तीनवर्ष पहिले म एक औधोगिक कम्पनीमा इलेक्ट्रीक डिपार्टमेन्टमा मर्मत सम्भार अन्तर्गत फोरमेनको काम गर्दथे।त्यहा मेरो जीवनको हरेक दिनको लगभग नौ घण्टा बित्थ्यो।यो क्रियाकलाप त्यहा काम गर्न थाले देखि एकै रुपमा चलिरहन्थ्यो शुक्रबार बाहेक।२०११ जुन महिना,बिहिबार,हप्ताको अन्तिम दिन बिहानको ७:३० कोठा नम्बर इ ४०३,कोठा बन्द थियो तर भित्र मान्छे चॉहि थियो।मैले एक-दुइ पटक ढोका ढकढक गरे अनी ढोका खोले।कोठाभित्र युरोपियन मुल कि तेस्तै पच्चिस-छब्बिस बर्षकी एक युवती थिइ।जो कम्प्युटरमा एकटकले खै के काम गर्दै थिइ र मेरो एक्सक्युज मि म्याम रुपि भुतले उ झस्किइ।आफुलाई सम्हाल्दै उसले भनी 'एस टेल मि'।'गुड मर्निङ म्याम आम बादल फ्रम मेन्टिनेन्स डिपार्टमेन्ट,आइ हाभ नोटिफिकेसन एबाउट इलेक्ट्रीक प्रोबलम इन दिस रुम',मैले एकै श्वासमा भने।केहि क्षणको मौनतालाई चिर्दै मसँग काम गर्ने भारतीय टेक्नीसीयनले भन्यो 'उइ आर सरि फर डिस्टर्बिङ यु'।उनले आफूलाई सम्हाल्दै भनिन् 'इट्स ओके इट्स ओके यु विल दु युर्स जब' भन्दै उठिन।लगभग पन्ध्र मिनेटमा हामीले आफ्नो काम सक्यौ।त्यहाको काम सकेर हामी फर्कनै लागेको थियौ।उसले भनी 'हेल्लो',मसंग काम गर्ने भारतीयले भन्यो 'एस म्याम'।'यु' उसले म तर्फ सङकेत गर्दै भनि।'एस म्याम' मैले ढोका बाटै सोधे।उसले मलाइ आउन भनी।टेक्नीसियनहरुलाई बॉकि कामको नोटिफिकेसन र जवपरमिट थमॉउदै कामतिर पठाएँ र म उसको अफिसमा फर्किए।
आफ्नो अघिल्तिरको कुर्चीतिर देखॉउदै मलाई बस्ने संकेत गरि र आफ्नो कुर्सीमा बस्दै उस्ले सोधी 'तिमी के लिन्छौ कफि वा चिया?' 'दुधचिया' मैले बस्दै भने।यती बेलासम्म मेरो मनमा भुइचालो गइसकेको थियो।खुट्टा लगलग कामिरहेको थियो।मैले त्यस्तो कुनै गल्ती गरेको पनी थिइन।तर पनी यस्ले मलाइ किन रोकेर राखेको छ?मैले केहि सोच्नै सकिन।किनकी उनी ठुलै पदको मान्छे थियो।उनले फोनमा एक दुधचिया र कफि अर्डर गरीन।फोन राख्दै उनले मेरो नाम सोधि,'बादल' मैले यती मात्रै भनेँ।उनले आफ्नो नाम क्रिस्टिना र भर्खर एक महिना अघी मात्र यो कम्पनीमा आएको कुरा एकै श्वासमा बताइ।अरु पनी उसले के-के बताएकी थिइ आफनो बारेमा तर त्यसको कुरामा मेरो ध्यान नै थिएन।मनमा खाली यस्ले मलाई किन रोकेर राखेको छे?कि मेरो बारेमा कम्प्लेन गर्नलाइ पो हो कि?जस्ता अनेकौ प्रश्न मनमा सल्बलाइहेको थिए।'चिया' उनको आवाजले म झसङ्ग भए। कति छिटो चिया पनी आइसकेछ।
तिमी कुन देशको'?उस्ले म तर्फ चिया सार्दै सोधी।'नेपाल' मैले भने।उस्ले नेपालको बारेमा धेरै सुनेको कुरा वताइ।सगरमाथा,बुद्ध,पहाड, मन्दिर, झर्ना इत्यादि ।म चकित भए नेपालको बारेमा यस्लाइ यती धेरै कुरा कसरी थाहा भो?उस्को आमा बुबाले नेपाल घुमिसकेको र यो सब उसको अभिभावकले नै बताएको रहेछ उसले सुनाइ।
कफीको चुस्कि लिदै उनले मलाइ सोधी 'तिमी घर कहिले फर्कने हो नी'?बचेको चिया सक्दै भनेँ 'म भर्खर दुइ महिना अघी मात्र आएको हुँ सायद दुइ बर्ष पछि'।'दुइ बर्ष'?अत्यास मान्दै उस्ले भनी।लाग्थ्यो उ नै जादै छ।'तिमी नि'? मैले सोधे।'अब पाँच महिना पछि','नेपाल चॉहि तिमिसंगै जाने' यती छिट्टै मसंगै नेपाल घुम्ने योजना नी बनाउन भ्याइन उनले।हामी बिच अरु धेरै कुराहरु पनी भए।
'बादल सर' ढोकाबाट मेरो एउटा टेक्नीसियनले बोलायो यस्सो घडि हेरे कति चाडै एघार बजिसकेछ।'मेरो खाना खाने टाइम भो अब म जान्छु' उठ्दै भने।'तिम्रो फेसबुक अकाउण्ट छ'?'तिम्रो मेल आइडि र फोन नम्बर दिएर जाउ न' उनले पेन निकाल्दै भनीन।म त्यहाबाट मेरो फोन नम्बर र मेल आइडि दिएर निस्के।मेरो टेक्नीसियन सोद्धै थियो त्यस्ले किन बस भनेको रहेछ के काम रहेछ किन, के आदि इत्यादि।जुन प्रश्नको उत्तर मसङ्ग नै थिएन।'जस्ट टल्कीङ्ग अबाउट नेपाल' मैले उ तर्फ हेर्दै भने्,'आइ डन्ट बिलिभ' मेरो उत्तरको ठाडो असहमति जनाउदै उस्ले भन्यो। त्यहाबाट हामी सिधै मेसहलतिर लाग्यौ खाना खानको लागी।
लगभग एक घण्टाको छुट्टिपछि मुस्किलले हामीले त्यो दिनको काम सक्यौ।किनकि बिहानै मेरो तिन-चारघण्टा त्यो फ्रेञ्च केटिसंग गफ गर्दा खेर गएको थियो।आखिर जे होस आजको समय आरामले बित्यो।
सधै झै त्यो दिन पनी कोठामा फर्केर फेसबुकमा आएका सबै साथीहरुको मेसेज रिप्ल्याए।एउटा फ्रेन्ड रिक्वेस्ट आएको रहेछ,खोले क्रिस्टिना कै रहेछ।एसेप्ट गरे।तुरुन्तै उताबाट मेसेज आयो।'के छ खबर'?उ प्रश्न गर्दै जान्थी म त्यस्को उत्तर दिदै जान्थे।लाग्थ्यो म अन्तर्बार्ता दिदै छु उनलाई, च्याटिङ गर्न मलाइ बोर नै लाग्छ।त्यो दिन उसंग दुइघण्टा मुस्किलले च्याट गरे।
क्रिस्टिनासंग भेट भएको लगभग एकमहिना पछिको कुरो हो,शुक्रबारको दिन थियो।म सुती रहेको थिएँ,हरेक शुक्रबार म नौबजे सम्म नै सुत्छु।मेरो लागी शुक्रबार सुत्नकै लागी छुट्टि भएको जस्तो लाग्छ।हुन पनी त्योदिन सुत्नु,फेसबुकमा च्याटिङ् गर्नु,गित सुन्नु र फिल्म हेर्नु भन्दा अरु कुनै खास काम नै हुदैन थियो मेरो।घुम्न मलाई खासै मन लाग्दैन।भिडभाडबाट टाढै रहन मन लाग्छ।सिरानी मुनीबाट मोबाइलको रिङ्टोन बज्यो चार पाच चोटि नै, मेरो निन्द्रा नै बिथोलिने गरी।सिरानी मुन्तीरबाट मोबाइल निकालेर हेरे क्रिस्टिनाकै रहेछ।'एकाबिहानै यस्ले किन फोन गरि'?एक्लै गनगनाए।कल रिसिभ गरे मैले हेल्लो भन्न नपाउदै उताबाट आवाज आयो 'गुड मर्निङ बादल फेसबुकको मेसेज पढ तिम्रो लागी सरप्राइज छ'।सिर्फ यती भनेर उसले फोन काटिदिइ।मैले गुड मर्निङ टु यु भन्न नि भ्याइन।
बिहानै के को फेसबुक?झर्को पनी लाग्यो।तैपनी के रहेछ त नि भनेर मोबाइल बाटै चेक गरे। 'बादल म तिमिलाई एकदम मन पराउछु र म तिमीलाई भित्रैदेखि माया गर्छु' उस्को सरप्राइज यहि नै थियो।
एउटि फ्रेन्च युवती जो हरेक स्तरमा म भन्दा माथी छे,म एक निम्न मध्यम बर्गको मान्छे,मेरो एक महिना भरिको कमाइ उ एक दिन मै कमाउछे।हामी विचको सम्बन्धको परिकल्पना समेत सम्भब नै थिएन।यी कुरा भन्दा पनी म पाच-छ महिना अघीदेखि सबुसगंको सम्बन्धमा थिए। तीनवर्ष पछिको छुट्टीमा गएर उनीसँगै बिहे गर्ने योजना समेत बनाइसकेको थिएँ मैले।म उनलाई छोडेर क्रिस्टिनालाई कदापी स्वीकार्न सक्दिन थिएँ।मेसेजको उत्तर त दिनु नै थियो।'पहिले मेरो फेसबुकमा गएर प्रोफाइल हेर',सिर्फ यति नै लेखेर पठाएँ।
'स्कइपीमा आउन' उताबाट तुरुन्तै अर्को मेसेज आइहाल्यो।स्काइपी खोले,'हाई' भने।'मलाइ तिम्रो रिलेसनसिप स्टाटस प्रती कत्ती पनी बिश्वास लागेन'।मेरो हाइ को उत्तर सुरु मै यसरी दिइन उनले।मैले हाम्रो बारेमा धेरैकुरा बताए तर उताबाट खाली म बिस्वास नै गर्दिन,मलाई बिस्वास नै लागेन भन्ने बाहेक अरु आवाज नै आउदैन थियो।उसको सोचाइ यस्तो थियो कि म उसैको पेवा हुँ र यस्मा अरु कसैको अधिकार नै छैन।जती भन्दा पनी बिश्वास नगरेपछि स्कइपीमा नै लेखेर पठाइ दिए,'बास्तबमा म तिमीलाई मन नै पराउदिन।त्यसैले म तिमीलाई माया गर्न कुनै हालतमा पनी सक्दिन त्यसैले कृपया मेरो जिन्दगीमा भाँजो हाल्ने काम नगर'।'हाम्रो सम्बन्ध एक असल साथी बाहेक अरु हुन सक्दैन र मलाई तिमी प्रती घृणा गर्नुपर्ने स्थिती सृजना नगर'।
त्यसपछि स्काइपी,फेसबुक र मोबाइल सब बन्द गरे अनी ल्यापटपमा अंग्रेजी फिल्म 'लर्ड अफ द रिङग' हे्र्न थाले।तर मन भने निकै अस्थीर थियो।फिल्ममा पटक्कै ध्यान थिएन।के गरु र कसो गरुको उकुस मुकुस भइरहेको थियो।ल्यापटप बन्द गरे अनी बाहिर पसलमा गएर एउटा सफ्ट ड्रिङकस पिएर कोठामा फर्के।मनमा अझै शान्ती थिएन।सबुलाई फोन लगाएँ।लगभग अरुबेला बढिमा पन्ध्रमिनेट कुरा गर्ने म त्योदिन एकघण्टा भन्दा बढि कुरा गरे सबुसंग। यती लामो कुरा कतार आएपछि सबुसगं फोनमा कहिल्यै भएको थिएन।बल्ल मन हलुका भयो।
बिहानीको पाँच बजेदेखि मेरो दिनचर्या सुरु हुन्छ।बिहानीको सबै नित्यकर्म सकेर छ बजे सम्म जसरी पनी अफिसको बस चढिसक्नुपर्ने।साइट अफिसमा गएर सब कागजपत्र तयार गरेर हरेक कोठाहरुमा 'एस्क्युज मि म्याम,एस्क्युज मि सर आम बादल फ्रम मेन्टिनेन्स डिपार्टमेन्ट,आइ हाभ नोटिफिकेसन एबाउट इलेक्ट्रीक प्रोबलम इन दिस रुम' भन्दै जबरजस्ती हॉस्ने प्रयास गर्दै आफ्नो काम सक्नु।हरेक दिनलगभग पाँच-छ घण्टा मेरो यसरी नै बित्छ।सिनियर स्टाफहरुको शनिबार पनी बिदा हुने कारणले गर्दा त्यो दिन हाम्रो खासै काम हुन्न।अफिस आयो हाजिर गर्यो चिया कफी पियो साथिहरुसगं देश-बिदेशसम्मको कुरा गर्यो त्यती नै हो।तर कहिलेकाही चाहि शनिबारको दिन पनी निकै काम हुन्छ जुन अरु दिन गर्ने बाताबरण मिल्दैन।क्रिस्टिनासंग स्काइपीमा खटपट भएको भोलीपल्टको शनिबार नै मैले सुपरभाइजरसगं मेरो अर्कै ठाऊँमा सरुवा गराइमागे।
आइतबार देखि मेरो काम अर्कै ठाउँमा हुने निश्चित भो।सोचेँ अब त्यो क्रिस्टिना रुपी काँडाबाट मुक्त हुने भए,शान्तीको लामो श्वास लिगेँ।त्यस पछिको दिनहरुमा हामी बिचको सम्पर्क ठ्याक्कै बन्द भो,उसले पनी कन्ट्याक्ट गरिन मैले झन गर्ने कुरै भएन।तिन-चारदिन पछि बल्ल फेसबुक खोलेँ।पाचँ-छवटा मेसेज रहेछन।सब एक-एक खोलेँ,धन्न क्रिस्टिनाको रहेनछ।
दिन,हप्ता,महिना क्रमैसगं बित्दै गए।कती छिट्टै कतार आएको पनी तेह्र महिना भइसकेछ।हिजै जस्तो लाग्छ एरपोर्टबाट बहिनी र बुवाले रुदै बिदाई गरेको।समय बित्न कती नै बेर लाग्छ र बस् धैर्यता राख्नसक्नु पर्नेरहेछ।
ज्वरोको कारण हिजोदेखि म बिरामी बिदा लिएर बसेको थिए।आज चाहि केहि सञ्चो भएको अनुभब गरिरहेको थिएँ।सुत्दा-सुत्दा झ्याउ लागेर फेसबुक खोले कोहि पनी अनलाइनमा थिएन।स्काइपीमा त झन हुने कुरै भएन।त्यती मेसो नपाएर हो कि ट्विटर खोल्यो भने झन निन्द्रा लाग्थ्यो।पत्रिकाहरुमा पनी पढ्न लायक खासै केहि थिएन।जिमेल खोले अब बाकि त्यहि त थियो।दुइसय त्रिपन्नवटा मेसेज रहेछन।वास्तवमा म जिमेल त्यती खोल्दिन।नढाँटि भन्नु पर्दा फेसबुक ट्विटर स्काइपीको पासवर्ड बिर्सदा र चेञ्ज गर्दा बाहेक जिमेल खासै खोल्दिन।आज के मुड चल्यो कुन्नी जिमेल खोले।एक-डेढ बर्षदेखिका पुराना मेसेजहरु रहेछन।सब चेक गरे ति सब फेसबुक र ट्विटरका कमेन्ट,बर्थ डे आदि आदिका नोटिफिकेसन थिए।दिक्क लाग्यो टाइम पास गर्ने अरु कुनै उपाय थिएन तेसैले मन नलागी-नलागी एक-एक चेक गर्दै गएँ।दुईसय उनान्पचासौ मेसेजमा आएर मन ढक्क भो।
मेसेज क्रिस्टिनाको थियो।मेसेज २०११ जुलाइ १७ आइतबार आएको रहेछ,मेसेज खोलेर हेरे।'बिर्सन त तिमीलाई कुनै हालतमा पनी सक्दिन तर पनी बाध्य भएर बाई भनेर कतार छोडेर जादैछु।तिमीले मलाई माया नगरे पनी मेरो शरिरमा अन्तिम श्वास रहेसम्म म तिमीलाई नै माया गरिरहनेछु।तिमी नै मेरो जिन्दगीको पहिलो र अन्तिम प्रेमी हौ।म तिमीसंग बाचा गर्छु कि तिमीले मलाई जहिले र जुन हालतमा बोलाए पनी म सबकुरा छोडेर तिम्रो जिन्दगीमा खुशिका साथ आउनेछु।त्यो पल मेरो जिन्दगीको अन्तीम पल नै किन नहोस्'।सारांशमा उस्को मेसेज यस्तो थियो।जेहोस् उनी र उनको पागल प्रेमलाइ सलाम गर्न मन लाग्यो मलाइ।उनको त्यो हदसम्मको पागलपनमा म निकै भाबुक भएँ।ज्वरोबाट उत्रने बित्तीकै क्रिस्टिनाको बारेमा सोधखोज गर्न थाले उनको अफिसमा गएर।त्यहाँ जतीपनी टि-ब्वाइ,अफिस-ब्वाइ थिए, मैले सबैसगं उनको बारेमा सोधेँ।
उनी १९ जुलाइसम्म ड्युउटिमा आएकि रहिछिन र उनले २१ जुलाइमा कतार छोडेकि रहेछ।यो कस्तो पागलपन हो कुन्नी एक साधरण र मामुली केटा सगंको एकोहोरो प्रेम असफल भएको कारणले जागिर नै छोडेर हिड्नुपर्ने। त्यो पनी चार-पाँच दिनभित्रमा नै।मनमा एक किसिमको नरमाइलो अनी अपराधबोध अनुभव गरेँ।कोठामा फर्केर फेसबुकमा फ्रेन्डलिस्टमा उनलाइ खोजे।उनले फेसबुक अकाउण्ट डिएक्टिभ गरेको रहेछ।अब उसगं भेट्ने कुनै माध्यम नै थिएन।मलाई अचानक एञ्जेलिनाको याद आयो।उनको र मेरो भेट क्रिस्टिनाले नै गराएको थिइ स्काइपी मार्फत।उनले एञ्जेलिना आफ्नो स्कुलदेखिकै घनिष्ट साथीको रुपमा चिनाएकि थिइ मलाइ।त्यस दिनको स्काइपी बार्तालाप पछि उनले नै मलाइ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएकि थिइ।हाम्रो मुस्किलले दुइ-तिन चोटिमात्र च्याटमा भेट भएको थियो।उ फ्रान्सको कुनै एक कम्पनीमा सेक्रेटरीको पदमा काम गर्दथी।
अब मसगं क्रिस्टिनालाई भेट्ने एकमात्र माध्यम एञ्जेलिना नै थिइ।उसलाई मेसेज गरे 'हाइ एञ्जेलिना केछ खबर अनी अहिले कहाँ छौ तिमी?मेसेज त गयो अनी अब उस्को मेसेजको प्रतिक्षामा बस्न थाले।एकदिन-दुइदिन गर्दै एकमहिना बिते उताबाट मेसेजको उत्तर नै आएन।उत्तर त धेरै परको कुरा उसले मेरो मेसेज हेरेको सम्म थिइन।अब भने मैले हार माने अब यो जन्ममा सायद क्रिस्टिनासगं मेरो भेट हुदैन जस्तो लाग्यो।
आशा त मरिसकेको थियो तर दुइ महिनाको लामो प्रतिक्षापछि बल्ल एञ्जेलिनाको मेसेज आयो।'बादल मलाई बिश्वास नै लागिरहेको छैन कि तिमीले मलाई अझै सम्झिरहेको छौ'।'थ्याङक्स गड'।'धेरैपछि मैले तिम्रो मेसेज पाएँ,धेरै खुशि लाग्यो तिम्रो मेसेज देखेर।'म यहाँ सकुशल छु अनी तिमीलाई कस्तो छ नि?म अझै पनी फ्रान्समा त्यहि कम्पनीमा नै काम गरिरहेको छु।तिमी र तिम्रो साथी क्रिस्टिनाले जसरि आफ्नो मातृभुमि छोडेर अरुको देशमा जान सकिरहेको छैन।हामी अर्को आईतबार बिहानको १०.३० अनलाईनमा भेटौ न,हुन्छ'? 'हुन्छ' मैले उत्तर पठाएँ।आखिर म त्यहि त चाहन्थे।तर अर्को आपत बिहान १०.३० तर कहाँको?उताको कि यता को?इन्टरनेटमा फ्रान्सको टाइम चेक गरे जे होस कतार भन्दा सिर्फ एक घण्टा मात्रै ढिलो रहेछ।
टाउको दुखेको बहाना बनाएर त्यो दिन म काममा गइन।आठ बजेदेखी नै फेसबुक खोलेर एञ्जेलिनाको पर्खाइमा बसेँ तै पनी छिट्टै आइहाल्छे कि भनेर।ठ्याक्कै कतारको एघार बजेर पाँच मिनेटमा अनलाइनमा देखापरि उ।हामीबिच लगभग दुइघण्टा जती च्याटमा कुरा भए।क्रिस्टिनाको हालखबर के छ त नी?अन्तीममा छुट्टिने बेलामा मैले सोधेँ।'कतारबाट फर्के पछि मेरो र क्रिस्टिनाको जम्मा दुइ चोटि भेट भएको थियो त्यो पनी एकमहिना भित्रमा नै।त्यती बेला उ धेरै तनाबमा अनी दुखीत थिइ।उस्ले तिमीहरु बिचको सवै कुरा मलाइ बताएकि थिइ।मैले उसलाई धेरै सम्झाए।बादलको कुनै गल्ती छैन यो सिर्फ तेरो पागलपन हो।बिर्सिदे उसलाइ,आफुलाई सम्हाल भनेर।अहँ उसले यस्तो कुरो सुन्नै चाहिन।दुबै भेटमा मैले क्रिस्टिनालाइ यस्तै भन्दै निकै सम्झाएको थिए। तर मैले उसको मन परिवर्तन गर्न सकिन उ उसकै कुरामा निकै दृढ थिइ।बादल त्यो यती पागल भएको थिइ कि तिमीसगंको एकोहोरो प्रेममा हाम्रो भेट भएको एकहप्ता नबित्दै सब कुरा त्यागेर पेरिसदेखि लगभग सात सय किलोमिटर टाढा निमेसो भन्ने सहरमा रहेको चर्चको शरणमा गई।उसगं मेरो भेट भएको छैन।थाहा छैन आजभोलि कस्तो छ त्यसलाई'।त्यसपछि फेरि भेटौला भन्दै एञ्जेलिना बिदा भइन च्याटिंगबाट।
हेर भाई उसको यो कुराले एकमन त खुसि नै लाग्यो एकमन दुखी।प्रेममा मानिस कतीसम्म पागल हुने रहेछ यसको उदाहरण मेरोसामु छर्लगैं भएको छ।अब उसलाई बिर्सनु बाहेक मसगं कुनै उपाय थिएन।भाई त्यसपछी मेरो र एञ्जेलिनासगं कुनै दिन पनि भेट भएन। .........क्रमश.........
बादल श्रेष्ठ
गोर्खा

No comments:
Post a Comment