्डलिस्टमा रहेछ।उनको र मेरो भेट क्रिस्टिनाले नै गराएको थिइ उनकै स्काइपी मार्फत।एञ्जेलिना आफ्नो स्कुलदेखिकै घनिष्ट साथीको रुपमा चिनाएकि थिइ उसले मलाइ।त्यस दिनको स्काइपी बार्तालापपछि उसले नै मलाइ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएकि थिइ।हाम्रो मुस्किलले दुइ-तिन चोटिमात्र च्याटमा भेट भएको थियो।उ फ्रान्सको कुनै एक कम्पनिमा सेक्रेटरीको पदमा काम गर्दथि उसले बताउन पनी भ्याएकि थीइ।

       अब मसगं क्रिस्टिनालाइ भेट्ने एकमात्र माध्यम एञ्जेलिना नै थिइ।उसलाइ मेसेज गरे 'हाइ एञ्जेलिना केछ खबर अनी अहिले कहाँ छौ तिमिी?मेसेज त गयो अनी अब उस्को मेसेजको प्रतिक्षामा बस्न थाले।एकदिन-दुइदिन गर्दै एकमहिना बिते उताबाट मेसेजको उत्तर नै आएन।उत्तर त धेरै परको कुरा उसले मेरो मेसेज हेरेको सम्म थिइन।अब भने मैले हार माने अब यो जन्ममा सायद क्रिस्टिनासगं मेरो भेट हुदैन जस्तो लाग्यो।आशा त मरिसकेको थियो तर दुइ महिनाको लामो प्रतिक्षापछि बल्ल एञ्जेलिनाको मेसेज आयो।'बादल मलाई बिश्वास नै लागिरहेको छैन कि तिमीले मलाई अझै सम्झिरहेको छौ'।'थ्याङक्स गड'।'धेरैपछि मैले तिम्रो मेसेज पाएँ धेरै खुशि लाग्यो तिम्रो मेसेज पढ्न पाऊँदा'।लाग्थ्यो उ निकै खुशी थिइ।'म यहाँ सकुशल छु अनी तिमीलाई कस्तो छ नि?म अझै पनी फ्रान्समा त्यहि कम्पनिमा नै काम गरिरहेको छु।तिमी र तिम्रो साथी क्रिस्टिनाले जसरि आफ्नो मातृभुमि छोडेर अरुको देशमा जान सकिरहेको छैन।हामी अर्को आईतबार बिहानको १०.३० अनलाईनमा भेटौ न,हुन्छ'? 'हुन्छ' मैले उत्तर पठाएँ।आखिर म तेहि त चाहन्थे।तर अर्को आपत बिहान १०.३० तर कहाँको?उताको कि यता को?इन्टरनेटमा फ्रान्सको टाइम चेक गरे जे होस कतार भन्दा सिर्फ एक घण्टा मात्रै ढिलो रहेछ।

       टाउको दुखेको बहाना बनाएर त्यो दिन म काममा गइन।आठ बजेदेखी नै फेसबुक खोलेर एञ्जेलिनाको पर्खाइमा बसेँ तै पनी छिट्टै आइहाल्छे कि भनेर।ठ्याक्कै कतारको एघार बजेर पाँच मिनेटमा अनलाइनमा देखापरि उ।हामीबिच लगभग दुइघण्टा जती च्याटमा कुरा भए।क्रिस्टिनाको हालखबर के छ त नी?अन्तीममा छुट्टिने बेलामा मैले सोधेँ।'कतारबाट फर्के पछि मेरो र क्रिस्टिनाको जम्मा दुइ चोटि भेट भएको थियो त्यो पनी एकमहिना भित्रमा नै।त्यती बेला उ धेरै तनाबमा अनी दुखीत थिइ।उस्ले तिमीहरु बिचको सबकुरा मलाइ बताएकि थिइ।मैले उसलाइ धेरै सम्झाए।बादलको कुनै गल्ती छैन यो सिर्फ तेरो पागलपन हो।बिर्सिदे उसलाइ,आफुलाइ सम्हाल भनेर।अहँ उसले यस्तो कुरो सुन्नै चाहिन।दुबै भेटमा मैले क्रिस्टिनालाइ यस्तै भन्दै निकै सम्झाएको थिए। तर मैले उसलाइ सम्झाउन सकिन उ उसकै कुरामा निकै दृढ थिइ।बादल त्यो यती पागल भएको थिइ कि तिमीसगंको एकोहोरो प्रेममा हाम्रो भेट भएको एकहप्ता नबित्दै सब कुरा त्यागेर पेरिसदेखि लगभग सात सय किलोमिटर टाढा निमेसो भन्ने सहरमा रहेको चर्चको शरणमा गई।त्यसपछि उसगं मेरो भेट भएको छैन।थाहा छैन आजभोलि कस्तो छ त्यसलाई'।त्यसपछि फेरि भेटौला भन्दै एञ्जेलिना बिदा भइन च्याटिंगबाट।हेर भाइ उसको यो कुराले एकमन त खुसि नै लाग्यो एकमन दुखी।प्रेममा मानिस कतीसम्म पागल हुने रहेछ यसको उदाहरण मेरोसामु छर्लगैं भएको छ।अब उसलाइ बिर्सनु बाहेक मसगं कुनै उपाय थिएन।भाइ त्यसपछी मेरो र एञ्जेलिनासगं कुनै दिन पनि भेट भएन।

        २०१४ नोवेम्बर २२ बिहानको ९.१५ मा कतार एरवेजको जहाजमा २-३ महिनाको लागी कतारलाइ बाइ-बाइ गर्दै आफ्नो जन्मभुमीतिर लागियो।पाँचघण्टाको उडानपछि जहाजले हामीलाई काठमाण्डुको काखमा सुम्पीदियो।करिब एकघण्टाको झण्झटिलो चेकिङ्ग पार गरेर बाहिर निस्किए।बुवा र बहिनी मेरो ब्याग्र प्रतिक्षामा बाहिर बसिरहेका थिए।टाढाबाटै बहिनीले बोलायो बाबु,बाबु हामी एता छम्।बुबा र बहिनीको साथमा सबुलाइ पनी नियाले तर देखीन।बिहान सबुले नि एरपोर्टमा लिन आउछु भनेकि थिइ तर उस्लाई देखिन।बहिनीलाई खुसुक्क सोधेँ सबु खोइ त।घर हिड अनी सब कुरा भन्छु बहिनीले बस् यति भन्दै मेरो लगेज घिसार्न थाली।हाम्रो ट्याक्सी गगंबुतिर हुइकियो।डेरामा पुगेर म बुवासगं भलाकुसरि गर्न थाले।बुवाको आखा छलेर बहिनीको मोबाइलबाट सबुलाइ फोन लगाए तर अहँ फोन लागेन कम्प्युटरले मोबाइल अफ गरिएको जानकारी दियो।त्यहाँबाट हान्नीएर भान्छामा पुगेँ भन् घर पुगेपछि भन्छु भनेको होइन कुरा के हो भनिहाल् सबुको रिस बहिनीलाइ पोखेँ।त्यसको अरुसगैं बिहे तय भइसक्यो अर्को हप्ता नै बिहे हुदैछ।ह्या बिर्सिदे तेस्ती नकचरीलाई लाज सरम नभकि बहिनी पनी सिधै सबुमाथी खनिइ।अनी बिहानसम्म त एरपोर्टमा लिन आउछु भनेकि थिइ नि त? मैले शंका गर्दै भने।मलाइ के थाहा तनी तिमारु बिचको कुरा?भोलि बिहानै भेट्न जा।बहिनीले सल्लाह दिइ।मायामा धोका खाँदाको पिडा कस्तो हुदोरहेछ बल्ल थाहा भो मलाई।एक मन त बिश्वास नै लागेको थिएन मनमा झिनो आशा भने बाँकि नै थियो।

       रातभर निन्द्रा नै लागेन।रातभर पशुपतिनाथलाइ पुकारे हे भग्ँवान बहिनीले भनेको कुरा झुटो होस् मेरि सबु मलाइ नै देउ।कती खेर निदाएछु पत्तै पाइन।ओइ बाबु उठ् भन्या कती सुतेको?ला फोन गर तेस्लाइ,तेस्को फोन अन छ अहिले। जर्‍याक जुरुक ऊठेर बाहिनीको हातबाट फोन खोसेर सबुलाइ फोन गरे अनी १० बजे स्वयम्भुमा भेट्न  बोलाएँ।हतार हतार हातमुख धोँएर जानको लागी तयार भएँ।ओइ खाना खाएर जा भर्खर ९ बजेको छ।अनी सुन म नि जान्छु तँसगैं बहिनिले हकार्दै भनिन।प्रेमिका भेट्न जादाँ नि दिदिबहिनी लिएर जान्छ नी?बरु पछि जन्ती लैजाम्ला म हर्षित हुदै भनेँ।अँ अब पनी तेरै प्रेमिका?अर्को हप्ता अरुसंगै बिहे हुदैछ तेस्को बहिनीले मलाइ खिस्याउदै जवाफ फर्काइ।तर मलाइ रत्तीभर बिश्वास लागेको थिएन बहिनीको कुरामा।बहिनीले मलाई एक्लै कुनै हालतमा नि जान दिइन।सगैँ नलगे सबै कुरा बुवालाइ भनिदिने धम्कि दिइ।अरु उपाय नलागे पछि बहिनीलाइ सगैं लानै पर्नेभो।

       सबु सगंको भेटपछि हुनसक्ने सम्भावित दुर्घटनालाइ ख्याल गर्दै बहिनीले यस्तो गरेकि रहेछ पछि पो ऊस्ले भनी।खाना खाइवरि हामी दाजु बहिनी स्वयम्भुतिर लाग्यौ।१०.३० मा ठ्याक्कै श्वयम्भुमा पुगियो।सबु पहिल्यै आइसकेको रहेछ।मेरो साथमा बहिनीलाइ देखेर उ अली हच्किइ।ल तिमारु कुरा गरो म गए भन्दै बहिनी हामीभन्दा अली पर गएर बसिन।उसलाइ एकचोटि तलदेखि माथिसम्म हेरे तर उसको मुहारमा कुनै खुशीको लेप पनी थिएन जो मसगं थियो।मुहार मलिन र चिन्तित देखिन्थ्यो।आँखा रुदाँ-रुदाँ सुन्निएको जस्तो देखिन्थ्यो।मौनतालाइ चिर्दै 'हिजो एरपोर्टमा मलाइ लिन किन नआको'?मैले घुर्कि लगाउदै सोधेँ।'घरबाट आउनै दिएन' उनले यतिमात्रै भनिन।'किनँ''?मैले सोधेँ।एकछिनको मौनतापछि उस्ले भनि अर्को आइतबार मेरो बिहे हुदैछ अब मलाई बिर्सिदिनुस'।'के रे''?मैले अवाक्क हुदै सोधेँ।'घरबाट मलाई जबर्जस्ती बिहे गरिदिदैँ छन्' भुइँलाई ताक्दै उसले भनिन्।'जबर्जस्ति'?'यसमा तिम्रो स्वीकृति छैन'?शसंकित हुदै शोधेँ।'छैन' मेरो आखाँमा आखाँ जुधाउदै उनले भनिन्।'तेसो भए हामी भागेर बिहे गरुम न त' मैले उपाय निकाले।'म मेरो बुवाआमा हनी परिवारलाइ धोका दिन सक्दिन' लामो श्वास लिदै उनले भनिन्।'के गर्छस त उसोभए,मलाइ त धोका दिन सक्छेस होला नि'?मैले तिमीबाट एकैचोटि तँमा झरेर कुरा गरे।मेरो चर्को श्वर सुनेर बहिनी आफु बसेको ठाँऊबाट हामीतिर आइन्।'यो सब नाटक गर्नु थियो भने त्योबेला ज्यान फालेर मेरोपछि किन लागेको त'? मैले हकार्दै सोधेँ।'हाम्रो भाग्यमा यस्तै लेखेको रहेछ त के गर्नु मैले'।'तँ चुप् लाग अहिले आएर भाग्यलाइ दोष दिन्छस्'।उस्लाई बोल्दा बोल्दै रोकेँ।'मैले तँलाई तेहिबेला भनेको होइन यो केटि तेरो लागी ठिक छैन भनेर त्यो बेला मेरो एउटा कुरा सुनेन अहिले आएर .....' बहिनीले हामीलाइ हस्तक्षेप गर्दै भनिन्।'खुट्टा भए जुत्ताको के हर्ज,छानीछानी भनेजस्तो पाइन्छ'।'हिड् घर यस्तो नकचरिसगं के कुरा गर्छस्'?'लाजसरम नभकि कहिँकि'।मेरो हात तान्दै बहिनीले भनिन।मसगं बोल्नको लागी अब कुनै शब्द नै थिएन वा खै मलाई केभो तेतीखेर केहि बोल्नै सकिन तेसपछि।मुटु कुनै बगरेले छिया-छिया बनाएर काटेर लगेजस्तो आभास भैरहेको थियो।'अबदेखि मेरो दाईलाई फोन गरिस भने तँ चुडेल्नीलाई तेरो घरमै आएर भुतेल्दिन्छु बुझिस्'?बहिनीले सबुलाई ठाडो धम्कि दिदैँ मलाइ त्यहाबाट बच्चालाई जस्तो घिसार्दै तानिन्।सबु निशब्द हेरेको हेर्‍यै भइन्।

        घर आएर सिधैँ बाथरुम गएँ अनी धक फुकाएर रोएँ बच्चा जसरि।'ओइ बाबु ढोका खोल?एक घण्टा भन्दा बढि भो बाथरुम गाको' बहिनीले ढोका फोडुला झैँ भनिन्।हारेको सिपाहीझै लुत्रुक पर्दै ढोका खोलेँ।'केटि जसरि के रोको नि छोरा मान्छे भएर नि?अघी भिनाजुले फोन गर्नुभाको थियो चार-पाँचओटि केटि हेर्नु भाको छ रे तेरो लागी त्यसैले भोलि नै घर जानुपर्छ बुझिस्'?ठाडो आदेस दिदैँ बहिनी भान्छातिर लागिन्।'म बिहेसिहे केहि नि गर्दिन अर्को महिना कतारै फर्किन्छु' मन गर्‍हौ पारेर भनेँ।'के रे '?'बिहे नगरि कसरी जादो रहेछस् हेरम्ला हामि पनी'।'मैले तेरोबारेमा सबै भन्दिसकेँ दिदि भिनाजुहरुलाइ अब बुवालाइ मात्र बाकिँ छ भन्न'।ठाडो धम्कि दिइ बहिनीले मलाइ।'पख् न तँ कालीलाइ मैले नि जान्या छु' निरुपाय हुदै भनेँ।त्यो रातभरि नि निन्द्रा लागेन झल्झली क्रिस्टिनाकै याद मात्रै आयो रातभरी।सायद मैले उसलाइ स्वीकार्नु पर्ने रहेछ,रातभरी यस्तै कुरा खेलीरह्यो मनमा।बहिनीकै मोबाइलबाट आफ्नो फेसबुक खोलेँ फ्रेण्ड लिस्टमा क्रिस्टिना लेखेर सर्च गरे तर उनको फेसबुक अकाउन्ट अझै बन्द रहेछ।लामो श्वास फेरेँ।एञ्जेलिनालाइ मेसेज गरेँ 'हाइ एञ्जेलिना के छ तिम्रो खबर?क्रिस्टिना कहाँ के गर्दै छ नि?क्रिस्टिनालाई भनिदिनु कि म उसगं माफी चाहान्छु,त्यती बेला म नै गलत थिएँ।अहिले आएर मलाई मेरो गल्तीको महसुस भइरहेको छ।मलाई उन्को यादले  निकै सताइरहेको छ।म पनी उनलाइ धेरै माया गर्दछु।उनलाई गुमाएकोमा मलाई धेरै पछुतो लागिरहेछ।कृपया जसरी भए पनी मेरो मेसेज क्रिस्टिनासम्म पुर्‍याईदेउ।म उसकै प्रतिक्षामा छु।प्लीज एञ्जेलिना जसरि भएपनी मलाई मेरो मेसेजको उत्तर देउ ल'।त्यसपछि बल्ल मनमा शान्ती छायो।अब बने निदाउने प्रयास गरेँ।


         काठमाडौँबाट छ बजेको बसबाट हामी गोर्खा लाग्यौँ।साँझ चारबजे घर पुगियो।बाटोभरि पनी फेसबुकमा मेसेज चेक गरेँ एञ्जेलिनाले मेसेज आयो कि भनेर।उत्तरको त परको कुरा त्यसले मेरो मेसेज पनी हेरेको रहेनछ।एकदिन-दुइदिन गर्दागर्दै बिसदिन भैसक्यो।एञ्जेलिनाको मेसेजको कुनै पत्तो थिएन।यता मेरो बिहे पक्का पनी भैसकेको थियो,दसदिन पछी बिहे हुदै थियो।सबजना बिहेको तयारीमा थिए।तर म भने एञ्जेलिनाको मेसेजको पर्खाइमा थिएँ।अँह एञ्जेलिनाको उत्तर नै आएन।अब भने साच्चीकै हार मानेँ मैले।लाग्यो सायद यो जुनीमा क्रिस्टिनासगं मेरो भेट हुदैन भनेर।क्रिस्टिनासगं भेट हुने आशा पनी मारिदिए। जे भएपनी एकचोटि भेट्न मात्रै पनी पाए हुन्थ्यो जस्तो लागी नै रह्यो।बिहे धुमधाँमसगं सकियो।बाहिरी मन हासेँ पनी भित्री मन हास्न सकेको थिएन मेरो।अरुहरुको अगाडि हाँसेको अभिनय त गरिदिन्थेँ।सबुको याद त खासै आउदैन थियो तर क्रिस्टिनाको यादले धेरै सताइरह्यो मलाइ।अझै पनी एञ्जेलिनाको मेसेजको कुनै पत्तो थिएन।अब त मेसेज आए पनी त्यसको कुने अर्थ थिएन।

         मेरो तीन महिनाको छुट्टि सकिनै लागेको थियो कम्पनीलाई छुट्टि बढाइदिनको लागी मेल पठाउनको लागी जिमेल खोले,एञ्जेलिनाले रिप्लाइ पठाएकि रहेछ जिमेलमा।मेसेज पढेँ दिउसैँ तारा देखेँ,मैले टेकेको जमिन नै भासिँएको जस्तो लाग्यो।उसको मेसेज निकै लामो थियो।क्रिस्टिनालाइ खोज्दा पाएको दुख,उसगं भेट भएपछिको खुसी,सब बखान गरेर लेखेकि थिइ।अरु-अरु पनी के-के थियो के-के।बस मेरो आखाँ जनवरी अन्तीममा क्रिस्टिना र म नेपाल आउदै छु मा गएर रोकियो।त्यो भन्दा धेरै पढ्न सकिन।'एञ्जेलिना अब धेरै नै ढिलो भईसक्यो' भनेर मैले रिप्लाई गर्नु पर्ने थियो म आफैँलाई थाहा छैन मैलेँ त्यतीबेला किनँ रिप्लाई गरिन।जिमेल लगआउट गरेँ,अब भने  बिदा थप्न मन लागेन।घरमा जनवरी २० मा फर्कन पर्नैभो कम्पनीले बिदा बढाउन मानेन भनेर झुटो बोलिदिएँ।काठमाडौँमा बहिनीलाई फोन गरेर कतारको लागी जनवरी २० को टिकट लिन लगाएँ।त्यसको भोलीपल्ट दिउँसो खेरि बहिनीको फोन आयो,नेपाल एयरको टिकट लिगेको र फलाईट रातको १०.४५ रहेको कुरा बताइ।मैले फोन राखिदिए।

       यति छिट्टै जान लागेकोमा श्रीमतीले नरमाइलो मानिन्।मैले निकै सम्झाएँ।एक बर्षमै आउछुँ अरु के-के हो के-के भनेर। हेर्दाहेर्दै कतार फर्कने दिन पनी आयो।श्रीमतीले काठमाडौँसम्म म पनी जान्छु  भनेर धेरै जिद्दि गरेकि थिई तर मैले मानिन।छुट्ने बेलामा काठमाडौँमा झन धेरै नरमाइलो हुन्छ भनेर सम्झाएँ।जनवरी १८ मा बुवालाई लिएर घरबाट निस्किए।बेलुका साँझमा काठमाडौँ पुगियो।भोलिपल्ट यसो किनमेल गरेँ।१९ तारिख नि तेत्तीकै सकियो लगेज मिलाउदैमा।२० तारिख बिहानैदेखी जानको लागी लगेज र झोलाहरु तयार गरेँ।बहिनी र बुवाको अनुहार निन्याउरो थियो।खुशी त म पनी कहाँ थिएँ र तर बाध्यता थियो।कोठाबाट छबजे नै निस्किएँ।मसगं बहिनी र बुवा पनी हुनुहुन्थ्यो।आठबजे म एरपोर्ट भित्र छिरेँ।बहिनीको आँखाभरी आँशु थियो,बुवाले भने जबर्जस्ती आफुलाई रोक्दैहुनुहुनथ्यो।अन्तीम चोटि बाई भनेर हात हल्लाएँ अनी बोडिङ पास चेक गर्ने ठाउँतिर लागेँ।प्लेनले एघार बजेतिर भुईँ छोड्यो।लगभग पाँचघण्टाको यात्रापछि कतारि समय अनुसार बार्‍ह बजेतिर जहाजले हामीलाइ दोहाको जिम्मा लगाइदियो।आगमन भबनबाट बाहिर निस्कदा एक बजिसकेको थियो।जहाजबाट बाहिर निस्किए रात पनी दिन जस्ते उज्यालो थियो।सोचेँ यो सब हामि जस्तैका रगत र पसिनाको देन होला। कुटिल मुस्कानको साथ त्यहि निरसलाग्दो जिन्दगीकाको लागि कतारले न्यानो स्वागत गरिरहेको आभास गरेँ।कुमार भाइ यहि नै हो क्रिस्टिनासंगको मेरो प्रेम अनी हाम्रो नियतीको कहानि।

      'सरी दाइ मैले तपाइको तितो बिगत जवर्जस्ती कोट्याउन लगाए।मानिसले सोचेको र चाहेको जस्तो जिन्दगी त कहाँ पाइन्छ र?समय र नियतीको सामुन्ने घुडा टेकेर आत्मसमर्पण गर्नु नै जिन्दगी रहेछ'।कुमारभाइले मलाइ ढाडस दिदै भन्यो।'हामीसबैको कथा एउटै हो सिर्फ परिस्थीती फरक न हो'।एकपलको लागी उ पनी भावुक बन्यो।सोचे मेरो जस्तै उसको पनी तितो कथा होला जीन्दगीको।दाइ एघार बजेछ अब 'म सर्भिसको लागी जानुपर्छ ल म गएँ है' भनेर उ मेरो कोठाबाट अलप भयो।मेरो खाटाँ बसेको माँयाको घाँउलाइ कोट्याएर।आज पनी उसको फेसबुकको अकाउण्ट बनाउने काम सधै झै थाती रह्यो म भने एञ्जेलिना पठाएको क्रिस्टिनाको तस्वीरहरुमा हराउन खोजे।तर सकिन ल्यापटप बन्द गरेर लागे मेसहलततिर दिउसोको खाना खानको लागी।
                बादल श्रेष्ठ
                  गोर्खा

1 comment:

  1. तपाईंको कथा लेखन क्षमतालाई मैले मानें । यति लामो कथा यति राम्रो र शिलसिलाबद्ध तरिकाले लेख्न सक्नु सामान्य कुरा होइन । किप इट अप ब्रो ।

    ReplyDelete