Friday, 14 August 2020

मेरो शहर अनी यो शहर

 अचेल म सोच्दछु

मेरो शहर अनी यो शहर,

मेरा जिन्दगीका फरक आयामहरु हुन्।

मेरो शहरले बाँच्न र बचाउन सिकायो।

मेरो शहर हरियाली थियो,हिमाल,पहाड स्वर्ग झै थियो,

क्षितिजमा घाम र जुन लुकामारी खेल्दथे,पहाडले वादलको वर्को ओडेझै लाग्दथ्यो।

खोलाहरू चञ्चल हुदै सागर भेट्न हतारिन्थे,तालहरु चुपचाप रमिता हेरिरहन्थे।

स्वर्ग झै थियो मेरो शहर,वेफिक्री लाग्दथ्यो

मनमा उर्लिदो सपनाहरूको वेगले यो  शहरमा हुत्यायो।

यो शहर जहाँतहीँ स्वार्थैस्वार्थ मानवताहिन लाग्दछ

प्रगतीशिल छ यो शहर तर निर्दयी लाग्दछ।

यो शहरमा लुटिइएका हरेक मेरा श्रमहरुमा खुशी,सुखको पिडायुक्त चिच्याहटहरु भेट्दछु।

बुढा बाबाको मलिन अनुहार जिवनसंगीनीको कलेटि ओंठ छोरोको आशातित नजर

यसैले अनेकौ सपनाहरु साँच्दै कौडिको भाउमा  आफैलाई लुटाइरहेछु।

रूखो लवज, मरुभुमीको ताप समुन्द्रको पानी झै तिक्तता

फुगं रगं उडेका चेहेराहरु,असुहाउदो मुस्कान, मनमा रिक्तता।

म बाँच्न र बचाउनकै खातिर संघर्ष गरीरहेछु

शितका थोपासरी खुशी बटुलिरहेछु।

त्यसैले त म अचेल सोच्दछु।

मेरो शहर अनी यो शहर

मेरा जिन्दगीका फरक आयामहरु हुन्।

No comments:

Post a Comment