२०१४ नोवेम्बर २२ बिहानको ९.१५ मा कतार एरवेजको जहाजमा २-३ महिनाको लागी कतारलाइ बाइ-बाइ गर्दै आफ्नो जन्मभुमीतिर लागियो।पाँचघण्टाको उडानपछि जहाजले हामीलाई काठमाण्डुको काखमा सुम्पीदियो।करिब एकघण्टाको झण्झटिलो चेकिङ्ग पार गरेर बाहिर निस्किए।बुवा र बहिनी मेरो ब्याग्र प्रतिक्षामा बाहिर बसिरहेका थिए।टाढाबाटै बहिनीले बोलायो बाबु,बाबु हामी एता छम्।बुबा र बहिनीको साथमा सबुलाइ पनी नियाले तर देखीन।बिहान सबुले नि एरपोर्टमा लिन आउछु भनेकि थिइ तर उस्लाई देखिन।बहिनीलाई खुसुक्क सोधेँ सबु खोइ त।घर हिड अनी सब कुरा भन्छु बहिनीले बस् यति भन्दै मेरो लगेज घिसार्न थाली।हाम्रो ट्याक्सी गगंबुतिर हुइकियो।डेरामा पुगेर म बुवासगं भलाकुसरि गर्न थाले।बुवाको आखा छलेर बहिनीको मोबाइलबाट सबुलाइ फोन लगाए तर अहँ फोन लागेन कम्प्युटरले मोबाइल अफ गरिएको जानकारी दियो।त्यहाँबाट हान्नीएर भान्छामा पुगेँ भन् घर पुगेपछि भन्छु भनेको होइन कुरा के हो भनिहाल् सबुको रिस बहिनीलाइ पोखेँ।त्यसको अरुसगैं बिहे तय भइसक्यो अर्को हप्ता नै बिहे हुदैछ।ह्या बिर्सिदे तेस्ती नकचरीलाई लाज सरम नभकि बहिनी पनी सिधै सबुमाथी खनिइ।अनी बिहानसम्म त एरपोर्टमा लिन आउछु भनेकि थिइ नि त? मैले शंका गर्दै भने।मलाइ के थाहा तनी तिमारु बिचको कुरा?भोलि बिहानै भेट्न जा।बहिनीले सल्लाह दिइ।मायामा धोका खाँदाको पिडा कस्तो हुदोरहेछ बल्ल थाहा भो मलाई।एक मन त बिश्वास नै लागेको थिएन मनमा झिनो आशा भने बाँकि नै थियो।
रातभर निन्द्रा नै लागेन।रातभर पशुपतिनाथलाइ पुकारे हे भग्ँवान बहिनीले भनेको कुरा झुटो होस् मेरि सबु मलाइ नै देउ।कती खेर निदाएछु पत्तै पाइन।ओइ बाबु उठ् भन्या कती सुतेको?ला फोन गर तेस्लाइ,तेस्को फोन अन छ अहिले। जर्याक जुरुक ऊठेर बाहिनीको हातबाट फोन खोसेर सबुलाइ फोन गरे अनी १० बजे स्वयम्भुमा भेट्न बोलाएँ।हतार हतार हातमुख धोँएर जानको लागी तयार भएँ।ओइ खाना खाएर जा भर्खर ९ बजेको छ।अनी सुन म नि जान्छु तँसगैं बहिनिले हकार्दै भनिन।प्रेमिका भेट्न जादाँ नि दिदिबहिनी लिएर जान्छ नी?बरु पछि जन्ती लैजाम्ला म हर्षित हुदै भनेँ।अँ अब पनी तेरै प्रेमिका?अर्को हप्ता अरुसंगै बिहे हुदैछ तेस्को बहिनीले मलाइ खिस्याउदै जवाफ फर्काइ।तर मलाइ रत्तीभर बिश्वास लागेको थिएन बहिनीको कुरामा।बहिनीले मलाई एक्लै कुनै हालतमा नि जान दिइन।सगैँ नलगे सबै कुरा बुवालाइ भनिदिने धम्कि दिइ।अरु उपाय नलागे पछि बहिनीलाइ सगैं लानै पर्नेभो।
सबु सगंको भेटपछि हुनसक्ने सम्भावित दुर्घटनालाइ ख्याल गर्दै बहिनीले यस्तो गरेकि रहेछ पछि पो ऊस्ले भनी।खाना खाइवरि हामी दाजु बहिनी स्वयम्भुतिर लाग्यौ।१०.३० मा ठ्याक्कै श्वयम्भुमा पुगियो।सबु पहिल्यै आइसकेको रहेछ।मेरो साथमा बहिनीलाइ देखेर उ अली हच्किइ।ल तिमारु कुरा गरो म गए भन्दै बहिनी हामीभन्दा अली पर गएर बसिन।उसलाइ एकचोटि तलदेखि माथिसम्म हेरे तर उसको मुहारमा कुनै खुशीको लेप पनी थिएन जो मसगं थियो।मुहार मलिन र चिन्तित देखिन्थ्यो।आँखा रुदाँ-रुदाँ सुन्निएको जस्तो देखिन्थ्यो।मौनतालाइ चिर्दै 'हिजो एरपोर्टमा मलाइ लिन किन नआको'?मैले घुर्कि लगाउदै सोधेँ।'घरबाट आउनै दिएन' उनले यतिमात्रै भनिन।'किनँ''?मैले सोधेँ।एकछिनको मौनतापछि उस्ले भनि अर्को आइतबार मेरो बिहे हुदैछ अब मलाई बिर्सिदिनुस'।'के रे''?मैले अवाक्क हुदै सोधेँ।'घरबाट मलाई जबर्जस्ती बिहे गरिदिदैँ छन्' भुइँलाई ताक्दै उसले भनिन्।'जबर्जस्ति'?'यसमा तिम्रो स्वीकृति छैन'?शसंकित हुदै शोधेँ।'छैन' मेरो आखाँमा आखाँ जुधाउदै उनले भनिन्।'तेसो भए हामी भागेर बिहे गरुम न त' मैले उपाय निकाले।'म मेरो बुवाआमा हनी परिवारलाइ धोका दिन सक्दिन' लामो श्वास लिदै उनले भनिन्।'के गर्छस त उसोभए,मलाइ त धोका दिन सक्छेस होला नि'?मैले तिमीबाट एकैचोटि तँमा झरेर कुरा गरे।मेरो चर्को श्वर सुनेर बहिनी आफु बसेको ठाँऊबाट हामीतिर आइन्।'यो सब नाटक गर्नु थियो भने त्योबेला ज्यान फालेर मेरोपछि किन लागेको त'? मैले हकार्दै सोधेँ।'हाम्रो भाग्यमा यस्तै लेखेको रहेछ त के गर्नु मैले'।'तँ चुप् लाग अहिले आएर भाग्यलाइ दोष दिन्छस्'।उस्लाई बोल्दा बोल्दै रोकेँ।'मैले तँलाई तेहिबेला भनेको होइन यो केटि तेरो लागी ठिक छैन भनेर त्यो बेला मेरो एउटा कुरा सुनेन अहिले आएर .....' बहिनीले हामीलाइ हस्तक्षेप गर्दै भनिन्।'खुट्टा भए जुत्ताको के हर्ज,छानीछानी भनेजस्तो पाइन्छ'।'हिड् घर यस्तो नकचरिसगं के कुरा गर्छस्'?'लाजसरम नभकि कहिँकि'।मेरो हात तान्दै बहिनीले भनिन।मसगं बोल्नको लागी अब कुनै शब्द नै थिएन वा खै मलाई केभो तेतीखेर केहि बोल्नै सकिन तेसपछि।मुटु कुनै बगरेले छिया-छिया बनाएर काटेर लगेजस्तो आभास भैरहेको थियो।'अबदेखि मेरो दाईलाई फोन गरिस भने तँ चुडेल्नीलाई तेरो घरमै आएर भुतेल्दिन्छु बुझिस्'?बहिनीले सबुलाई ठाडो धम्कि दिदैँ मलाइ त्यहाबाट बच्चालाई जस्तो घिसार्दै तानिन्।सबु निशब्द हेरेको हेर्यै भइन्।
घर आएर सिधैँ बाथरुम गएँ अनी धक फुकाएर रोएँ बच्चा जसरि।'ओइ बाबु ढोका खोल?एक घण्टा भन्दा बढि भो बाथरुम गाको' बहिनीले ढोका फोडुला झैँ भनिन्।हारेको सिपाहीझै लुत्रुक पर्दै ढोका खोलेँ।'केटि जसरि के रोको नि छोरा मान्छे भएर नि?अघी भिनाजुले फोन गर्नुभाको थियो चार-पाँचओटि केटि हेर्नु भाको छ रे तेरो लागी त्यसैले भोलि नै घर जानुपर्छ बुझिस्'?ठाडो आदेस दिदैँ बहिनी भान्छातिर लागिन्।'म बिहेसिहे केहि नि गर्दिन अर्को महिना कतारै फर्किन्छु' मन गर्हौ पारेर भनेँ।'के रे '?'बिहे नगरि कसरी जादो रहेछस् हेरम्ला हामि पनी'।'मैले तेरोबारेमा सबै भन्दिसकेँ दिदि भिनाजुहरुलाइ अब बुवालाइ मात्र बाकिँ छ भन्न'।ठाडो धम्कि दिइ बहिनीले मलाइ।'पख् न तँ कालीलाइ मैले नि जान्या छु' निरुपाय हुदै भनेँ।त्यो रातभरि नि निन्द्रा लागेन झल्झली क्रिस्टिनाकै याद मात्रै आयो रातभरी।सायद मैले उसलाइ स्वीकार्नु पर्ने रहेछ,रातभरी यस्तै कुरा खेलीरह्यो मनमा।बहिनीकै मोबाइलबाट आफ्नो फेसबुक खोलेँ फ्रेण्ड लिस्टमा क्रिस्टिना लेखेर सर्च गरे तर उनको फेसबुक अकाउन्ट अझै बन्द रहेछ।लामो श्वास फेरेँ।एञ्जेलिनालाइ मेसेज गरेँ 'हाइ एञ्जेलिना के छ तिम्रो खबर?क्रिस्टिना कहाँ के गर्दै छ नि?क्रिस्टिनालाई भनिदिनु कि म उसगं माफी चाहान्छु,त्यती बेला म नै गलत थिएँ।अहिले आएर मलाई मेरो गल्तीको महसुस भइरहेको छ।मलाई उन्को यादले निकै सताइरहेको छ।म पनी उनलाइ धेरै माया गर्दछु।उनलाई गुमाएकोमा मलाई धेरै पछुतो लागिरहेछ।कृपया जसरी भए पनी मेरो मेसेज क्रिस्टिनासम्म पुर्याईदेउ।म उसकै प्रतिक्षामा छु।प्लीज एञ्जेलिना जसरि भएपनी मलाई मेरो मेसेजको उत्तर देउ ल'।त्यसपछि बल्ल मनमा शान्ती छायो।अब बने निदाउने प्रयास गरेँ।
काठमाडौँबाट छ बजेको बसबाट हामी गोर्खा लाग्यौँ।साँझ चारबजे घर पुगियो।बाटोभरि पनी फेसबुकमा मेसेज चेक गरेँ एञ्जेलिनाले मेसेज आयो कि भनेर।उत्तरको त परको कुरा त्यसले मेरो मेसेज पनी हेरेको रहेनछ।एकदिन-दुइदिन गर्दागर्दै बिसदिन भैसक्यो।एञ्जेलिनाको मेसेजको कुनै पत्तो थिएन।यता मेरो बिहे पक्का पनी भैसकेको थियो,दसदिन पछी बिहे हुदै थियो।सबजना बिहेको तयारीमा थिए।तर म भने एञ्जेलिनाको मेसेजको पर्खाइमा थिएँ।अँह एञ्जेलिनाको उत्तर नै आएन।अब भने साच्चीकै हार मानेँ मैले।लाग्यो सायद यो जुनीमा क्रिस्टिनासगं मेरो भेट हुदैन भनेर।क्रिस्टिनासगं भेट हुने आशा पनी मारिदिए। जे भएपनी एकचोटि भेट्न मात्रै पनी पाए हुन्थ्यो जस्तो लागी नै रह्यो।बिहे धुमधाँमसगं सकियो।बाहिरी मन हासेँ पनी भित्री मन हास्न सकेको थिएन मेरो।अरुहरुको अगाडि हाँसेको अभिनय त गरिदिन्थेँ।सबुको याद त खासै आउदैन थियो तर क्रिस्टिनाको यादले धेरै सताइरह्यो मलाइ।अझै पनी एञ्जेलिनाको मेसेजको कुनै पत्तो थिएन।अब त मेसेज आए पनी त्यसको कुने अर्थ थिएन।
मेरो तीन महिनाको छुट्टि सकिनै लागेको थियो कम्पनीलाई छुट्टि बढाइदिनको लागी मेल पठाउनको लागी जिमेल खोले,एञ्जेलिनाले रिप्लाइ पठाएकि रहेछ जिमेलमा।मेसेज पढेँ दिउसैँ तारा देखेँ,मैले टेकेको जमिन नै भासिँएको जस्तो लाग्यो।उसको मेसेज निकै लामो थियो।क्रिस्टिनालाइ खोज्दा पाएको दुख,उसगं भेट भएपछिको खुसी,सब बखान गरेर लेखेकि थिइ।अरु-अरु पनी के-के थियो के-के।बस मेरो आखाँ जनवरी अन्तीममा क्रिस्टिना र म नेपाल आउदै छु मा गएर रोकियो।त्यो भन्दा धेरै पढ्न सकिन।'एञ्जेलिना अब धेरै नै ढिलो भईसक्यो' भनेर मैले रिप्लाई गर्नु पर्ने थियो म आफैँलाई थाहा छैन मैलेँ त्यतीबेला किनँ रिप्लाई गरिन।जिमेल लगआउट गरेँ,अब भने बिदा थप्न मन लागेन।घरमा जनवरी २० मा फर्कन पर्नैभो कम्पनीले बिदा बढाउन मानेन भनेर झुटो बोलिदिएँ।काठमाडौँमा बहिनीलाई फोन गरेर कतारको लागी जनवरी २० को टिकट लिन लगाएँ।त्यसको भोलीपल्ट दिउँसो खेरि बहिनीको फोन आयो,नेपाल एयरको टिकट लिगेको र फलाईट रातको १०.४५ रहेको कुरा बताइ।मैले फोन राखिदिए।
यति छिट्टै जान लागेकोमा श्रीमतीले नरमाइलो मानिन्।मैले निकै सम्झाएँ।एक बर्षमै आउछुँ अरु के-के हो के-के भनेर। हेर्दाहेर्दै कतार फर्कने दिन पनी आयो।श्रीमतीले काठमाडौँसम्म म पनी जान्छु भनेर धेरै जिद्दि गरेकि थिई तर मैले मानिन।छुट्ने बेलामा काठमाडौँमा झन धेरै नरमाइलो हुन्छ भनेर सम्झाएँ।जनवरी १८ मा बुवालाई लिएर घरबाट निस्किए।बेलुका साँझमा काठमाडौँ पुगियो।भोलिपल्ट यसो किनमेल गरेँ।१९ तारिख नि तेत्तीकै सकियो लगेज मिलाउदैमा।२० तारिख बिहानैदेखी जानको लागी लगेज र झोलाहरु तयार गरेँ।बहिनी र बुवाको अनुहार निन्याउरो थियो।खुशी त म पनी कहाँ थिएँ र तर बाध्यता थियो।कोठाबाट छबजे नै निस्किएँ।मसगं बहिनी र बुवा पनी हुनुहुन्थ्यो।आठबजे म एरपोर्ट भित्र छिरेँ।बहिनीको आँखाभरी आँशु थियो,बुवाले भने जबर्जस्ती आफुलाई रोक्दैहुनुहुनथ्यो।अन्तीम चोटि बाई भनेर हात हल्लाएँ अनी बोडिङ पास चेक गर्ने ठाउँतिर लागेँ।प्लेनले एघार बजेतिर भुईँ छोड्यो।लगभग पाँचघण्टाको यात्रापछि कतारि समय अनुसार बार्ह बजेतिर जहाजले हामीलाइ दोहाको जिम्मा लगाइदियो।आगमन भबनबाट बाहिर निस्कदा एक बजिसकेको थियो।जहाजबाट बाहिर निस्किए रात पनी दिन जस्ते उज्यालो थियो।सोचेँ यो सब हामि जस्तैका रगत र पसिनाको देन होला। कुटिल मुस्कानको साथ त्यहि निरसलाग्दो जिन्दगीकाको लागि कतारले न्यानो स्वागत गरिरहेको आभास गरेँ।कुमार भाइ यहि नै हो क्रिस्टिनासंगको मेरो प्रेम अनी हाम्रो नियतीको कहानि।
'सरी दाइ मैले तपाइको तितो बिगत जवर्जस्ती कोट्याउन लगाए।मानिसले सोचेको र चाहेको जस्तो जिन्दगी त कहाँ पाइन्छ र?समय र नियतीको सामुन्ने घुडा टेकेर आत्मसमर्पण गर्नु नै जिन्दगी रहेछ'।कुमारभाइले मलाइ ढाडस दिदै भन्यो।'हामीसबैको कथा एउटै हो सिर्फ परिस्थीती फरक न हो'।एकपलको लागी उ पनी भावुक बन्यो।सोचे मेरो जस्तै उसको पनी तितो कथा होला जीन्दगीको।दाइ एघार बजेछ अब 'म सर्भिसको लागी जानुपर्छ ल म गएँ है' भनेर उ मेरो कोठाबाट अलप भयो।मेरो खाटाँ बसेको माँयाको घाँउलाइ कोट्याएर।आज पनी उसको फेसबुकको अकाउण्ट बनाउने काम सधै झै थाती रह्यो म भने एञ्जेलिना पठाएको क्रिस्टिनाको तस्वीरहरुमा हराउन खोजे।तर सकिन ल्यापटप बन्द गरेर लागे मेसहलततिर दिउसोको खाना खानको लागी।...... समाप्त.......
बादल श्रेष्ठ
गोर्खा

No comments:
Post a Comment