Saturday, 19 March 2016

कच्चा तेल र हाम्रो जिन्दगी



कामको चाप दुईचार दिनदेखी वढ्दो थियो।त्यसमाथी आज एकजना टेक्निसियन आएको रहेनछ।
“हे रामा प्रभाकरण आएन”?चिच्याएको जतिकै आवाजमा सोधेँ।
“अहँ,बसमा त देखिन मैले” रामाले कानबाट हेडफोन हटाउदै भन्यो।
सिधै प्रभाकरणलाई फोन लगाए,दुइ घन्टिमै फोन उठ्यो,उताको हलोको जवाफ नी नफर्काइ अविलम्व सोधे “तिमी किन नआएको आज”?
“अयप्पनले सुसाईड गरेछ त्यहि जान लागेको” उसले कुरो नलुकाइ सिधा उत्तर दियो।
“हँ”?त्यस्पछि मेरो कुनै आवाज नै निस्किएन।निकैवेरको मौनातालाई तोड्दै भने उसोभए “मलाइ नि पर्खी म पनी ऑउछु”।
“ओके” यती भनेर उसले फोन राखिदियो।

   त्यसपछि म जागिरसागिर हापेर कोठातिर दगुरे।

     विगत दुइ वर्षदेखी म प्रभाकरणको सिनियर थिए तर पनी हामी एकदम नजिकको घनिष्ट साथी थियौ।हुन त उ एक दक्षिण भारतिय थियो र म नेपाली,तर साथिको नातालाई भुगोलले कहाँ छेक्न सक्दो रहेछ र?हामीहरु एकअर्काको परिवारमा समेत परिचित भइसकेका थियौ।
     
   प्रभाकरण मलाइ नै कुरेर बसिरहेको रहेछ क्याम्पको गेटमै।उस्को मलीन अनुहार अनी मेरो बिग्रेको मथिग्ङलको कारण हामीविच केहि कुराकानी भएन।म सिधै कोठातिर लागे युनिफर्म फेर्न,उ पनी मेरो पछिपछि आयो चुपचाप।सामान्य टिसर्ट र जिन्स पाइन्ट लगाए,"ल हिड जाम अब"।उ उसरि नै चुचाप मेरो पछि लाग्यो।स्टेशनमा एकछिनको पर्खाइ पछि बस पनी आयो,हामी दुवै चुपचाप अन्तीमको दोस्रो लहरको सिटमा गएर बस्यौ।उसले कानमा हेडफोन कोच्यो मैले चस्मा लगाएर सुतेको अभिनय गरे।
      
    एकबर्ष अघीको कुरो त हो प्रभाकरणले जवर्जस्ती उसको दाइ(अयप्पन)कोमा जान मलाई वाध्य पारेको थियो त्यो पनी उतै वास वस्ने गरेर।अयप्पनको सपरिवार यतै थियो र घरको न्यास्रो मेट्न हरेक छुट्टीको दिन प्रभाकरण दाइकँहा नै जान्थ्यो।त्योदिन हामीलाई लिनको लागीअयप्पन स्वयम गाडि लिएर हाम्रो क्याम्पको गेटैमा आएको थियो।बाटोमा अयप्पनले आफ्नो आइप्याडमा केरेलामा भर्खरै फिनिसिगं  भएको आफ्नो घरको फोटो देखायो।उसको त्यो भव्य घर मेरो लागी त दरवारै समान थियो।उसले वैंकवाट ऋण लिएर घर वनाएको खुलासा पनी गर्यो।कमाइ उसको राम्रै थियो हाम्रो एक वर्षको तलव भन्दा वढि तलव त उ एक महिनामै वुझ्थ्यो।जावो त्यती  ऋण त उसले एक वर्षमै निखन्न सक्थ्यो।म चाँही चुपचाप थिए वेलावेलाम अय्प्पनको कुरोमा सहमती जनाउन मुन्टो हल्लाउथे।“ओइ के भो”  प्रभाकरणले मेरो मौनातालाई भंग गर्यो।“नाइ केहि भएको छैन” छोटो उत्तर दिए।“परिवारको याद आयो हो”?अयप्पनले सोध्यो।“अँ “मैले कुरो टुगांए।
      
    जुम्ल्याहा जस्तै देखिने अयप्पनको छोराछोरि दुवै मलाई देखेर ट्वाँ परे,”अकंलहरुलाई नमस्ते गर”,हामी आएको चाल पाएर भाउजुले भान्साबाट निस्कदै वच्चाहरुलाई आदेश दिनुभो।“नमस्ते अकंल” दुवैले अभिवादन गरे।“नमस्ते”,मैले नी अभिवादन फर्काए।“नमस्ते भाउजु”,"नमस्ते","तपाई त निकै हेण्डसम हुनुहुदो रहेछ है,म त एकछिन अलमलिएको हाम्रो घरमा कुन हिरो आयो भनेर”।मेरो अभिवादन फर्काउदै मजाक शुरु गर्नुभो भाउजुले। “तिमीलाई वादल मनपरेकै हो? त्यसोभए तिम्रो वहिनीसंग विहेको कुरो चलाउ न त।अँ अर्को खुशीको कुरो नेपालीहरुलाई भारतियहरुलाई झै दाईजो पनी चाहिन्न”।टिभीहल एकछिन हाँसोले गुन्जियो।“म घरमा फोन गरुँ मेरो लागी केटि खोज्ने कष्ट नगर्नुहोस मेरो छिट्टै भारतिय केटिसग विहे हुदैछ भनेर”?म नि के कम थपीदिए।मिटिंग रुम पुन हासोले गुञ्जाएमान भयो।“तपाईहरु वस्दै गर्नोस म चियानास्ता लिएर आउछु” यति भनेर भाउजु भान्सातिर लाग्नु भो।चियानास्ता पछि प्रभाकरण र अएप्पन टिभीमा क्रिकेट हेर्न थाले भाउजु र मवीच एकछिन भलाकुसरि चल्यो।उहाँले म अनी मेरो घर परिवारको वारेमा सोध्न थाल्नु भो।घरमा कोको छन के गर्छन ठाँउ कस्तो छ आदि इत्यादि।“भाउजु वादल र निधीनको विहे पक्का भयो हैन त”?प्रभाकरणले उल्यायो फेरि।टिभीहलभरि फेरि हाँसो छायो।मेरो तर्फवाट पक्का यती भन्दै भाउजु भान्सातिर लाग्नु भो।“निधीनलाई त लोटरी परे वरावर हुनेभो,खप्परमा चै लेखेरै ल्याएकि रैच त्यसले”।फेरि हसायो प्रभाकरणले।
      
   साउथ इण्डिएन खाना पनी यति मिठो हुन्छ भनेर मैले त्यहि दिन थाहा पाएँ।लगाव र प्यार घोलेर वनाएपछि जुनसुकै खाना पनि स्वादिष्ट हुनेरहेछ।केहि वेरको गफगाफपछि म सुत्न गए,प्रभाकरणको दाजुभाइ क्रिकेट हेर्न वसे।भाउजु भने वच्चाहरुलाई होमवर्क गराउन व्यस्त हुनुभो।
     
   “हे वादल दोहा आयो अब झरौ” प्रभाकरणले मलाई घचघच्चायो,निन्द्राबाट हैन तन्द्राबाट ब्युझिएँ म।त्यो एक घन्टाको यात्रा आज एक मिनेट जस्तै लाग्यो।त्यहाँवाट ट्याक्सी चढेर हामी अयप्पन वस्ने घरतिर लाग्यौ।
    
   हामी पुग्दा  पुलिसले अएप्पनको शवलाइ पोस्टमार्टमको लागी लगीसकेको रहेछ।यतिन्जेलसम्म उस्को फ्ल्याटमा आफन्तहरु सबै नै जम्मा भैसकेका रहेछन।त्यहाँको वातावरण निकै नै निरश र उराँठ लाग्दो थियो।अमृता भाउजुलाइ आफन्तहरुले ढाँढस र सहानुभुति दिदै थिए।प्रभाकरणलाई देख्नेवित्तिकै दुवै बच्चा झम्टेर अंगालोमा आइहाले।यो दृष्य देखेर अमृता भाउजु झन डाँको छोडेर रुन थाल्नुभो।अमृता भाउजु समक्ष गएर सहानुभुती दिने आँट पनी गरिन मैले र त्यहाको दृष्य हेर्न नसकेर वार्दलीमा आएर वसे।
   
   विगत दुइ महिनादेखी अएप्पन निकै तनावमा थियो।लगातार कच्चातेलको भाउ घट्दा उसले काम गर्ने कम्पनीले कर्मचारी कटौटिको अग्रिम सुचना जारी गरेको रहेछ र पहिलो चरणको अवकाश सुचीमा अएप्पन पनी परेको रहेछ।घर वनाँउदाको वैकसंग लिएको ऋण अनी भएको जागिर पनि चेट हुदाँ उसले आफुलाई सम्हाल्न सकेन र ति ससाना लालावाल र जवान श्रीमतिलाई भड्खालोमा जाकेर उसले कायरताको वाटो रोजेछ।
     
   पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र शवलाई सम्वन्धीत देश फर्काउने प्रक्रिया अघी बढाइने हुनाले वाँकि प्रक्रिया र भाउजु अनी वच्चाहरुलाई घर फर्काउने ब्यवस्था मिलाउन प्रभाकरण दुइ-चार दिन उतै वस्ने भो।म चाँहि गर्हौ मन लिएर क्याम्पतिर फर्किएँ।
   
   आम्दानी र खर्चको तालममेल नमिलाइ ऐशआरामको जिन्दगी विताँउदा अएप्पनले स्वर्ग जस्तो आफ्नो घर नर्क वनाएर आत्महत्याको बाटो रोज्यो।क्याम्प फर्कदा वाटोभरी मैले ति नेपाली दाजुभाइहरुलाई सम्झे जो दिनभर कडा परिश्रम गर्छन अनी वेलुका अवैधानिक रक्सीमा डुवेर महिना भरको पैसा घरमा नपठाइ यतै तास र रण्डीवाजीमा सक्छन।जसले ज्युदै आफ्नो स्वर्ग जस्तो घर उजाँडि रहेका छन।
   
   कच्चा तेलको मुल्य स्थिती यहि अवस्थामा नै रहने हो भने पनी धेरै आप्रवासी क़ामदारहरु विशेष रुपमा एसियन देशको धेरै कामदारहरुले रोजगार गुमाउने छन।यसको प्रतक्ष असर नेपालका लाँखौ परिवारमा पर्ने छ।र विश्वभरका करोडौ मानिसहरु वेरोजगारी हुनेछन।भुकम्प र भारतिय नाकावन्दिले थिलथिलो पारेको हाम्रो अर्थतन्त्रमा कच्चातेलको घट्दो भाउ र त्यसवाट निस्कने परिणामले नराम्ररी वज्र प्रहार गर्नेछ।
     
   मनमा कहाँवाट हो कुन्नी मनमा एक्कासी भुईचालोले भत्काएको घर,परिवार अनी साहुको ऋणको सम्झना आयो।दिमाग झन अरु भाँउन्न भो मोवाइल निकाले हेडफोन कानमा ठोसे अनी अग्रेजी गितमा आफुलाई भुलाउने असफल प्रयास गरिरहेको छु।
                                                          वादल श्रेष्ठ
                                                                       .                                                                 गोरखा,नेपाल


No comments:

Post a Comment