सारिका
थाहा छैन तिमीले अन्तर्मनदेखि नै मेरो बारेमा चिन्ता प्रकट गर्यौ या मात्र देखावटी रुपमा।बास्तबमा तिमीले अब मेरो बारेमा चिन्ता प्रकट गर्नु पनी ब्यर्थ हो मेरो बुझाइमा।म हिन्दि फिल्मको त्यो देबदास होइन जो पारुको यादमा आफ्नो पुरै जिन्दगी बर्बाद पार्ने।हो सारिका मेरो जिन्दगीबाट तिमी गयौ,न त म बिष्मित छु न त तिमीसगं मेरा कुनै गुनासो नै छन्।म प्रतिको तिम्रो प्रेम एउटा लहड अनि देखावटि थियो जुन मैले उहिल्यै अनुमान गरेको थिए।जुन तिमीजस्ता भर्खर कलेज पढ्ने किशोरकिशोरिहरुको लहड नै हुन्।तिनीहरु मध्य तिमी यो अर्थमा फरक रह्यौ किनकि तिम्रो प्रेमी न त तिमी पढ्ने कलेजको विद्धार्थी नै थियो।न त स्कुले साथी या टोलको।तिमी एक साधरण मजदुर केटोको पछि ज्यान फालेर लाग्यौ जो कहिलेकाहि तिम्रो कलेजमा कामको सिलसिलामा झुल्किन्थ्यो।यहि कारणले पनी तिमीप्रतिको बदलाको भाब मेरो मनमा एकरत्ती पनी पलाएनन।म अरुहरुले जसरि सामाजिक सञ्जालहरुमा आफना पुर्बप्रेमिका या प्रेमिको बदनाम गरेजस्तो गर्न पनी सक्दिन।न त तिमीसंग ब्ल्याकमेल नै गर्न सकछु।न त तिमीलाइ मजनुको लैला या मदनको मुना जसरी संस्मरण नै गर्न सक्छु।बस तिमी मेरो जिन्दगीको एक अतित सिवाय केहि होइनौ।म प्रतीको तिम्रो सोचाइ के छ कुन्नी?आखिर जे भए पनी मैले तिमी प्रतिको मेरो सोचाइ जे छ त्यो भन्दा बढि अपेक्षा कहिल्यै गरेको छैन।
प्रतिष्ठित कलेज अनी,त्यस कलेजको तिमीहरु पढ्ने कक्षाको एअरकन्डिसनर मर्मत गर्न पुगेको दिन। सायद तेहि नै पहिलो दिन थियो होला तिमीले मलाइ देखेको।साठि प्रतिशत केटिहरुले भरिएको कक्षामा तिमी कँहा अनी कुन बेञ्चमा थियौ मलाइ हेक्कै थिएन।बास्तबमा मैले कोहि कसैको हेक्का नै राखेको थिइन,तिम्रो त के कुरा।मेरो मोबाइल नम्बर तिमीले कसरि भेट्यौ अाज पनी म यो कुराले सोचमग्न हुन्छु।यसबारेमा न मैले तिमीसंग सोधे।मलाइ सोध्नु जरुरी त लागेन तर पनी यहि कुराले सोचमग्न चाहि हुन्थे।घरदेखि टाढा एक्लै,जागिरको खोजमा निस्किएको म।साथमा गाँउमा रहेका बुढा बाआमा अनी बहिनीको जिम्मेवार।अरुबेला भन्दा साँझमा म तेसै-तेसै भाबविह्वल हुन्थे।पढाइमा त मन गएन,सुगारटाइ शिक्षाको कुनै औचित्य पनी देखिन।आइए दोस्रो बर्ष पढ्दापढ्दै औपचारिक शिक्षा छोडिदिए बिचैमा।बरु आफ्नो काममा बढि लगाव दिन थाले।
त्यो रात खाना खाइवरि अंग्रेजी फिल्म 'द लर्डस अफ द रिङग' हेर्दै थिए,यतिक्कैमा मेरो मोबाइलमा कसैको फोन आयो।राती-राती यसरी मलाइ फोन आउनु पेशाको हिशाबले कुनै नौलो कुरो थिएन।कामको सिलसिलामा बेलुका त के आधीरातमा पनी मलाइ फोन आइरहन्थ्यो।तर त्यो फोन मेरो जिन्दगीको लागी बेग्लै अनी स्मरणिय रह्यो।फोन उठाए अपरिचित केटि मान्छेको आबाज म अलमल्ल परेको थिए।तिमीले नै आफ्नो परिचय दियौ चिन्न त चिनिन तर सेटो सर्ट अनी चेकस्कर्ट लगाएर कलेज जाने केटिको मानचित्र मानसपटलमा घुमिरह्यो।तिमीसंग गफ के गरे याद त छैन,त्यो एक घण्टे गफ पछि भोलिपल्ट नै तिमीलाइ तिम्रो कलेजनेरको क्याफेमा भेटेको पल सम्झदा अहिले पनी रोमाञ्चीत हुन्छु म।मेरो लागी तिमीसंगको पहिलो भेट अनी जिन्दगीको पहिलो प्रेमप्रस्ताव,म पो असिनपसिन भए।मान्नुपर्छ तिमीहरु प्लस टु पढ्ने उरेञ्ठेउलाहरुलाई।हामीहरुलाई एकदुइ बर्ष लाग्ने काम पहिलो भेटमै निम्ट्याउने तिमीहरुको साहसलाई।अक्क न बक्क म चियाको पैसा नतिरी कुलेलम ठोकेछु त्यहाबाट,अहिले सम्झदा नि हाँसो उठ्छ।त्यो दिनको घटनाले मेरो मानसिकता नै बिग्रियो।बिहानको खाना बनाउने जाँगर नै चलेन दुइ-तिनकप चियामा नै मन बुझाए।मोबाइल फोन अफ गरेर काममा पनी नगइ पुरै दिन फिल्म हेरेर बिताए।बेलुका अल्छि मान्दै खाना बनाए पेटमा मुसा जो दगुरिरहेका थिए।सोच्नै सकिरहेको थिइन तिमी,तिम्रो प्रेम प्रस्ताब अनी त्यसको सवाल, सुतिदिए निष्फिक्री त्यो रात।सायद तिमी मोबाइलमा मेरो मेसेजको पर्खाइमा ब्यग्र पुरै रात अनिदो रह्यौ होली।
त्यो पुरै एक हप्ता न तिम्रो फोन आयो न मैले नै तिमीलाइ फोन गरे,दिनहरु सधै झै एकै रफ्तारमा बिते।फिल्मको किरो म हलमा गएर हेर्न त मन लाग्दैन कोठामै डिभिडीमै हेर्न मन लाग्छ तेसैले त कलेज एडमिसन गर्ने पैसाले टिभि र डिभिडि किनेर ल्याएको थिए।सनिबारको त्यो दिन चारपाचवटा हिन्दि अनि अंग्रेजी फिल्मका चक्का अनी चियाको लागि दुइतिन प्याकेट दुधको पोकाको जोहो गरिसकेको थिए।खाना पकाउने झञ्झट कसले गरोस सुरु गरे फाइनल डेस्टिनेसनबाट।ढोकाको ढकढक,फिल्म रोकेर ढोका खोल्न दगुरे सायद घरबेटि दिदि होला भनेर।अकस्मात ढोकामा तिमीलाइ देखेर म दोस्रो चोटि अक्कबक्क भए।नबोलाइकनै तिमी भित्र पस्यौ।त्यो भन्दा नि मेरो डेरा कसरि पत्ता लगायौ म अर्को सोचमा परे तर यो पनि तिमीलाइ सोधिन र सोध्न उचित ठानिन।ढोका बन्द गरे अनि सुरु भो तिम्रा प्रबचन,आँशु अनी प्रेमका उदाहरण सहितका परिभाषा।तिमी अनि तिम्रो प्रेम प्रसताब स्वीकार छ,कुन मुडमा मैले त्यतिबेला तिमीलाइ अनायसै भनिदिए थाहा छैन।अनयासै मिलेको खुशीको मातले जोशमा होस गुम भो हामी दुवैको।अाफुलाइ ममा समर्पित गराइिदयौ,आफ्नो सर्वस्व लुटाइदियौ।तिमी अनि तिम्रो प्रेमको नियत मैले बुझिहाले त्यहि दिन।थाहा छैन तिमीप्रतिको मेरो सोच गलत थियो या सही।
बाइकको पछाडि दोलालघाट,नगरकोट,ककनी,ह्वाइटगुम्वा तिर दगर्नु,हप्ताको एकदिन मल्टिप्लेक्समा फिल्म हेर्नु,सपिङग गर्नु तेहि नै थियो तिम्रो प्रेमको परिभाषा।पत्तै नपाइ यसरि नै हाम्रा पाँचवटा बर्ष बिते। यसबिचमा न त हामीबिच कहिल्यै मनमुटाव भए न त तिमीले मसंग कहिल्यै घुर्कि नै लगायौ।न त कुनै डिमाण्ड नै गर्यौ।
बिएस्सी प्रबेस लगत्तै तिमीमा केहि फरकपना महसुस गरेको थिंए मैले।तिमी निकै ब्यबहारिक हुन थालेका थियौ,मलाइ फजुल खर्चमा अंकुश लगाउन थालेका थियौ।तिमी मलाई एउटा प्रेमिकाको नभइ श्रीमतीको हैकम चलाउन थालेका थियौ।प्राय हरेक बिदाको दिन तिमी मेरैमा बिताउथ्यौ।पढाइप्रति तिम्रो लगाब बढ्दो थियो, प्रत्येक चोटि आउदा झोलाभरि कापीकिताब बोकेर आउथ्यौ,त्यसैले त तेतिबेला हामीले पहिले जसरी बाहिर बरालीन छोडेका थियौ।म शंसकित हुन थाले साच्चै तिमीलाई मैले चोखो प्रेम गर्न थालेँ कि भनेर।तिमी प्रती मेरो जुन सोच थियो तिमीमा मैले त्यो कहिल्यै भेटिन।मेरो त्यो तिमीप्रतीको विचार गलत मात्रै हैन घृणित नै लाग्न थाल्यो।
म निकै आहत भएको थिएँ त्यतीबेला,एक प्रतिष्ठित अनी सम्भ्रान्त बर्गको छोरी तिमी अनी कँहाको गरिब किसानको छोरो म।थाहा छैन भोलिका दिनहरुमा के हुन्छ भनेर।तिमीले गरेको सानो गल्तीको परिणाम तिम्रो मातापिता लगायत तिमीमुनिका भाइबहिनिहरुले समेत चुकाउनुपर्थ्यो।यहि कुराले पनी ममा अपराधबोध हुन्थ्यो।लाग्थ्यो यसै पलदेखि तिमीसंगको सम्बन्ध तोडिदिँउ तर जब तिमीलाइ भेट्दथे ति सब बिचारहरु त्यत्तीकै हराएर जान्थे।भोलिका दिनहरुमा मैले ठुलै मुल्य चुकाउनु पर्ने देखीन्थ्यो अनी संघर्ष पनी।हामी एउटा निष्कर्षमा पुग्नु थियो चाहे मिलन होस या बिछोड।यि दुवै मध्य एक घटनाले हाम्रो जिन्दगीमा ठुलै हलचल अनी आँधिबेरि ल्याउने पक्का थियो।तिम्रो मातापिता अनी तिम्रो भाइबहिनिहरुको खातिर भएपनी मैले तिम्रो साथ छोड्नुपर्ने निश्चित थियो।भित्रभित्रै आफुलाइ यो पलको लागि तयार पार्न थाले।मृत्युको मिति नै थाहा भैसकेको मान्छेले जसरि जिन्दगी उल्लासमय अनी खुशीसंग बिताउछ त्यसरि नै तिमीले मलाइ भरपुर प्रयोग गर्यौ,मैले चुपचाप सहिरहेँ।थाहा थियो भोली कुनै न कुनैदिन तिमी मलाइ छाडेर कुनै अर्को अञ्जान दुनियाँमा हराउनेछौ भनेर।
बिएस्सी सकिएलगत्तै तिम्रो बिहेको कुरा चलेको थियो,तिमीले मलाइ नभने पनि मैले थाहा पाएको थिए त्यो कुरा।न त तिमीले मलाइ कहिल्यै बिहेको नै प्रस्ताब गर्यौ न त मैले तिमीलाइ बिहेको आशा नै देखाएको थिँए।त्यतीबेला भने म हाम्रो सम्बन्धप्रती ज्यादा शंसकित हुन थालेको थिए।मलाइ लाग्दथ्योअब हाम्रो प्रेमको आयु चरमबिन्दुमा पुगिसकेको छ,जुन दुइचारदिनमै मर्दैछ।मलाइ त्यतीबेला आभाष भएको थियो हामीबिचको प्रेम जिबनभरको लागी थिएन,न त बिबाह नै हाम्रो लक्ष थियो।यदि थियो भने तिन-तिन चोटिसम्म एबोर्सन गर्दासम्म तिमीले न त्यसलाइ जोगाउन खोज्यौ,न त बिहेको कुरा नै उप्कायौ।पहिल्यैदेखीको तिमीप्रतीको मेरो आशांका अझ मजबुत भएर आएको थियो त्यतीबेला।तिम्रो बिहे तय अनी इन्गेजमेन्ट भएको दिन म भने तिमीसंगको प्रेमको नाफाघाटाको जोडघटाउमा लागेको थिए।तिमीले मलाई कहिल्यै भनेनौ मेरो बिहे हुदैछ र मेरो इन्गेजमेन्ट समेत भइसक्यो भनेर तर पनी आफुलाइ अन्तिम पलसम्म ममा नै समर्पित गराइरह्यौ।आखीर तिमीले नभने पनी तिथीमिती सहित मलाइ थाहा थियो तिम्रो छिट्टै बिहे हुदैछ भनेर।मलाई तिमीप्रती कुनै गुनासो रहेन,न त इर्ष्या नै जाग्यो बस् आफुलाइ तिमीमा समर्पित गराइरहे।
गतहप्ता देखि एक्कासि तिमी अनी तिम्रो फोन आउन बन्द भो कारण थाहा थियो।त्यसैले त सोधखोज अनी फोन केहि पनि गरिन मैले पनी।साथी मार्फत भए पनी तिम्रो बिहे हुदैछ भनेर चिठी चाहि पठायौ,जे होस खुशी लाग्यो।एक कल फोन या एक मेसेज गरे पनी हुन्थ्यो,म दुखि चाँहि हुदैनथिए।गत सनिबार तिमी नयाँ जिन्दगीको सुरुवात गर्दैथियौ म भने फिल्मका साथ चियाको बदला बियरमा रमाइरहेको थिए।पहिलो अनी अन्तिम चोटि।कहरले होइन रहरले प्रेमिकाको बिहे भएको दिन तिम्रो प्रेमको सम्मानको लागी।
आजभोलि मेरा दिन तेही पाचबर्ष पहिले तिमीसंग भेट हुनु अघी जसरि नै बितिरहेको छ।आजकाल घरबाट कचकच धेरै नै आउनथालेको छ बिहेको लागी।सायद अब म यो कचकच धेरै झेल्न सक्दिन होला।अब म चाहान्न मेरो जिन्दगीमा तिम्रो पुनरागमनको,न त तिम्रो जिन्दगीमा नै पुन: प्रबेशको कल्पना नै गर्न सक्छु।आजभोली म जहिल्यै पशुपतीनाथसंग प्राथाना गर्दछु अब हाम्रो भेट कहिल्यै नगराइदेउ भनेर,जन्म-जन्म सम्म पनी।म चाहान्छु अब हाम्रो सम्बन्ध एक अपरिचित भन्दा बढी नहोस।
सायद अब मलाइ लाग्छ म प्रतीको तिम्रा चिन्ता दुर भए होलान।म तिमीलाइ स्मंरण गराउन चाहान्छु यो नै तिम्रालागी मेरो जिन्दगीको पहिलो अनी अन्तीम पत्र हुनेछ।तिमीलाइ अबगत गराउन चाहान्छु कृपया अब भुलेर पनी मेरो जिन्दगीमा नचिहाउनु।मैले किन तिमीलाई पत्रको सुरुवातमा सम्बोधन गरिन भन्ने सोचमा पर्यौ होला।बास्तबमा मसंग तिमीलाइ सम्बोधन गर्ने शब्द नै छैन,न त सम्बोधन गर्ने कुनै नाता नै बचेको छ।सोचिरहेको छु,आज हाम्रा सम्बन्ध कती चाँडो सम्बोधन विहिनको परिबेषमा पुगिसकेछ।मेरो जिन्दगीसंग सम्बोधन विहिन सम्बन्ध रहेको तिमीलाई सम्बोधन बिहिन यो चिठि पठाइदिए,भुल भए माफ पाँउ।अलबिदा तिम्रो जिन्दगीबाट ............. ।
बादल श्रेष्ठ
गोरखा,नेपाल
.jpg)
राम्रो छ
ReplyDeleteअनी
अझै यस्तै राम्रो लेख्दैजानु।
सुभकामना।