रातको ११:१५वजेको फ्लाइदुवइको फ्लाइट
मार्फत दुवई जाँदै
गरेको म वल्ल
वल्ल १० वजे
एयरपोर्ट भित्र छिरे।हरेक
कुरोमा लापरवाह रहने नराम्रो
वानीको कारण मेरो
जिन्दगीम धेरै उथलपुथल
भएका छन।हतारहतार भित्र
पसे,वोर्डिगं चेकअप
भएपछि सारिकालाई मेसेज
गरे तिम्रो खुशिकोलागी
यो शहरका साथै
प्राणभन्दा प्यारो देश छोडेर
जादैछु।भग्वानसंग प्राथना गर्छु तिम्रो
जिन्दगी सुखसयलमा बितुन र
आगामी दिनहरुमा मेरो
कुनै आवस्यकता नपरुन,अलविदा सारिका।र त्यसपछि
सुहानीलाई मेसेज गरे प्यारी
सुहानी, मप्रती देखाएको सारिकाको
पछिल्लो व्यवहारप्रती मैले आफुले
आफुलाइ रोक्न सकिन र
देश नै छोडेर
जादैछु।सायद अव हाम्रो
भेट संयोगले पनी
नहोला,मलाइ अन्यथा
नसोच्नु।र यदि तिमी
मेरो समिप रहन
चाहन्छौ भने मलाई
इमेल गर्न सक्छौ,मोवाइल स्विच अफ
गरिदिए।त्यसपछि म सिधै
जहाजतर्फ लागे।
एयरहोस्टेजले मधुर मसिनो
आवाजमा न्यानो स्वागत गरि।मन
त्यसैत्यसै खुशीले पुलंकित भो।एयरहोस्टेजले
मेरो सिट देखाइदी।केहिक्षणमै
जहाजले नेपाली धर्ती छाड्यो।
घरपरिवार,साथीभाइ र देश
छोड्नुको पिडाले मुटु नराम्ररी
दुख्यो,मनै वोझिलो
भो।कहिलेकाहि मान्छेले चाहना नै
नगरेको पलहरुको सामना नी
गर्नुपर्ने रहेछ।सोच्दै नसोचेको व्यक्तिहरु
जीन्दगीक़ा गोरेटोहरुमा अकस्मात भेट
भैदिन्छन र मिठामिठा
सपनाहरुको आशा देखाएर
वेपत्ता भैदिन्छन।भयंकर
आँधी र तुफानहरु
ल्याइदिएर।एकपटक लामो श्वास
लिँगे अनी आँखा
चिम्म गरेर सुत्ने
अभिनय गरे।
लैन्चौरबाट लाजीम्पाटतिर पैदल
जाँदै थिए।एउटा स्कुटी
मलाई नै हाँनुला
झै गरेर हर्न
बजाउदै मेरै अगाडि
बाटो छेकेर घ्याच्च रोकियो।झनक्क
रिस उठ्यो तिनका
बाउकै विर्ता सम्झन्छन
कि क्या हो
बाटो पनी त्यहि
भएर रहेछ माइक्रो
बस र ट्याक्सीहरुले
देखि नसह्ने मनमनै
गाली गरे।वादलजी नमस्कार
स्कुटिवालीले हेल्मेट फुकाएर मुस्कान
छर्दै अभिवादन गरी।एक
अपरिचित युवतीले मेरो नाम
नै काढेर अकस्मात
सम्वोधन गर्दा म अवाक्क
भँए।मौनतालाई चिर्दै उनले नै
वार्तलाप सुरु गरीन
म सुहानी।सुहानी? म
सोचमग्न भए।मैले ठम्याउन सकिन
नी यहाँलाई।म सारिकाको
वहिनी उनले तुरुन्तै
जवाफ फर्काइन।सारिका शव्दले
मेरो मनमा हलचल
मच्याइदियो पलभरमै।आफुलाई जवर्जस्ती सम्हाले।कती हलक्कै
वढेछौ हगी चिन्नै
नसकिने गरि,अनी
वुवामुँवा सञ्चै हुनुहुन्छ नी
औपचारिकता निभाएँ।अँ सवै जना
कुशलमंगल नै हुनुहुन्छ
तर सारिका अलि
विरामी छे।के भयो र
सारिकालाइ म व्यग्र
भए अचानक।
उनले खुइया
सुस्केरा छाडिन एकपटक अनी
गहभरी आँशु टिलपिल
पार्दै भनिन दिदिले
यतीखेर मानसिक सन्तुलन गुमाउनु
भएको छ।दिदिलाइ पागल
घोषित गरेर हर्ष
अर्को विहे गर्ने
दाँउमा छ।तपाईलाइ थाहा छ
यो सब हर्षको
कर्तुत हो उनले
मौनता चिर्दै भनिन्।तिमी
कसरि यकिनका साथ
भन्न सक्छौ यो?उसको आखामा
आखा जुधाउदै सोधे।दिदिले
ममिसंग हर्षको बारेमा धेरै
चोटि सिकायत गर्नुभएको
थियो रे,भन्दैहुनुहुन्थ्यो
रे हर्षको वाहिर
अरु केटिसंग सम्वन्ध
छ भनेर।तर ममिले
पत्याउनु भएनछ उल्टै
दिदिलाइ झपारिदिनु भएछ अनावश्यक
शंका नगर भनेर।त्यो
वेला ममिले दिदिलाइ
विश्वाश गर्नुभएको भए आज
दिदिको हालत यस्तो
हुन्थेन्।यती भन्दै उनी रुन
थालिन।हुने हार दैव
नटार भन्छन वितेको
पलहरुका कुरा गरेर
फाइदा छैन वरु
समस्यासंग अब कसरी
लड्ने भनेर सोचौ।उनलाइ
ढ़ाडश दिदै भने
वरु मलाइ सारिकासंग
भेटाइदेउ।म भरेभोली हजुरलाई फोन
गर्छु,आशु पुछ्दै
उनले भनिन्।त्यसपछि उनी
दरवारमार्ग तिर कुदिन
म एक तमाशले
उनि गएतिर एकटकले
हेरिरहेँ।
विदेसीने हुटहुटिले मलाई
पनी कहाँ वाँकिराखेको
थियो र?लाजिम्पाट
स्थीत एक एजेन्सीमा
गएर पासपोर्ट लगायत
सम्पुर्ण डकुमेन्टहरु वुझाएँ।मोवाइलको घण्टी
वज्यो,सुहानी रहेछ।उठाएँ,हजुर कहा
हुनुहुन्छ?औपचारिकता विना नै
उनले मेरो लोकेसन
सोधिन।लाजिम्पाट छोटो उत्तर
दिएँ।जहिल्यै लाजिम्पाटमा भेटिनुहुन्छ त
लव परेको छ
कि क्या हो
त्यतातिर?हाँसोमिश्रित आवाज आयो
उतावाट। एकजना दाईलाई भेट्नुथियो।हिजो
तिमी र तिम्रो
मादक सौन्दर्यताले भुसुक्कै
विर्साइदिए,आज भेट्न
आएको नी मैले
पनी यताबाट गफ
पेलिदिए।कती गफाडी हुनुभएछ तपाइ
त आजभोलि,एनिवेए
आज म घरमै
हुन्छु यता आउनुहुन्छ?सुहानीले भनिन।ल म
आइहाले यतीभनेर फोन राखिदिए।
एजेन्सीवाट सिधै वुढानिलकण्ठतिर
हाँन्निए।
मलाइ नै
कुरेर गेटमा वसिरहेकि
रैछिन उनी।दिदिलाई कस्तो
छ अहिले?कहिलेकाँहि
त दिदिको यो
बैनीको वारेमा नी सोध्नुस
न।उनले ठ्ट्टा गरिन।प्लीज आम
सिरियस,हल्का रिसाइदिएँ।आम जस्ट
किडिगं,ल हिड्नुस
भित्र उनले आग्रह गरिन।उनको आमवुवासगं
औपचरिकता भेटघाटपछि हामी सारिकाको
कोठामा गयौ।भर्खरै औषधी खाएकि
थी त्यसैले सुतिरहेछ।हिड्नुस
चिया खान।उनले अनुरोध
गरिन।मलाई यहि ल्याइदेउ
नजिकैको कुर्सिमा बस्दै भनेँ।उनी
चुपचाप गइन भान्सातिर।म
सारिकालाई हेरेर बसिरहेँ।ज्यानमा हड्डी
र छालामाँत्र वाँकी
थियो,खाल्डो परेको
गाला,फुङ्ग उडेको
अनुहार,लट्टा परेको कपाल,मैलो ज्यान
उत्तीकै फोहोर कपडा।उहिलेको सारिका
र अहिलेको उनको
अवस्था देखेर आफैलाइ नै
रोक्न सकिन म
त रुन पुगेछु।अझै
पनी उत्तीकै माँया
गर्नुहुन्छ है सारिकालाई
उनको आवाजले म
झस्किए।चोखो मायालाई अनर्थ लगाउन
सकिन्छ दुरी घटाउन
सकिन्छ तर माँया
नै मार्न
कहाँ सकिन्छ र
यो कुरा विचरीलाई
के थाहा,मनमनै
सुहानीलाई भनेँ। तर चुपचाप
चिया लिएर उनी
व्युझने पर्खाइमा बसिरहे।
एक घन्टाजतीको
पर्खाइपछि उनी व्युझीइन।त्यसपछि
एकटकले मलाई गोलभेडा
जत्रा आँखाले हेरिरहिन।त्यसपछि
एक्कासी प्लीज मलाइ केहि
नगर्नुस प्लीज भन्दै दराजको चेपमा लुक्दै
चिच्याउन थालिन।उनको यो अवस्था
देखेर मैले आफुले
आफैलाइ रोक्न सकिन म
वच्चा झै घ्वाघ्वा
रुन थालेछु।मेरो रुवाइले
उनी चुप लागिन।वादलजी
आफुलाइ सम्हाल्नुस सुहानीले मलाइ
ढाँडमा थपथपाउदै भनीन।मेरो रुवाइ
वन्द भएपनी आँशु
भने वग्न छोडेका
थिएनन।सारिका म वादल
भन्दै उनको अली
नजिक गएँ।उनी झन
डराउदै दराजको चेपमा लुक्ने
कोशिस गर्न थालीन।झन
भक्कानो फुट्यो मेरो।मेरो रुवाइले
उनी केहि सामान्य
बनीन।हामीले एकअर्कालाइ हेरिरह्यौ निकैबेरसम्म
नै।अहिले भने उनी
केहि सामान्य भैइन।अब
चाहि म अलि
नजिक गए उनले
केहि प्रतिक्रिया जनाइनन।झन
नजिक गए,उनको
हात,गाला,टाउको
मुसारे।उनी चुपचाप रहिन।अझै नजिक
गएर उनको कपाल
मुसार्न थाले उनी
एकटकले मलाई हेर्न
थालिन।त्यसपछि उनलाई खाना खुवाँइदिए,उनले आज
चुपचाप खाना खाएको
देखेर उनको सवै
परिवार आश्चर्यचकित भए।प्रेममा यती
धेरै शक्ति हुन्छ
भन्ने कुरा मलाई
थाहा नै थिएन,सुहानी कानैमा फुसफुसाइन।म
चुपचाप रहे उनको
त्यो कुराप्रति।
आजको रात
अवेरसम्मै निन्द्रा लागेन,जिन्दगीम
पहिलो चोटि अचम्मको
औडाह भैरहेको थियो
मनमा।आँखाभरि सारिकाको दुर्दशा नाचिरह्यो।मानवसभ्यताले
जतिसुकै दुरि पार
गरे पनी हाम्रो
समाजमा अझै पनी
ढुंगेयुगमा झै यौनपिपाशुहरु
अवोध सारिकाहरुको शिकारमा
हरेक गल्लीहरुमा उत्तीकै
भेटिन्छन।यस्तै सोच्दासोच्दै राती कुनवेला
निदाएछु।
विहान सवेरै वुढानिलकण्ठ
गएर सारिकाको स्याहार
सुसार गर्ने अनी
साँझ अवेर कोठा
फर्कने यसरि नै
मेरा एक महिना
विते।आजभोलि सारिका लगभग पुरै
ठिक भैसकेकि थिइन।प्राय
हरेकदिन सुहानी र म मिलेर उसलाइ काठमाण्डौ
वरिपरि घुमाउन लैजान्थ्यौ।
दिन,हप्ता
र महिनाहरु विते।मैले
भेटेको लगभग ३महिना
पछि सारिका सामान्य
अवस्थामा फर्किसकेकि थिइन र
छिट्टै नै काममा
फर्कने सुरसारमा पनी जुटीसकेकि
थिइन।
त्यसपछि सारिकासंग मेरो
भेटघाट निकै कम
हुन थाल्यो।उनको व्यस्तताले
होला भनेर चित्त
बुझाउन खोज्थे तर फोनमा
त भेटिन सकिन्थ्यो
नि?मन चस्स
हुन्थ्यो।सायद सम्वन्ध पुरानै स्थीतिमा
फर्कने हो कि
भनेर उनलाइ
डर लाज्ञ्ो कि।त्यस्तो
हुन अब म
पनी कहाँ दिन्थे
र?आजभोली सारिकासंग
भेटघाटसंगै फोनमा कुरा हुने
क्रम पनी लगभग
वन्द नै भैसकेको थियो।कहिलेकाँहि
सुहानीको माध्यमबाट कुरा हुन्थ्यो।
धेरैपछि एकसाँझ सुहानीसंग
अचानक भेट भो।कुराकानी
लम्वीदै गयो।अन्त्यमा अर्को महिना सारिकाको
इन्गेजमेन्ट रहेको र मलाई
आउन निम्तो दिइन।अनी
हर्ष?मैले विस्मीत
हुदै सोधे।हर्षसंग दिदिको
डिभोर्स भएको नी
छ महिना बढि
भैसक्यो,उनले सामान्य
तरिकाले जवाफ दिइन्।यत्रो
घटनापरिघटना घटिसकेछ तर तिमीहरुले
मलाई खवरै गरेनौ
है?मैले रोष
प्रकट गरे।दिदिले हजुरलाई
नभन्न भन्नुभको थियो
त्यसैले,उनले मलीन
हुदै भनिन।सारिकाले त
इन्गेज्मेन्ट हुदैछ भनेर नी
नभन्नु भनेकि होला नि
मेरो शव्द आक्रोशपुर्ण
थियो।उनी नाजवाफ भइन।मैले उसलाई
एउटा साथी वाहेक
अरु केहि सोचेको
थिइन तर उनको
सोच नै कपटपुर्ण
रहेछ र त मसंग भाग्ने
प्रयास गरिरहेकि छे,अर्को
आक्रोश पोखे।आखिर जे भएनी
उनलाई मेरोतर्फवाट शुभविवाहको
अग्रीम शुभकामना सुनाइदिनु।उनको नयाँ
दाम्पत्य जीवन सुखमय
वितुन,विगतका जस्ता
दुर्घटना अव कहिल्यै
नदोहोरिउन।यती भनेर म
उनीसंग अनुमति नलिकनै त्यहाँबाट
हिडे।कोठामा फर्केर वियरका वोटलहरुसंग
सारिकाको रिस पोखिरहेँ।
फोनको घण्टीले निन्द्रा
खुल्यो आठ बजिसकेछ,टाउको अती नै
दुखिरहेको थियो,हिजो
तनावमा धेरै नै
पिइएछ।सारिकाको फोन रहेछ
उठाउन मन लागेन।उनी
मेरो कोठामा जुनसुकै
वेलामा आउनसक्ने सम्भावना थियो।विहान
सवेरै कोठावाट निस्किए।अव
मसंग कोठा सर्नुको
विकल्प थिएन।सोचेँ विदेश नै
जानेभएपछि दुइदिनको लागी के
कोठा सर्नु।वरु केहि
दिनको लागी गाँउ
हान्नीने योजना बनाए।विदेशिने मेरो
रहर अरु झन
मौलाउन थाले।
एकदिन एजेन्सीवाट फेरी
फोन आयो दुवइको
राम्रो कम्पनीवाट सेक्युरिटी अफिसरको
लागी अर्कोहप्ता अन्तर्वार्ता
हुदैछ भनेर।।अव जुनसुकै
हालतमा पनी नेपाल
छोड्ने संकल्प गरे र
मेरोलागी यो भन्दा
सुनौलो मौका अरु
थिएन।भोलिपल्ट नै काठमाण्डौ
फर्किए।अन्तर्वार्ता दिए,सफल
पनी भयो र
तलव,सेवा,सुविधा
राम्रै लाज्ञ्ो।अब त सिर्फ
इन्तजार थियो त
भिषाको।
लगभग दुई
महिनापछि भिषा आएको
जानकारि एजेन्सीले दियो
र तुरुन्त पैसा
बुझाउन वोलायो।भोलिपल्ट नै गएर
पैसा तिरे।उनीहरुले एक
हप्ता पछिको फ्ल्याइटको
टिकट नी फिक्स
गरे।म त पहिले
देखि नै पुरै
तयारि अवस्थामा थिए
खासै तयारी गर्न
वाँकी केहि थिएन।
एक्सक्युज मी सर,
एयरहोस्टेजको आवाजले मेरो अतीतका
स्मरण यात्रा यहि
टुगिंयो। एस टेल
मि सम्हालिदै भने।यु
निड एनी ड्रिक्स
एण्ड डिनर?नो
थ्यांक्स भनीदिए,म जस्तो
सामान्य मान्छेको लागी फ्ल्याइदुवइको
मेनु र त्यसको
मुल्य तिर्नसक्ने हैषियत
नै थिएन भन्दा
पनी हुन्छ।यतिवेला सारिका
मस्त निन्द्रामा होली
नयाँ जिन्दगीको सपना
देख्दै।म यता जाग्राम
छु तैपनि सपना
देखिरहेको छु अर्कै
नयाँ जिन्दगीको तर
विल्कुल फरक किसिमको।आखिर
सपना,सपना न
हो तर पनी
कती फरक छ
उनले र मैले
देख्ने सपनामा।सायद हाम्रो वास्तविकता
यहि नै होला।
वादल श्रेष्ठ(१२-२०-२०१५)
गोर्खा

No comments:
Post a Comment