म सवेरै बिहानपख काममा निस्कँदा
मेरा साथीहरु ओछ्यानमै हुन्छन्!
मैले खवुससंग बासी सब्जी खादै गर्दा,
साथीहरुको टेवलमा अनेक परिकार हुन्छन्!!
र भिडियोकल गरीगरी भन्छन्,खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?
म हाकिमहरुको गालि खाँदै गर्दा
साथीहरु घुर्क्याउदै हुन्छ बाआमालाई!
म अरवको चर्को घाममा पसीना चुहाँउदै हुन्छु
मेरा साथीहरु रिस पोख्छन पुल र क्यारेमहरुलाई!!
र भिडियोकल गरीगरी भन्छन् खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?
मेरो अमुल्य समयहरु केहि हजारमा वेचिरहँदा
मेरा साथीहरु योजना बनाउँछन् लाँखौलाखका!
म चार-पाँचबर्ष पुरानो फोनले काम चलाई रहेछु
साथीहरु डिमान्ड गर्छन् महंगा लेटेस्ट फोनहरुका!!
र भिडियोकल गरीगरी भन्छन् खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?
म अँधेरी रातजस्तै बर्तमान र भविष्य सम्झेर मुर्छित हुन्छु
मेरा साथीहरु अध्यारो जिन्दगीमा फाल हानीरहेछन्!
म पैसा कमाउन औजारहरुसंग पौठेजोरी खेलिरहदा
मेरा साथीहरु बाउआमाको सम्पती उडाइरहेका हुन्छन्!!
र भिडियोकल गरीगरी भन्छन् खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?
म पैसा जोगाउन घण्टौ हिड्दछु पैदलै
मेरा साथीहरु हुईकिन्छन् महंगा बाइकहरुमा!
मलाई चिसा सफ्टड्रिङ्क्स खान पनी सोच्नुपर्छ
मेरा साथीहरु पैसा उडाउछन डिस्कोबारहरुमा!!
र भिडियोकल गरीगरी भन्छन् खत्तम छ यार जिन्दगी
तँलाई पो मोज छ विदेशमा हगी?
No comments:
Post a Comment